सशस्त्रका २२ डीएसपी एसपीमा बढुवा सिफारिस

 न्यूज विराट
सशस्त्रका २२ डीएसपी एसपीमा बढुवा सिफारिस

काठमाडाैं, २७ वैशाख-सशस्त्र प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा सिफारिस गरिएकाे छ। गृह मन्त्रालय बढुवा सिफारिस समितिकाे शुक्रबार बसेकाे बैठकले साधारण समूहको साधारण उपसमूहतर्फ रिक्त रहेको २२ पदमा २२ जना डीएसपीको नाम सिफारिस गरेकाे हाे ।

सिफारिसमा परेकाकाे पहिलो नम्बरमा समिर कुमार महर्जन छन् । दाेस्रोमा महेश अधिकारी, तेस्रोमा दिपक कुमार थापा, चौथोमा राजु श्रेष्ठ, पाँचाैंमा विजयकुमार केसी छन् ।

यसैगरी, सुधिर सुवेदी, सुरेश सापकोटा, मनोज थापा, प्रकाश कुमार सुवेदी, दिपेन्द्र कुँवर (क), सुरेन्द्र बुढाथोकी, हर्कबहादुर विष्ट पनि एसपीमा बढुवाका लागि सिफारिसमा परेका छन् । महेश केसी, संजय भट्टराई, अर्जुन खत्री, जनकराज बस्नेत, नरबहादुर रावत, दिपेन्द्र गिरी, सुभाष भण्डारी, राजेन्द्र थापा, पूर्णबहादुर साउद र द्रोण कुमार बिष्टको नाम पनि बढुवा सिफारिसमा छ ।

सम्बन्धित समाचार

तेस्रो प्याब्सन कप : ग्यालेक्सी र मोर्डन एरा क्वाटरफाइनलमा

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरका ग्यालेक्सी र मोर्डन एरा स्कुल क्वाटरफाइनलमा पुगेका छन् ।विराटनगरको सहिद मैदानमा बुधबार भएको पहिलो खेलमा मदरल्याण्ड एकाडेमीलाई १–० गोलले हराउँदै ग्लोक्सी क्वाटरफाइनलमा पुगेको हो ।जितको...

राजस्वमा काेराेनाकाे असर : झापामा अढाइ कराेडकाे गिरावट

झापा, १९ साउन-कोभिड–१९ को असर जिल्ला प्रशासन कार्यालय झापाले विभिन्न शीर्षकमा सङ्कलन गर्ने राजस्वमा समेत परेको छ । कार्यालयले गत आर्थिक वर्ष २०७६/०७७ को असारमसान्तसम्ममा विभिन्न शीर्षकबाट ४ करोड ३ लाख १५ हजार ६ सय...

विराटनगर विमानस्थलमा ‘हेल्थ डेक्स’ स्थापना

विराटनगर, फागुन २८–कोरोना भाइरसको परामर्श तथा प्राथमिक परिक्षणका लागि विराटनगर विमानस्थलमा हेल्थ डेक्स स्थापना गरिएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकाले संयुक्त रुपमा सञ्चालन गर्ने गरि हेल्थ डेस्कको स्थापना गरिएको...

कृषिलाई प्राथमिता दिन मुख्यमन्त्री कार्कीको आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषिलाई प्रथमिकता दिन प्रदेशवासीलाई आग्रह गरेका छन् । खाद्य सुरक्षाको लागि देशकै प्रमुख अन्नबालीका रुपमा रहेको धानको उत्पादन बृद्धि गर्नु पर्ने आवश्यक्ता रहेको भन्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले...

किमको उपचारका लागि चीनले पठायो चिकित्सकसहितको टोली

एजेन्सी, बैशाख १३-चीनले उत्तर कोरियाली नेता किम जोङ–उनको स्वास्थ्यबारे सल्लाह दिनका लागि आफ्नो १ टिम पठाएको छ । जसमा मेडिकल विशेषज्ञसमेत सामेल छन् । किम जोङ उनको स्वास्थ्यबारे अनेक अट्कलबाजीका समाचार आइरहेका बेला चीनले चिकित्सकसहितको...

प्रचण्डलाई ओलीको जवाफ : सीमाहीन प्रतिवेदन खारेजयोग्य छ

काठमाडौं, १३ मंसिर-नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को प्रतिवेदन खारेजयोग्य भएको जवाफ दिएका छन् । सचिवालय बैठकमा आज प्रतिवेदन पेस गर्दै ओलीले प्रचण्डको प्रतिवेदनलाई कृत्रिम आरोपको संगालो भनेका...

चौथो पटक श्रीलंकाको प्रधानमन्त्री बने महिन्दा राजापाक्ष 

एजेन्सी, साउन २५ -श्रीलंका पोदुजाना पेरामुना पार्टीका नेता एवं पूर्वराष्ट्रपति महिन्दा राजापाक्षले आइतबार श्रीलंकाको प्रधानमन्त्री पदको शपथ लिएका छन् । संसदको निर्वाचनमा पेरामुना पार्टीले भारी बहुमत प्राप्त गरेसँगै महिन्दा राजापाक्ष प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।...

मन्त्री कार्कीद्धारा फ्लड लाइटको अनुगमन

विराटनगर, २१ पुस-प्रदेश १ का सामाजिक विकास एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले सहिद मैदान विराटनगरमा जडान गरिएको फ्लड लाइटको अनुगमन गरेका छन् । फ्लड लाइट जडान कार्य अन्तिम चरणमा पुगेपछि मन्त्री कार्कीले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्