
एल्लो हर्बलको स्किन केयर बजारमा
विराटनगर । विराटनगरमा रहेको एल्लो हर्बलको स्किन केयर बजारमा आएको छ । कोरियन टेक्नोलोजी प्रविधिबाट उत्पादन भएको ‘एल्लो हर्बलको स्किन केयरहरू बजारमा आएको हो । एल्लो हर्बलको स्किन केयरमा फेस वास, भिटा मनी सी सिरप,...
विराटनगर । १४ औं संस्करणको प्याब्सन स्पोट्र्स मिटको उपाधि विराटनगरको एभरेष्ट स्कुल र सुन्दरहरैचा नगरपालिका ६ दुलारीमा रहेको पूर्वाञ्चल ऐकेडेमीले जितेको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा आइतबार राती सम्पन्न प्रतियोगितामा उच्च मावि (सिनियरतर्फ) एभरेष्टले ३ स्वर्ण, ३ रजत र १ कास्य पदक ल्याएर उपाधि जितेको हो । त्यसैगरी कक्षा १० सम्मको जुनियरतर्फ पूर्वाञ्चल एकाडेमीले ६ स्वर्ण, ३ रजत र ४ कास्य पदकसहित ४० अंकको साथ उपाधि जितेको छ ।
त्यस्तै जुनियरतर्फ ४ स्वर्ण, २ रजत र ५ कास्य पदकसहित २९ अंक ल्याएर सुन्दरहरैचामा रहेको बाल प्रतिभा स्कुल द्धितीय भएको छ । २ स्वर्ण २ रजत र १ कास्य पदकसहित १५ अंक ल्याएर विराटनगरको ग्यालेक्सी पब्लिक स्कुल तृतीय भएको छ ।
त्यसैगरी सिनियरतर्फ ३ स्वर्ण, २ रजत र २ कास्य पदक सहित सुन्दरहैचरा नगरपालिकामा रहेको ब्राइट फ्यिुचर स्कुल द्धितीय र २ स्वर्ण १ रजत र १ कास्य पदकसहित सिद्धार्थ स्कुल तृतीय भएको छ ।
प्रतियोगिताको छात्रतर्फको उत्कृष्ट खेलाडीमा ग्यालेक्सी स्कुलका निरज चौधरी घोषित भए । त्यसैगरी छात्रापतर्mको उत्कृष्ट खेलाडीमा विराटनगरको मदर टेरेसा स्कुलका पूजा यादव घोषित भइन् ।
फुटबलको उपाधि हरैचा मोडललाई
प्याब्सन स्पोर्ट्स मिट अन्र्तगत भएको फुटबल प्रतियोगितामा हरैचा मोडलले उपाधि जितेको छ । सहिद रंगशालामा भएको फाइनलमा पथरीको बालमिकी स्कुललाई ४–० गोलले पराजित गर्दै हरैचा मोडलले फुटबलको उपाधि जितेको हो ।
जितको लागि हरैचा मोडलका गौरव खवासले दुई गोल र रोहन मण्डल, भुपेन्द्र लुईटले समान १ –१ गोल गरे ।
भलीबलमा चार स्कुललाई उपाधि
भलिबल प्रतियोगितामा चार वटा स्कुलले उपाधि जितेको छ । कक्षा १० सम्म भएको भलिबल प्रतियोगिताको छात्रतर्फको प्रथम उर्लाबारीको मोरङ मोडल र छात्रातर्फको प्रथम पथरीको एभरेष्ट स्कुलले जितेको छ ।
त्यसैगरी उच्च माविर्तको भलिबलको छात्रतर्फको प्रथम सुन्दरहरैचाको सिद्धार्थ स्कुल र छात्रातर्फको प्रथम ब्राइट फ्यिुचर स्कुल भएको छ ।
त्यसैगरी उच्चा मावितर्फको छात्रतर्फको भलिबलको द्धितीय राष्ट्र निमार्ण स्कुल र तृतीय पशुपति स्कुल भएको छ । त्यस्तै छात्रातर्फको द्धितीय राष्ट्र निमार्ण स्कुल र तृतीय मोरङ मोडल स्कुल भएको छ ।
यसैगरी कक्षा १० सम्मको छात्रतर्फको भलिबको द्धितीय पशुपति स्कुल र तृतीय मोर्डन एरा स्कुल भएको छ । त्यसैगरी छात्रातर्फको द्धितीय मोरङ पब्लिक स्कुल र तृतीय रमाइलो बाल जगत स्कुल भएको छ ।
