वडा स्तरीय फुटबल प्रतियोगिता सुरु, आयोजक विराटनगर १५ सेमिफाइनलमा
शनिबार, १९ फागुन, २०८०,
न्यूज विराट
विराटनगर । प्रथम वडा स्तरीय नकाउट फुटबल प्रतियोगिता सुरु भएको छ । विराटनगर महागनरपालिका वडा नं. १५ को आयोजना र मिल्स भेट्रान क्लबको संयोजनमा शनिबारदेखि वडा स्तरीय फुटबल प्रतियोगिता सुरु भएको हो ।
विराटनगर जुटमिलको खेलमैदानमा सुरु भएको उद्घाटन खेलमा आयोजक विराटनगर १५ ले विराटनगर १० नम्बर वडालाई टाइब्रेकरमा ५–३ गोलले हराउँदै आयोजक सेमिफाइनलमा पुगेको छ । निर्धारित समयसम्म १–१ गोलको बराबरी भएपछि जितको छिनोफानो टाइब्रेकरबाट भएको हो । आइतबारको खेल विराटनगर ११ र विराटनगर २ नम्बर वडाबीच प्रतिस्पर्धा हुनेछ । फागुन २६ गते हुने प्रतियोगितामा ८ वटा टिमको सहभागि रहेको छ । बिजेताले ३१ ह्जार र उपबिजेताले नगद २१ ह्जार रुपैयाँको साथै ट्रफी प्राप्त गर्ने मिल्स भेट्रानको अध्यक्ष इन्द्रराज थापाले जानकारी दिए । प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले नगद १ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछन् ।
विराटनगर । कोशी प्रदेशसभाको विशेष अधिवेशन आगामी वैशाख ६ गतेका लागि बोलाइएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाका एक चौथाई भन्दा बढी प्रदेशसभा सदस्यहरुले दिएको पत्रको आधारमा उक्त अधिवेशन बोलाएका हुन् । ‘कोशी प्रदेशसभाको...
वीरगन्ज,३० चैत -पर्साको वीरगन्जमा बस्दै आएका ३ भारतीय मुस्लिम धर्म प्रचारकहरुमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रहेको पुष्टि भएको छ । कोरोना संक्रमित भारतीय नागरिक रहेको र उनीहरू अहिले वीरगन्जको नारायणी अस्पतालको आइसोलेसनमा छन् ।...
विराटनगर, ५ साउन–प्रदेश १ मा आज १२ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ६, सोलुखुम्वुमा ४, झापा र इलाममा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको रामधुनीमा २ महिला, इटहरीमा...
विराटनगर, फागुन ८–मोरङको बुढीगंगामा स्त्रीरोग संवन्धि दक्षिण एशियाली सम्मेलन हुने भएको छ । विराट मेडिकल कलेज टिचिङ अस्पताल र नेपालका प्रसुती तथा स्त्री रोग विशेषज्ञहरुको संगठित संस्था (नेसोग) पुर्व क्षेत्रीय शाखाको संयुक्त आयोजनामा युरोगाईनोकोलोजी संवन्धि...
विराटनगर । कोशी प्रदेशमा असार ३ गतेबाट खेलकुदका प्रतियोगिताहरु सुरु हुने भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले विभिन्न १२ खेलका प्रतियोगिताहरु असार ३ गतेदेखि सञ्चालन गर्न लागेको हो । तेह्रथुममा एक भव्य कार्यक्रम आयोजना...
विराटनगर, २३ कात्तिक । नेपालीहरुका दुई ठूला चाड दसैं र तिहार सकिएसँगै अहिले अर्को महत्वपूर्ण पर्व छठको चटारो सुरु भइसकेको छ । अहिले विराटनगर बजारमा छठ पर्वका लागि आवश्यक सामाग्री किन्नेहरुको भिड बढेको छ ।...
विराटनगर । विभिन्न अनलाइन ब्याटिङ साइटमार्फत सट्टेबाजीको कारोबार र अनलाइन ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । अनलाइन गेम खेलाएर सट्टेबाजीको कारोबार गर्ने र ठूलो रकमको चिट्ठा प¥यो भन्दै सर्वसाधारणमाथि अनलाइनमार्फत ठगी...
काठमाडौं, जेठ ५-नेपाली सेनाले चीनबाट ल्याउने स्वास्थ्य सामग्री लिन आज चार्टर्ड विमान चीन जाने भएको छ । चीनको ग्वान्जाओबाट स्वास्थ्य समाग्री ल्याउन नेपाल एयरलान्सको वाइडवडी जहाज सोमबार बेलुकी चीन जाने लागेको हो । चीनबाट स्वास्थ्य...