
काठमाडौंमा ९ सय १९, भक्तपुरमा १ सय ८ र ललितपुरमा १ सय ८० जना नयाँ संक्रमित थपिएका हुन् । देशभर आज संक्रमित पुष्टि हुनेमा २ हजार १ सय ११ रहेका छन् ।
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । यी मध्ये ३७ हजार २२ जना सक्रिय संक्रमित छन् । १ लाख ६८ हजार १२९ जना निको भएका छन् । आज मात्रै ३ हजार ५३७ जना निको भएको मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म १५ लाख ९३ हजार ८५० जनाको पीसीआर परीक्षण गरिएको छ । ९ सय ८६ जना क्वारेन्टाइनमा रहेका छन् ।