विराटनगर । विराटनगरस्थित मदरल्याण्ड एकाडेमीमा विभिन्न कार्यक्रम आयोजना गरी सरस्वती पूजा मनाएको छ । स्कुल परिसरमा बुधबार सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण र भोजन कीर्तन प्रतियोगिता आयोजना गरेको हो ।
दुई चरणमा गरी आयोजना गरिएको कार्यक्रममा पहिलो चरणमा साँस्कृतिक कार्यक्रम र पुरस्कार वितरण गरिएको स्कुलका प्रिन्सिपल मोहन बुढाथोकीले जानकारी दिए । विद्यार्थीहरुले साँस्कृतिक नृत्य र गीत प्रस्तुत गरि सहभागिहरुलाई रमाइलो गरे । स्कुलले आयोजना गरेको स्पोर्ट्स मिटमा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार पनि वितरण गरेको छ । कार्यक्रमको प्रमुख अतिथि प्रदेश सांसद भिम पराजुली रहेका थिए । उनले कार्यक्रममा बोल्दै विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षासँगै सिपमुलक शिक्षा दिनुपर्नेमा जोड दिए ।
विराटनगर । १४ औं संस्करणको प्याब्सन स्पोट्र्स मिटको उपाधि विराटनगरको एभरेष्ट स्कुल र सुन्दरहरैचा नगरपालिका ६ दुलारीमा रहेको पूर्वाञ्चल ऐकेडेमीले जितेको छ ।निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा आइतबार राती सम्पन्न प्रतियोगितामा...
विराटनगर, ४ बैशाख-उद्योग सङ्गठन मोरङले लकडाउनको अवधिमा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति तथा बिक्रीवितरणमा कृत्रिम अभाव सिर्जना गर्ने तथा अत्यधिक मूल्य लिई कालो बजारी नगर्न आग्रह गरेको छ । मानव जातिको अस्तित्व नै सङ्कटमा परिरहेको...
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । कोरोना भाइरसको संक्रमण रोक्नका लागि चीनबाट स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता गरेको भन्दै उनीविरुद्ध उजुरी दर्ता भएको हो । विवेकशील नेपाली...
काठमाडौं, १५ वैशाख-जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज र भोलि देशका विभिन्न नदीमा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । सोमबार र मंगलबार वर्षाको सम्भावना भएकाले सुदूरपश्चिम, कर्णाली, गण्डकी,...
काठमाडौं, २५ जेठ-प्रहरीले रौतहट बम विस्फोट घटना एक अभियुत्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिम्राैनगढ नगरपालिका–४ का ५५ वर्षीय मुक्ति साह छन् । उनलाई प्रदेश २ को प्रहरी टोलीले शनिबार पक्राउ गरेको प्रदेश...
काठमाडौं, २३ जेठ-रुकुम घटनालाई लिएर प्रतिनिधि सभा अवरुद्ध गरिएको छ । प्रतिनिधि सभा सुरु भएलगत्तै प्रतिपक्षी सांसदहरूले उठेर विरोध जनाएका हुन् । रुकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित सोती गाउँमा गत १० गते ६ जनाको ज्यान जाने...
काठमाडौं, २८ कात्तिक-काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार २ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार संक्रमित पुष्टि हुनेमा ५ सय २६ महिला र ६...
काठमाडौं, साउन २ । सर्वाेच्च अदालतले संबिधान नै अपत्यक्ष रुपमा संशोधन गरी परमादेश धारा थप गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेपछि राष्ट्रिय सभामा सत्तापक्ष अल्पमतमा परेको छ । प्रतिनिधिसभामा समेत अर्काे दलको सांसदलाई आधार बनाएर अल्पमतमा...