जीवन विकासको वार्षिक उत्सवमा विविध कार्यक्रम 

 न्यूज विराट
जीवन विकासको वार्षिक उत्सवमा विविध कार्यक्रम 

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले पाँचौं वार्षिक उत्सव विविध कार्यक्रम गरी मनाएको छ । बुधबार लघुवित्तले पाँचौं वार्षिक उत्सव विविध कार्यक्रम गरी मनाएको हो ।

जीवन विकास समाजद्वारा प्रवर्द्धित जीवन विकास लघुवित्तले २४ जिल्लामा १६० शाखा मार्फत वित्तीय सेवा प्रवाह गरिरहेको छ । ती शाखाहरुले १६३ स्थानमा कार्यक्रम गरी वार्षिक उत्सव मनाएको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जानकारी दिए ।  

वार्षिक उत्सवमा लघुवित्तका ६६ वटा शाखाले विद्यालय सरसफाइ तथा डस्टबिन वितरण, हाजिरजवाफ प्रतियोगिता र शैक्षिक सामग्री वितरण गरेका छन् । २७ शाखाले बजार सरसफाइ गरी डस्टबिन वितरण गरेका छन् । २४ वटा शाखाले मन्दिर सरसफाइ गरेका छन् ।

१५ वटा शाखाले १५ परिवारका लागि श्रमदान गरेर घर निर्माण गरेका छन् । १५ वटा शाखाले वृक्षरोपण गरेका छन् । सात वटा शाखाले अति विपन्न सात परिवारलाई सहयोग गरेका छन् ।  

लघुवित्तका शाखाहरुले वृद्धा आश्रममा खाद्यान्न तथा फलफूल वितरण, स्वास्थ्य शिविर, अनाथ तथा अति विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, रक्तदान, बालबालिका अध्ययन केन्द्र उद्घाटन कार्यक्रम गरेका थिए ।

जीवन विकासकाे विराटनगर शाखाले सुनसरीको बर्जू गाउँपालिका– २ की एकल तथा अशक्त महिला सहगिया मुखियाका लागि घर निर्माण गरिदिएको थियाे । मुखियाको घर निर्माणका लागि लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डल, नायब प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मी, लघुवित्तका कर्मचारी, स्थानीय, जनप्रतिनिधि र लघुवित्तले गठन गरेको थ्रि जिरो क्लबका सदस्यले श्रमदान गरेका थिए । 

सम्बन्धित समाचार

विराटनगरमा २५ शैय्याको डेंगु उपाचार सेवा संचालन

विराटनगर । सुनसरीको धरानमा डेंगुले प्रकोपकोे रूप लिएपछि कोशी प्रदेश सरकारले विराटनगरमा डेंगु उपचार सेवा संचालनमा ल्याएको छ । विराटनगरस्थित संक्रामक रोग तथा सघन उपचार केन्द्रमा २५ शैय्याको डेंगु उपचार सेवा आइतबारबाट संचालनमा ल्याएको हो...

तेली कल्याण समाजद्धारा निः शुल्क लोकसेवा तयारी कक्षा सुरू

विराटनगर । तेली कल्याण समाज नेपाल मोरङ र नापी पेसाकर्मी समाज मोरङको संयुक्त आयोजनामा निःशुल्क लोक सेवा तयारी कक्षा सुरु भएको छ । विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरी निःशुल्क लोक सेवा तयारी कक्षा सुरु...

डुबेर २ जनाको मृत्यु

विराटनगर, चैत ११–सुनसरी र मोरङका दुई छुट्टा छुट्टै स्थानमा पानीमा डुबेर १ नावालक सहित २ जनाको मृत्यु भएको छ । सुनसरीको हरिनगरा गाँउपालिका–३ का कृपानन्द मेहेताको २ बर्षीय छोरा शिवराज मेहेताको आफ्नै घर अगाडी रहेको...

सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोक्ने सूचना राजपत्रमा प्रकाशित

सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुला भएको छ । त्यससम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएसँगै गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुलेको हो । सोमबार राजपत्रमा सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ सम्बन्धी सूचना प्रकाशित भएको हो...

सूक्ष्म अध्ययन गरी रणनीति तयार गर्नुहोस् : प्रधानसेनापति थापा

काठमाडौं, ७ असार-नेपाली सेना पृतनापति समन्वयात्मक बैठकले कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यमा सङ्गठनको भूमिकाको गम्भीर समीक्षा गरेको छ । उक्त बैठकमा जङ्गी अड्डा मातहतका कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाले आआफनो जिम्मेवारी क्षेत्रमा...

प्याब्सन स्पोर्टस् मिट : भलिबल जुनियर छात्रको उपाधि मोर्डन एरालाई

विराटनगर । प्याब्सन स्पोर्टस् मिट अन्र्तगत जुनियर छात्र भलिवल तर्फको उपाधि विराटनगरको मोर्डन एरा स्कुलले जितेको छ ।आइतबार सम्पन्न भएको फाइनल खेलमा उर्लाबारीको पशुपति स्कुललाई २१–२५, २५–२२ र १८–२५ को सोझो सेटले पराजित गर्दै मोर्डन...

शोकमा बदलियो उत्सव, ३ को मृत्यु, २८ मा कोरोना संक्रमण

एजेन्सी, बैशाख ५-ब्राजिलमा एक परिवारको उत्सव त्यसबेला शोकमा बदलियो जब पार्टीमा सामेल भएका तीन जनाको मृत्यु भयो भने १० जनामा कोरोना संक्रमण देखियो । सायद एउटा जन्मदिनको पार्टीले यस्तो घटना निम्त्याउन सक्छ भन्ने कसैले पनि...

युक्रेनी राष्ट्रपतिसँग कुरा गरेको ९१ मिनेटमा नै सहयोग रोक्न निर्देशन

एजेन्सी, पुस ७–अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत जुलाइमा युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँग टेलिफोन संवाद गरेको ९१ मिनेटपछि नै राष्ट्रपति कार्यालय ह्वाइट हाउसले युक्रेनलाई दिइने सहायता रोक्का गर्न निर्देशन दिएको एउटा इमेलबाट खुलासा भएको छ। टेलिफोन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्