मोरङमा उत्कृष्ट काम गर्दै सरुवा भए एसपी दीपक पोखरेल, यस्ता छन् सफल अनुसन्धान
शुक्रबार, ०४ फागुन, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगर– १९ मिलन चोककी २८ बर्सिया प्रियङ्का सुनारको हत्या आफ्नै श्रीमानको योजनामा भएको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको थियो । पुरुषसँग अनैतिक सम्बन्ध रहेको भन्दै प्रियाकाको हत्या गर्न २९ वर्षीय श्रीमान् रमेश साहसहित प्रहरीले चार जनालाई पक्राउ गरेको थियो । प्रिंयाङकाको हत्या गरेपछि ८ फागुनमा बुढीगंगा गाउँपालिका–२ स्थित अमाहीस्थित नरसिंह चौधरीको गाई गोठमा शव प्लास्टिकको बोरामा फेला परेको थियो । शव भेटिएपछि सुनारको हत्या आरोपमा श्रीमान् रमेश, इटहरी गाँउपालिकाका ६२ वर्षीय रामानन्द राम, ३५ वर्षीय उमेश सरदार, विराटनगर–७ का ५३ वर्षीय श्रीराम चौधरी लाई पक्राउ गरेको थियो । अहिले उनीहरू मोरङ अदालतको आदेशपछि कैद भुक्तानको लागि मोरङ कारागारमा छन् ।
झापा, मोरङ र सुनसरीमा रहेको शैक्षिक संस्थामा चन्दा आतंक सृजना गर्ने र नदिए विस्फोटक पदार्थ राखेर ध्वांसात्मक गतिविधि गर्ने समूहका दुई जना सदस्यलाई मोरङ प्रहरीले पक्राउ गरी मङ्गलवार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा इलाम माम्सेवुङ गाउँपालिका १ गजुरमुखी घर भई काठमाडौँ स्थित भिमसेनगोला डेरा गरी बस्ने ३८ वर्षीय प्रवीण मिश्र र पाँचथरको याङवरक गाउँपालिका १ का ३० वर्षीय विपिन अधिकारी रहेका छन् । भूमिगत संगठनको नाममा महासचिव महावीरको दस्तखत भएको नेपाल कम्युनिस्ट पार्टी ९माओवादी० लेखिएको लेटर प्याड प्रयोग गरी चन्दा माग गर्ने र नदिए विस्फोटक पदार्थ राखेर आतंक सृजना गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । मङ्गलवार बिहान विराटनगर–३ मा भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीले ‘डिस्पोज’ गरेको थियो । डिस्पोज गरिएको शङ्कास्पद बस्तु कुकर बम भएको पुष्टि भएको छ । सो घटनामा पनि उनीहरूको संलग्नता रहेको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको थियो । चन्दा नदिने शैक्षिक संस्था अगाडी पनि विस्फोट गराउने उनीहरूको उद्देश्य थियो । मोरङ प्रहरीले बेलैमा सूचना पाएपछि उनीहरूलाई नियन्त्रणमा लिएको कारणले थप आपराधिक क्रियाकलाप हुन पाएनन् । पक्राउ परेका दुवै जनाविरुद्ध विस्फोटक पदार्थ ऐनअन्तर्गत मोरङ अदालतमा म्याद थप गरी अहिले अनुसन्धान भइरहेको छ ।
उल्लेखित घटना प्रतिनिधि मूलक हुन् । मोरङ प्रहरी प्रमुख भएर एसपी दीपक पोखरेल आएपछि एक वर्ष मोरङमा उत्कृष्ट काम गर्दै सरुवा भएका छन् । पोखरेलको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरमा नियमित सरुवा भएको हो । उनको कार्यकालमा मोरङमा जति पनि घटेका जघन्य अपराधको घटनामा संलग्नलाई पक्राउ गरी सफल अनुसन्धान गरी कारवाईको दायरामा ल्याएका छन् । गम्भीर प्रकृतिका अपराध गरी फरार अभियुक्तहरूलाई पक्राउ गरी कानुनी कारवाईको दायरमा ल्याएका छन् । एक वर्षमा मोरङमा २ हजार ३ सय १६ वटा मुद्दा दर्ता भए । ०७९ माघ २० देखि माघ २९ गतेसम्म दर्ता भएका मध्ये १ हजार ४ सय ५६ मुद्दा फच्र्छौट भएको छ । बाँकी ८६० रहेको छ । जसमध्ये २ हजार १ सय ८७ जना पक्राउ परेका छन् । पक्राउ परेका मध्ये १ हजार ९४८ पुरुष र २ सय ३९ जना महिला रहेको मोरङ प्रहरीको अभिलेखमा देखिन्छ ।
१४ जिल्ला मध्ये फरार समात्न मोरङ प्रहरी अगाडी
फैसला कार्यान्वयनमा पनि मोरङ प्रहरी उत्कृष्ट देखिएको छ । अदालतले दोषी ठहर गरी फरार अभियुक्त पक्राउ गरी कारवाईको दायरामा ल्याउन पनि मोरङ प्रहरी अगाडी रहेको प्रदेश प्रहरीको अभिलेखमा देखिन्छ । चालु आर्थिक वर्षको मङ्सिर सम्ममा कोसी प्रदेशमा ५५६ जना फरार अभियुक्त पक्राउ गरेको छ । जसमध्ये चालु आर्थिक वर्षको पाँच महिनामा मोरङ प्रहरीले मात्रै २६६ जना पक्राउ गरेको छ । यो पक्राउ सङ्ख्या १४ जिल्ला मध्ये मोरङ अगाडी हो । एसपी पोखरेल आएपछि एक वर्षमा भने ४ सय ६६ जना फरार अभियुक्त पक्राउ गरी १ सय ८९ वर्ष ५ महिना ३ दिन कैद र ७० करोड ५४ लाख ८० हजार ७७६ रुपैयाँ राजस्व असुली गरेको छ ।
