महिला क्रिकेट प्रतियोगिता विराटनगरमा हुँदै, आधा दर्जन टिमको सहभागि

 न्यूज विराट
महिला क्रिकेट प्रतियोगिता विराटनगरमा हुँदै, आधा दर्जन टिमको सहभागि

विराटनगर । दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट फाउन्डेसन र क्रिकेट बिथआउट बाउन्ड्रीको सहयोगमा फागुन १७ देखि २० गतेसम्म उक्त प्रतियोगिता हुने भएको हो ।

विराटनगर ६ स्थित ज्वाला क्रिकेट ग्राउन्डमा महिला क्रिकेट प्रतियोगिता हुने आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । १६ ओभरको हुने उक्त प्रतियोगितामा विराटनगरका ६ वटा सामुदायिक विद्यालयहरूको सहभागि हुने नेपाल क्रिकेट फाउन्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा विराटनगरको आर्दश, बालिका, महेन्द्र, सरस्वती, सत्यानारयण र मिल्स स्कुलका महिला खेलाडीहरुले भाग लिने उनले बताए । ‘प्रतियोगितामा दैनिक ६ वटा खेलहरू हुनेछ । सबै टिमले सबैसँग प्रतिस्पर्धा गर्नेछन्,’ अध्यक्ष श्रेष्ठले भने, ‘लिकको आधरमा प्रतियोगिता हुनेछ ।’ प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुलाई छात्रवृत्ती प्रदान गरिने उनले बताए । प्रतियोगितामा बेस्ट बलर, प्लेयर अफ द श्रीरिज, बेस्ट विकेट किपर, उदयमान खेलाडी र बेस्ट बोवर हुने खेलाडीहरुले छात्रवृत्ती प्राप्त गर्ने भएका छन् । यो प्रतियोगिताबाट १४ जना खेलाडीहरु छनौट गरेर राजविराजमा चैतमा हुने टि–२० क्रिकेट प्रतियोगितामा खेल्ने पनि उनले बताए ।

सम्बन्धित समाचार

युवा र खेलकुद क्षेत्रलाई एमालेले मात्र प्राथमिकतामा राख्छ :अध्यक्ष पोखरेल

  विराटनगर । नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले खेलकुद र युवालाई उच्च प्राथमिकतामा राख्ने पार्टी नेकपा एमाले मात्रै रहेको बताउनुभएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी विराटनगर महानगर कमिटीको आयोजना तथा नेपाल खेलकुद महासंघ...

प्रधानमन्त्रीले ‘राजा महाराजा’ शैलीमा जन्मदिन मनाएको भन्दै रिजालको आपत्ति

काठमाडौं, फागुन १३–प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद मीनेन्द्र रिजालले ५ वटा हेलिकप्टर लिएर प्रधानमन्त्रीले तामझामका साथ जन्मदिन मनाएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेस सांसद रिजालले प्रधानमन्त्रीले ‘राजा महाराजा’ शैलीमा जन्मदिन मनाएको भन्दै...

एसबीएससी चित्रकला प्रतियोगिताको उपाधि पोलस्टार र माउण्ड मकालु स्कुललाई

विराटनगर । मोरङ जिल्ला स्तरीय एसबीएससी चित्रकला प्रतियोगिताको उपाधि विराटनगरको पोलस्टार स्कुल र रंगेलीको माउण्ट मकालु सेकेण्डरी स्कुलले जितेको छ । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था मारङको आयोजनामा प्रजातन्त्र दिवसको अवसर पारेर आइतबार...

अर्किड कलेजद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

विराटनगर । विराटनगर–१० स्थित अर्किड कलेजले राष्ट्रपति रनिङ शिल्डसहित विभिन्न प्रतियोगिता र कक्षागत परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ ।आइतबार कलेज परिसरमा आयोजित कार्यक्रममा १७ आंै महानगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उसुतर्फको ४८ केजी...

कोरोनाका कारण मृत्यु हुनेको स्मृतिमा चीनमा मौनधारण

चीनमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको सम्झनामा शनिवार विहान मौनधारण गरिएको छ ।स्थानीय समयानुसार बिहान १० बजेदेखि ३ मिनेटसम्म मौनधारण गरिएको थियो । मौनधारण कार्यक्रममा राष्ट्रपति सि जिनफिङलगायतका विशिष्ट व्यक्तिहरु पनि सहभागीता रहेको थियो ।...

भारत लैजान लागेको ६ जना बालकको उद्धार

विराटनगर । भारत लैजान लागेको ६ जना बालकको सीमा क्षेत्रबाट उद्धार गरिएको छ । भारतको लखनाउमा खेतबारीमा काम लगाउने भन्दै बालश्रमिकको रुपमा लैजान लागेको अवस्थामा सुनसरीको इटहरी घर भएका ६ जना बालकहरुलाई साना हात नामक...

आकर्षक बन्यो विराटनगर विमानस्थलको प्रवेशद्वारः थ्रीडी एलइडी लाइट जडान

विराटनगर, २० जेठ । विराटनगर विमानस्थलको पुनःनिर्माण गरिएपछि आकर्षक देखिएको छ । विमानस्थल प्रवेशद्वारको पुननिर्माणसम्पन्न भएपछि पहिलेभन्दा आकर्षक देखिएको हो । विराटनगर विमानस्थलको प्रवेशद्वार विराटनगरस्थित थ्रीडी एड्भरटाइजिङले पुनःनिर्माण गरेको हो । यसअघि समान्य प्रवेशद्वार रहेकोमा...

झापामा हात्तिको आक्रमणबाट एक महिलाको मृत्यु

विराटनगर, ३ फागुन । झापामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका–२ स्थित गौरीशङ्कर बस्ने अन्दाजी ५० वर्षीया सीता दाहाल रहेको प्रहरी कार्यालय झापाका डिएसपी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्