बास्केटबलको उपाधि एभरेष्टलाई
प्याब्सन स्पोर्ट्स मिट अन्र्तगत भएको बास्केटबल प्रतियोगिताको उपाधि विराटनगरको एभरेष्ट स्कुलले जितेको छ । द्धितीय रतुवामाइ नगरपालिकाको राष्ट्र निर्माण स्कुल र तृतीय सुन्दरहरैचाको ब्राइट फ्यिूचर स्कुल भएको छ । बास्केटबलमा उत्कृष्ट खेलाडी एभरेष्ट स्कुलका शिव साह घोषित भए ।
टेबल टेनिस
प्याब्सन स्पोट्र्स मिट अन्र्तगत टेबल टेनिस प्रतियोगिताको छात्रा सिङल्सतर्फ बुढानिलकण्ठ स्कुलकी मानसी तामाङले एभरेष्ट बिराटनगरकि आशना कटवाललाइ ३–१ सेट स्कोरले पराजित गर्दै प्रथम भएकी छिन् । रविशंकर स्कुलकी स्वाती साह र स्वस्तिका चौधरी संयुक्त रुपमा तृतीय भए ।
छात्रा सिङल्सतर्फ एभरेष्ट स्कुल बिराटनगरका सुशान्त मेहताले बुढानिलकण्ठका रुपेश श्रेष्ठलाइ ३–० सेट स्कोरले पराजित गर्दै प्रथम भए । एभरेष्टकै सक्षम बस्नेत र बुढानिलकण्ठका आदर्श राजबंशी संयुक्त रुपमा तृतीय भए ।
उच्च मावि तर्फका खेलहरुमा छात्रा सिङल्स इभेन्टमा ब्राइट फ्युचर सुन्दरहरैचाकी निक्की महतो प्रथम भइन् । एभरेष्ट बिराटनगरकी श्रद्धा पौडेल द्वितीय, एभरेष्ट बिराटनगरकी प्रसिद्धि अधिकारी र ब्राइट फ्युचर सुन्दरहरैचाकी अमिरा अधिकारी संयुक्त रुपमा तृतीय भइन् ।
छात्रा सिङल्स उच्च मावितर्फ एभरेष्ट बिराटनगरका अनुज माझी प्रथम, एभरेष्टकै श्रेयम काफ्ले द्वितीय , बालप्रतिभा सुन्दरहरैचाका पुजन दाहाल र ब्राइट फ्युचर सुन्दरहरैचाका आयुष कार्की संयुक्त रुपमा तृतीय भए ।
छात्रा टीम इभेन्ट उच्च मावितर्फ ब्राइट फ्युचर सुन्दरहरैचा प्रथम, एभरेष्ट बिराटनगर द्वितीय र सिद्धार्थ स्कुल सुन्दरहरैचा तृतीय भए ।
छात्र टीम इभेन्ट उच्च मावितर्फ एभरेष्ट बिराटनगर प्रथम, ब्राइट फ्युचर सुन्दरहरैचा द्वितीय, पशुपती सेकेन्डरी स्कुल उर्लाबारी र बालप्रतिभा स्कुल सुन्दरहरैचा संयुक्त रुपमा तृतीय भए ।
बिजेता हुने खेलाडीहरुलाई प्याब्सनका राष्ट्रिय निर्वतमान अध्यक्ष टिकाराम पुरी, प्याब्सन कोशी प्रदेशका अध्यक्ष टिकाराम ढकाल, मोरङ अध्यक्ष जगत बहादुर बस्नेतलगायतले पुरस्कार वितरण गरेका थिए ।
तीन दिनसम्म संचालन भएको प्याब्सन स्पोर्ट्स मिटमा २५ भन्दा बढी विधाका खेलहरु समावेश गरिएको थियो । यो प्रतियोगितामा मोरङ प्याब्सनमा आवद्ध ३ हजार बढी विद्यार्थीहरुले भाग लिएको प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेतले जानकारी दिए ।
विराटनगर । विराटनगरमा रहेको एल्लो हर्बलको स्किन केयर बजारमा आएको छ । कोरियन टेक्नोलोजी प्रविधिबाट उत्पादन भएको ‘एल्लो हर्बलको स्किन केयरहरू बजारमा आएको हो । एल्लो हर्बलको स्किन केयरमा फेस वास, भिटा मनी सी सिरप,...