फरार पक्राउ पर्ने अभियुक्त कर्तव्य ज्यान, अपहरण तथा शरीर बन्धक, जबरजस्ती करणी, डाक्या लगायत मुद्दाका फरार अपराधीलाई पक्राउ गरेको एसपी पोखरेलले बताए । ‘ढिलो चाँडो गलत काम गर्नेहरू कानुनी दायरामा आउनपर्छ, त्यसैले पुराना, अधुरा गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गरी अपराधी पक्राउ गर्छौँ,’ एसपी पोखरेलले भने, ‘अदालतको फैसला कार्यान्वयनलाई प्राथमिकतामा राखी फरार पक्राउ अभियान सुरु गरिएको हो ।’ अभियानका माध्यमबाट अपराध गरेर जितिदिन लुकीछिपी वसेपनि तोकिएको कैद वा जरिवाना भुक्तान नगरी छुट छैनन् भन्ने सन्देश पनि दिएको एसपी पोखरेलले बताए । ‘अपराध गरेपछि सजाय भुक्तान नगरी बचेर बस्न सकिँदैन भनेर समाजमा सन्देश दिन र यही सन्देशका माध्यमबाट समाजमा अपराधको न्यूनीकरण पनि गर्नका लागि सचेतना फैलने आसा गरिएको छ,’ उनले भने । यसैगरी मोरङ प्रहरीले एक वर्षमा १२ करोड ८१ लख ४ हजार ८६१ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । प्रहरीले १ हजार ३ सय ८३ केजी गाँजा, ५ सय मिलिग्राम चरेश बरामद गरेको छ ।
विराटनगर । अभिषेक पाठकले आक्रमक ब्याटिङ गर्दै सतक कटाएपछि विराटनगरको वाइआरसिसी क्रिकेट क्लब तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा आज विहान भएको पहिलो खेलमा अभिषेकले ६२ बलमा...
विराटनगर । संघीयताको मर्म अनुसार न्यायलयको पुन संरचना आबश्यक रहेको न्याय क्षेत्रका विज्ञहरूले बताएका छन् ।आज विराटनगरमा आयोजित कोशी प्रदेशका अधिबक्ताहरूका लागि संवैधानिक कानुन सम्बन्धी विशिष्टीकृत तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै न्याय क्षेत्रका विज्ञहरूले संघीयताको...
विराटनगर, १६ माघ ।नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड समूहका वरिष्ठ नेता झलनाथ खनालेले जनतको ठूलो त्याग र संघर्षबाट ल्याएको लोकतन्त्रको रक्षाका लागि राजनीतिक दल सडकमा उत्रेको बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै...
विराटनगर । लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनलले स्थापना दिवस मनाएको छ । विराटनगरमा शुक्रबार एक कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको हो ।जुलाई १२ का दिनलाई स्थापना दिवस (चार्टर्ड डे) का रुपमा लायन्स क्लब...
विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्टस् मिट अन्र्तगत बास्केटबल प्रतियोगितामा विराटनगरको एभरेष्ट स्कुल र बिकेभिएम स्कुल फाइनलमा पुगेको छ ।एभरेष्ट स्कुलको खेल मैदानमा भएको शनिबार भएको पहिलो सेमिफाइनल खेलमा एभरेष्ट स्कुलले सगरमाथा स्कुललाई ४१–३९...
सिन्धुपाल्चोक, २७ कात्तिक-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई जनताको भरोसाको पार्टी बनाउनुपर्ने बताउनुभएको छ । उहाँले जनताको आशा र भरोसाको पार्टी कांग्रेस मात्र भएकाले जनताको विश्वासको कदर गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । कांग्रेस...
काठमाडौं, १२ वैशाख-सरकारले विवादित अध्यादेश फिर्ता लिन निर्णय गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र नेकपाका अध्यक्ष पुष्पकमल दाहा प्रचण्डसँग भेट गरेका छन् । ओली, प्रचण्ड र देउवाबीच प्रधानमन्त्री निवासमा...
दाङ क्षेत्र नं. ३ (क) मा भएको उपनिर्वाचनमा निर्वाचित प्रदेशसभा सदस्य बिमला कुमारी खत्री ओलीलाई नेकपा एमालेले तीन दिने स्पष्टीकरण सोधेको छ । जेठ ३० गते प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान...