विराटनगरको गोदावरी स्कुलले मनायो रजत जयन्ती

 न्यूज विराट
विराटनगरको गोदावरी स्कुलले मनायो रजत जयन्ती

विराटनगर । विराटनगरस्थित गोदावरी ईङलिस बोर्डिङ स्कुलले रजत जयन्ती मनाएको छ । विराटनगरस्थित गुरुकुल नाटक घरमा सोमबार एक कार्यक्रम आयोजना गरी गोदावरीले रजत जयन्ती मनाएको हो ।

रजत जयन्तीको अवसर पारेर नर्सरीदेखि कक्षा दशसम्म उत्कृष्ट हुने विद्यार्थीहरुलाई स्कुलले पुरस्कार वितरण गरेको स्कुलका अध्यक्ष विष्णु डंगोलले जानकारी दिए । विद्यार्थीहरुले साँस्कृतिक नृत्य, गायन प्रस्तुत गरी दिनभरी सहभागि अभिभावक र अतिथिहरुलाई रमाइलो गरे ।


कार्यक्रममा बोल्दै प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवालले विद्यार्थीहरुलाई प्रविधिक शिक्षासँगै सीप र संस्कारसहितको शिक्षा दिनुपर्नेमा जोड दिए । प्रविधिको उचतम प्रयोग गर्दै विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि अगाडी बढाउनुपर्ने बताए । कार्यक्रममा स्कुलका प्रिन्सिपल केसर कार्कीले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षामा कुनै पनि कसुर बाँकी नराखेको बताए । स्कुलका अध्यष विष्णु डंगोलको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो ।
कार्यक्रममा विभिन्न विद्यालयका प्रिन्सिपल तथा शिक्षकहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अश्वीकार, अब राष्ट्रपतिबिरुद्धको सवै रिटको सुनुवाइ संवैधानिक इजलासमै

काठमाडौं,जेठ १३ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेका रिटमा अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको एकल इजलाशले आज रिटको प्रारम्भिक सुनुवाइ...

बुढीगंगामा फेरि गाेली चल्याे

बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतदानका क्रममा आज पनि प्रहरीले हवाई फायर गरेकाे छ । मतदानकाे क्रममा विवाद चर्केपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेकाे हाे । बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लाेकेन्द्रबहादुर विष्टले अप्रिय घटना...

अहिलेकै अवस्थामा एमसीसी संसदमा आउँदैनः सभामुख सापकोटा

काठमाडौं, चैत ३–सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक दलहरूले टुंगो लगाएपछि मात्रै मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बारे संसदीय प्रक्रिया अघि बढ्ने स्पष्ट पारेका छन् । सोमबार सिंहदरबारमा भएको पत्रकार भेटघाट कार्यक्रममा सभामुख सापकोटाले राजनीतिक दलहरूबीच नै सहमति जुटिनसकेकाले...

सशस्त्रका २२ डीएसपी एसपीमा बढुवा सिफारिस

काठमाडाैं, २७ वैशाख-सशस्त्र प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा सिफारिस गरिएकाे छ। गृह मन्त्रालय बढुवा सिफारिस समितिकाे शुक्रबार बसेकाे बैठकले साधारण समूहको साधारण उपसमूहतर्फ रिक्त रहेको २२ पदमा...

जनता समाजवादी पार्टीमा ३ अध्यक्षः महन्थ, बाबुराम र उपेन्द्र

काठमाडौं, २५ जेठ-राष्ट्रिय जनता पार्टी र समाजावादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीमा ३ जना अध्यक्ष हुने भएका छन् । आज जनता समाजावादी पार्टीले निर्वाचन आयोगमा दल दर्ता गराउने अन्तिम दिन हो । आज दल...

व्यवासायिक प्रहरी उत्पादनको उदगमस्थल प्रहरी तालिम केन्द्र : डिआइजी सुदीप गिरी

विराटनगर । १ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी सुदिप गिरीले व्यवासायिक प्रहरी उत्पादनको उदगमस्थल प्रहरी तालिम केन्द्र बन्दै गएको बताएका छन् । १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको ५७ औं वार्षिकोत्सको बुधबार उद्घाटन गर्दै...

प्रदेश १ : पुनर्नियुक्त मन्त्री आङ्बुहाङले लिए सपथ

विराटनगर, २७ चैत । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले शपथ ग्रहण गरेका छन् । आङ्बुहाङ माओवादी केन्द्र पार्टी परित्याग गर्दै एमालेमा प्रवेश गरी आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए । माओवादी...

तेली कल्याण समाजको अध्यक्षमा डा. बालकृष्ण साह

विराटनगर । तेली कल्याण समाज नेपालको अध्यक्षमा डा. बालकृष्ण साह निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा भएको समाजको पाचौं मोरङ्ग जिल्ला अधिवेशनबाट डा. साहको अध्यक्षमा १५ नर्या समिति चयन भएको हो । समितिको उपाध्यक्षमा हरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्