बूढानिलकण्ठ स्कुलले मनायो वार्षिक उत्सव, फनफेस्टामा एक दर्जन बढी स्टल
शनिबार, १२ फागुन, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगर – २ मा अवस्थित बूढानिलकण्ठ स्कुलले ४० औं वार्षिक उत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्कुल परिसरमा शनिबार एक कार्यक्रम आयोजना गरी वार्षिक उत्सवमा फन फेस्टा कार्यक्रम आयोजना गरेको हो । फन फेस्टामा विद्यार्थीहरूले तयार पारेका एक दर्जन बढी स्टलहरू रहेको थियो । विद्यार्थीहरूले पराम्परागत खाद्यबस्तु, विभिन्न घरयासी सामाग्रीहरू, खानाका परिकार र विज्ञान प्रर्दशनी पनि गरे । विद्यार्थीहरूमा भएको प्रतिभा उजार गर्ने उद्देश्यले स्कुलले फन फेस्टा गरेको प्रिन्सिपल मणिराज भट्टराईले जानकारी दिए । विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै पढाइमा सिकेको ज्ञानका कुराहरु व्यवर्हारमा उतारेको उनले बताए । ‘विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै सिप र संस्कारयुक्त शिक्षा हामीले दिने गरेका छौं,’ प्रिन्सिपल भट्टराईले भने, ‘पढाइका अलवा उनीहरूको क्षमता अभिवृद्धी गर्न अन्य अतिरिक्त क्रियाकलापहरूमा पनि जोड दिने गरिएको छ ।’ सोही अवसरमा शिक्षा र सामाजिक क्षेत्रमा उल्लेखिनय योगदान पु¥याउने दुई जनालाई सम्मान पनि गरे । मेरील्याण्ड कलेजका अध्यक्ष गुणराज ढुङगेल र समाजसेवी मिना जोशिलाई स्कुलले सम्मान गरेको हो । उनीहरुलाई कदर पत्र र दोसल्ला ओढाएर कार्यक्रम
को प्रमुख अतिथि पूर्वाञ्चल विश्व विद्यालय व्यवस्थापन संकायका डिन डा. सन्देशराज श्रेष्ठले सम्मान गरे । विद्यालयका अध्यक्ष बुद्धि प्रधानको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो । कार्यक्रममा हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, कोशी प्रदेशका अध्यक्ष ज्ञानबहादुर बस्नेत, विभिन्न विद्यायहरुका प्रिन्सिपल र शिक्षकहरुको उपस्तिथी रहेको थियो ।
विराटनगर । विराटनगरस्थित पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुललमा अध्ययरत प्रि स्कुल सकेर कक्षा १ मा गएका २६ जना विद्यार्थीहरू दिक्षित भएका छन् । स्कुलले विराटनगरमा आइतबार एक कार्यक्रम आयोजना गरी प्रि स्कुल सकेर कक्षा १...
चितवन, २१ असोज-चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत मध्यवर्ती क्षेत्रका बासिन्दा र वन्यजन्तुबीच द्वन्द्व घट्दै गएको छ । चितवन राष्ट्रिय निकुञ्जले उपलब्ध गराएको तथ्याङ्कानुसार यस क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व घट्दै गएको हो । निकुञ्जबाट निस्कने बाघ, हात्ती, गैँडा, गोही,...
विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले प्रत्येक वर्ष झैं यस वर्ष पनि कलेजले लिएको आन्तरिक परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने १ सय १० जना विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ ।कक्षा ११ र कक्षा १२ का करिब ११०...
विराटनगर, फागुन १८–कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाम्फेले कानुन निर्माण गरेर तीन तहका सरकारवीच रहेका अन्तरर्विरोध अन्त्य गर्न लागिएको बताएकी छन् । आइतबारदेखि विराटनगरमा सुरू भएको प्रदेश १ का स्थानीय तहका उपप्रमुखहरूको प्रशिक्षण...
काठमाडाैं, १४ भदौ-कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २४ घण्टाभित्र ४ महिला र १० पुरुष गरी १४ जनाको कोरोना संक्रमणबाट मृत्यु...
दुई वटा कोरोना भाइरस (कोभिड-१९) खोप उत्पादक कम्पनी फाइजर इण्डिया र सेरम इन्स्टिच्यूट अफ इन्डिया (एसआइआई) ले भारतमा कोभिड-१९ को खोप भारतमा आपतकालीन प्रयोगमा ल्याउन भन्दै भारतीय औषधि व्यवस्था विभाग (डिसिजिआई) समक्ष आवेदन दिएका छन्।...
झापा, फागुन २९–कोरोना भाइरसको आशंकामा दुई युक्रेनी नागरीकलाई पूर्वी नाका काँकरभिट्टाको अध्यागमन कार्यालयले फिर्ता गरिदिएको छ । भारतका विभिन्न शहर भ्रमण गरी काँकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गर्न खोज्ने युक्रेनी दम्पतीलाई अध्यागमन कार्यालयले नेपाल प्रवेशमा...
विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले ‘वर्ल्ड पर्पल डे’ को अवसर पारेर सेचतनामुलक प्रभातफेरी निकालेको छ । न्यूरोले मंगलबार विहान प्रभातफेरी निकालेको हो । न्यूरो अस्पतालबाट सुरु भएको प्रभातफेरी नगरको विभिन्न भाग परिक्रमा गरेर सोही ठाउँमा...