सकियो ‘एभरेष्ट कार्निभल’, पाँच हजार बढीले गरे अवलोकन

 न्यूज विराट
सकियो ‘एभरेष्ट कार्निभल’, पाँच हजार बढीले गरे अवलोकन

विराटनगर । विराटनगर – ५ स्थित एभरेष्ट स्कुलले आयोजना गरेको एभरेष्ट कार्निभल २.० सम्पन्न भएको छ ।
५ फागुनदेखि सुरु भएको कार्निभल सोमबार विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको हो ।
एभरेष्ट कलेजको फुटबल मैदानमा आयोजित कार्यक्रममा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुले आफूहरुले सिकेका विज्ञानसम्बन्धि विभिन्न अन्वेशणहरुलाई प्रदर्शनीमा राखेका थिए । अभिभावकलाई सम्बन्धित परियोजनाहरुको विषयमा जानकारी गराउँदै विभिन्न खेल खेलाएर मनोरञ्जन प्रदान गरे ।
रोबर्ट, अटोमेटिक सेन्सरयुक्त कारदेखि लिएर एण्टि थेप्ट साइरन, आगलागि सम्बन्धि जानकारी दिने उपकरण जस्ता उपकरणहरु प्रर्दशनीमा राखिएको थियो । विभिन्न ३५ वटा स्टलमा विद्यार्थीहरुले आ–आफ्ना समूहगत परियोजनाहरु प्रदर्शनीमा राखेका थिए भने, करिब ५ हजार भन्दा बढीको संख्यामा उपस्थित अभिभावकहरु बालबालिकाको प्रतिभा अवलोकन गर्दै मनोरञ्जन लिइरहेका थिए ।

बालबालिकाका विभिन्न परियोजना कार्यहरु, सांस्कृतिक कार्यक्रम र गायन, तथा नृत्य हेर्दा एभरेष्ट स्कुलले बालबालिकाको सर्वाङ्गिण विकासमा ध्यान दिएको अनुभूति भएको उनले प्रतिक्रिया दिए ।
एभरेष्ट स्कुलका प्रिन्सिपल टिकाराम पुरीले बालबालिकालाई संस्कारयुक्त बनाउनुपर्ने बताए । कार्निभललाई सम्वोधन गर्दै उनले बालबालिका बौद्धिक भएर मात्र हुँदैन, संस्कारयुक्त समेत हुनुपर्ने बताए । विद्यार्थीले संस्कार सिक्ने पहिलो पाठशाला घर नै भएको भन्दै उनले अभिभावकहरुलाई सोहि अनुसारको वातावरण तयार गरिदिन आग्रह गरे ।
संस्कार नभए नैतिकता, नैतिकता नभए बौद्धिकताको अर्थ नरहने भन्दै उनले एभरेष्टले शिक्षासँगै सीप र संस्कारलाई समेत प्राथमिकतामा राखेको बताए । प्रिन्सिपल पुरीले बालबालिकालाई नैतिकवान बनाउन कक्षा ६ देखि ९ सम्म नैतिक शिक्षाको पाठ्यक्रम नै तयार गरेर अध्यापन समेत गराउँदै आएको बताए ।

श्रेयांश, आरोही र युनिशालाई एभरेष्ट सिङ्गिङ आइडलको उपाधि
एभरेष्ट सिङ्गिङ आइडलको कक्षा १ देखि ५ सम्मको समूहबाट कक्षा ५ कंचनजंघाका श्रेयांश खड्काले उपाधि जितेकी छिन् ।सोहि कक्षाका निपुन काफ्ले दित्तिय र कक्षा ३ गौरीशंकरका आर्यमन दुलाल तृतीय भए ।
यस्तै कक्षा ६ देखि ८ को समूहबाट कक्षा ६ माछापुच्छ्रे की आरोही तिम्सिना प्रथम, कक्षा ८ धौलागिरीकि कृषा पोखरेल दित्तिय र कक्षा ६ सगरमाथाका शिवम् पगैया तृृतिय भए । कक्षा ९ देखि १२ सम्मको समूहबाट कक्षा ९ अन्नपूर्णकी युनिशा न्यौपानेले उपाधि जितिन् । कक्षा १२ स्मिथकी आर्या गुभाजु दित्तिय हुँदा कक्षा ९ सगरमाथाकी स्मारिका आचार्य तृतिय भइन् ।
तीनवटै समूहका प्रथम दित्तिय र तृतियले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ नगदसहित ट्रफि प्राप्त गरेका छन् ।

सम्बन्धित समाचार

शहीद स्मारक पुगे प्रधानमन्त्री

काठमाडौं, माघ १६–प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । शहीद दिवसको अवसरमा लैनचौरस्थित शहीद स्मारक पुगेर प्रधानमन्त्री ओलीले शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । देश र जनताका लागि आफ्नो जीवनको आहुति...

१४ सय १७ वर्ष पुरानो पनौती जात्रा स्थगित

काठमाडौं, २२ जेठ-कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा १ हजार ४१७ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष स्थगन गरिएको छ । ‘यौनिकता’ दर्शाउने नेपालकै पुरानो मानिएको यस जात्रा...

विराटनगर, १० असार । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर तथा नेता राजेन्द्र महतो पक्षका नेताले आज छलफल गर्ने भएका छन् । ठाकुर र महतो पक्षले आज दिउँसो समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न लागेका...

डुबेर एक जनाको मृत्यु

विराटनगर, १८ जेठ । जिल्ला सुनसरी कोशी गाऊपालिका ८ स्थित नयाँ बाँध खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहार जिल्ला सुपौल ग्राम पंचायत भिमनगर १३ लालपुर घर भई सुनसरी कोशी...

‘लकडाउन’का बेला आलु र प्याजको कालोबजारी गर्ने ३ जना पक्राउ

‘लकडाउन’को मौकाछोपी आलु र प्याजको कालोबजारी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम ४ बस्ने प्रदीप अग्रवाल, अंकित साह र विकाश कुमार साह रहेका छन् । बजार अनुगमनको क्रममा विभिन्न चोकमा...

१ नं. प्रदेश सरकारले स्थापना गर्यो ‘कोरोना जनसुरक्षा कोष’, सवै मन्त्रीद्धारा १ महिनाको तलब जम्मागर्ने निर्णय

विराटनगर, चैत ११–प्रदेश नं १ सरकारले कोभिड–१९ नियन्त्रण तथा रोकथाम गर्नका लागि १० करोडको कोष खडा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नं १ कोरोना जनसुरक्षा कोष खडा गर्नुका साथै उक्त...

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

काठमाडौं, मंसिर ३०-सरकारले संवैधानिक नियुक्तिलाई सहज बनाउन संवैधानिक परिषदसम्बधी अध्यादेश ल्याएको छ । दुई पटक बोलाउँदा पनि सभामुख उपस्थित नभएपछि आज बसको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश,...

पञ्जावमा मदिरा सेवनबाट ८० जनाभन्दा बढीको मृत्यु

एजेन्सी, साउन १८-भारतको पञ्जाव राज्यमा पछिल्लो समय विषाक्त मदिरा सेवन गर्ने ८० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरूमा पञ्जाव प्रान्तका उत्तरी क्षेत्रका ३ जिल्लाका व्यक्तिहरू रहेका छन् । प्रहरीले अवैध मदिरा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्