भक्तपुर, ६ वैशाख-सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले कोरोना भाइरसका कारण कोही अलपत्र परेमा तत्काल आफूलाई सम्पर्क गर्न आह्वान गरेका छन् ।अलपत्रलाई भोकै हुन नदिने बताउँदै उनले सरकारले कोरोनाको सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनका...
एजेन्सी, २० कात्तिक-अमेरिकामा राष्ट्रपतिका लागि डेमोक्रयाट तर्फबाट उम्मेदवार बनेका जो बाइडेन जितको नजिक पुगेका छन् । अमेरिकाका धेरै ठाउँमा रातो पर्खाल भत्काउँदै उनले निलो पर्खाल बनाएका छन् भने राष्ट्रपति भवन ह्वाइट हाउस प्रवेशको सुनिश्चितता बढाउँदै...
काठमाडौं ३० साउन-पछिल्लो २४ घण्टाको अवधिमा थप ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ५७५ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । अहिलेसम्म ४ लाख ९४ हजार ६१३ जनाको कोरोना...
विराटनगर । विराटनगरका युवा समाजसेवी राहुल भट्टराईले मोरङको ग्रामीण क्षेत्रमा रहेको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ब्याग वितरण गरेका छन् । मोरङको कानेपोखरी गाउँपालिका – ६ मुलगाउँमा रहेको सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत १ सय ५० जना...
विराटनगर । कोशी प्रदेशका विभिन्न आठ वटा क्षेत्रका नवउद्यमीहरुको उद्यमशीलताको विकास र प्रवर्द्धनका लागि करिब २० करोड रुपैयाँ बराबर लगानीको प्रतिबद्धता जनाइएको छ । बिहीबार विराटनगरमा आयोजित आध्यन्त एक्सिलिरेटर कार्यक्रम अन्तर्गतको लगानी सम्मेलनमा लगानीको प्रतिबद्धता...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एनसीसी बैंकलाई स्पष्टीकरण सोधेको छ । नेप्सेले आइतबार शेयरमूल्यमा असर पार्ने किसिमका गतिविधि गरेको आशंका गर्दै स्पष्टीकर माग गरेको हो । नेप्सेले सूचना जारी गर्दै शेयर मूल्यमा प्रभाव पार्ने कुनै पनि किसिमको...
विराटनगर । काेशी प्रदेश सरकारले प्रदेशभरिका १० वर्षमुनिका बालबालिकाकाे निःशुल्क उपचार सुरू गरेकाे छ । मुख्यमन्त्री केदार कार्कीकाे उपस्थितिमा प्रदेश स्वास्थ्य मन्त्रालयले यस प्रदेशस्थित प्रदेश अस्पताल र चार वटा निजी अस्पतालसँग आइतबार सम्झाैता गरेर बालबालिकाकाे...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.