राशिफल

युक्रेनी राष्ट्रपतिसँग कुरा गरेको ९१ मिनेटमा नै सहयोग रोक्न निर्देशन

 न्यूज विराट
युक्रेनी राष्ट्रपतिसँग कुरा गरेको ९१ मिनेटमा नै सहयोग रोक्न निर्देशन

एजेन्सी, पुस ७–अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत जुलाइमा युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँग टेलिफोन संवाद गरेको ९१ मिनेटपछि नै राष्ट्रपति कार्यालय ह्वाइट हाउसले युक्रेनलाई दिइने सहायता रोक्का गर्न निर्देशन दिएको एउटा इमेलबाट खुलासा भएको छ। टेलिफोन वार्तामा ट्रम्पले डेमोक्रेटिक नेता तथा आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्ने दौडमा रहेका पूर्व उपराष्ट्रपति जोए बिडेनविरुद्ध अनुसन्धान गर्न युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई आग्रह गरेका थिए ।

डोमोक्रेटहरुले यसलाई नै आधार मानेर राष्ट्रपतिले आफ्नो पदको दुरुपयोग गरेको आरोप लगाउँदै कंग्रेसको तल्लो सदनबाट महाअभियोग प्रस्ताव पारित गरेको छ । गोप्य जानकारी खुलासा गर्ने एक अमेरिकीले त्यो कुराकानी सुनेपछि छानविन अघि बढेको थियो । गत बुधवार हाउस अफ रेप्रेजेन्टेटिभ्सले औपचारिक रूपमा ट्रम्पविरुद्ध महाभियोग लगाएको छ । तर माथिल्लो सदन सिनेटमा रिपब्लिकनहरूको नियन्त्रण रहेकोले महाअभियोग दुई तिहाइ बहुमतबाट पारित हुने सम्भावना कम छ ।

हालै सार्वजनिक भएको इमेल अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी मुद्दामा एउटा अदालतको आदेशपछि सेन्टर फर पब्लिक इन्टिग्रिटीले पाएको छ। ट्रम्पले जेलेन्स्कीसँग कुराकानी गरेको ९१ मिनेटपछि ह्वाइट हाउसका वरिष्ठ अधिकारी माइक डफेले युक्रेनलाई दिने गरिएको सहायता रोक्का गर्ने विषयमा सम्पर्क गरेको इमेलले देखाउँछ। टेलिफोन कुराकानीबारे खुलासा भएपछि ह्वाइट हाउसले त्यसको लिखित स्वरूप सार्वजनिक गरेको थियो ।

जसअनुसार ट्रम्पले जेलेन्स्कीलाई सहयोग गर्न आग्रह गर्दै जोए बिडेनविरुद्ध अनुसन्धान चलाउन आग्रह गरेका थिए । ट्रम्पले एउटा युक्रेनी ऊर्जा कम्पनीमा काम गरेका बिडेनका छोरा हन्टरविरुद्ध पनि अनुसन्धान गर्न आग्रह गरेका थिए । अमेरिकी माथिल्लो सदन सिनेटमा डेमोक्रेटिक नेता चक सुमरले युक्रेनलाई दिइने सैनिक सहयोग रोक्का गर्न आदेश दिइएको इमेललाई ‘विस्फोटक’ भएको प्रतिक्रिया दिएका छन् ।

सम्बन्धित समाचार

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...