रोकीएको पिकअप पछाडी सर्दा किचेर एक जनाको मृत्यु
विराटनगर, ८ असोज । इलाम माइजोगमाइ गाऊपालिका ५ सोयाङ गणेश गोलाइ स्थितमा रोकी राखेको पिकअप गाडी सर्दा किचिरे सोही गाडीमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ५७ बर्षीय खिर बहादुर...
विराटनगर । विराटनगर – ७ स्थित मेरिल्याण्ड कलेजले कक्षा– ११ का उत्कृष्ट ५० विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । कलेज परिसरमा मंगलबार एक कार्यक्रम गरी उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको हो ।
दोश्रो त्रैमासिक परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई एक कार्यक्रम आयोजना गरि कलेजले सम्मान गरेको प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी दिए । विद्यार्थीहरुलाई नगद पाँच हजार, चार हजार र तीन हजार प्रदान गरी सम्मान गरिएको कलेजले जनाएको छ । कार्यक्रम नेपाल राष्ट्र बैंक विराटनगर शाखाका उपनिर्देशक मनोज गुरुङको प्रमुख आतिथ्यमा भएको थियो । विद्यार्थीहरुलाई कलेजका उपाध्यक्ष प्रा.डा . प्रमोद कुमार झा,प्रिन्सिपल लक्ष्मण ढकाल ,हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोख्रेल, डाइरेक्टरहरु डा. मनोज गुप्ता,प्रदिप भगत , नन्द किशोर अग्रवालले उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरे ।
उक्त सम्मान कार्यक्रममा कलेजका कोअर्डीनेटर गणेश दाहाल, दिपेश भगत र मनिष पोख्रेल लगायत शिक्षकहरु टंक कोइराला,चिरन्जीवी कोइराला, बद्री पौडेल, नवजित प्रधान दिब्या लाल्वानीको पनि उपस्थित थियो । प्रमुख अतिथि गुरुङले मेरिल्याण्डले शिक्षा क्षेत्रमा गरेको प्रयाश निकै सराहनीय रहेको बताए । पुरस्कृत छात्रा मानश्वी अधिकारीले विराटनगरमा रहेर देशकै अग्रणी कलेजमा नाम राखेको मेरिल्यान्डले आन्तरिक परिक्षामा उत्कृष्ट पचास विद्यार्थीलाई यस वर्षदेखि नगद तथा सम्मान दिने परम्पराको थालनी गरेको र पुरस्कारको पहिलो र दोश्रो शृंखलामा आफु सहभागी हुन पाएकोमा ठुलो गौरव अनुभव भएको बताइन् ।
हरेक विद्यामा नम्बर एक हुँदै आएका मेरिल्याण्ड कलेजले यसै वर्षको कक्षा १२को बोर्ड परिक्षामा पनि सबभन्दा उत्कृष्ट ९५.३४ प्रतिशत नतिजा प्राप्त गरेर कोशी प्रदेशकै नाम उच्च बनाएको छ । कार्यक्रममा मेरिल्याण्ड कलेजका प्रिन्सिपल ढकालले मेरिल्याण्ड कलेजले हरेक वर्ष केहि नयाँ कुराको सुरुवात गर्ने गरेको बताए । मेरिल्याण्ड कलेज व्यवस्थापन शिक्षामा रुचि राख्ने कोशी र मधेशका हजारौं विद्यार्थीको पहिलो रोजाइमा पर्दै आएको छ ।
विराटनगर, ८ असोज । इलाम माइजोगमाइ गाऊपालिका ५ सोयाङ गणेश गोलाइ स्थितमा रोकी राखेको पिकअप गाडी सर्दा किचिरे सोही गाडीमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ५७ बर्षीय खिर बहादुर...
विराटनगर । विराटनगरस्थित सेन्ट्रल मलको पहिलो तलामा जुम्बा डान्स संचालनमा आएको छ । मंगलबार एक कार्यक्रम आयोजना गरी जुम्बा संचालनमा ल्याएको हो । दक्ष प्रशिक्षकबाट सिकाइने जुम्मा डान्स सेन्ट्रल मलमा संचालनमा ल्याएको सेन्ट्रल मलका प्रबन्धक...
काठमाडौं, जेठ २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बिस्तारको तयारी अघि बढाउनु भएको छ । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई आफ्नो सरकारमा सहभागी गराई मन्त्रिपरिषद बिस्तारको गृहकार्यमा प्रधानमन्त्री ओली जुटनुभएको हो । प्रधानमन्त्री ओलीले...
विराटनगर, १८ मंसिर । ओशो धर्म प्रदिप ध्यान आश्रम विराटनगरको साधारणसभा शनिबार सम्पन्न भएको छ । विराटनगर–२ स्थित आश्रमको सातौ साधारणसभा विराटनगरमा सम्पन्न भएको हो । साधारणसभाले पुनः अध्यक्षमा रामनारायण राजवंशीलाई चयन गरेको छ ।...
विराटनगर, २१ कात्तिक-सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट १४ वर्षीय किशोरसहित २ जनाको मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत उदयपुरको कटारीका १४ वर्षीय किशोरको शुक्रबार बिहान ९ बजेर ५० मिनेटमा...
विराटनगर । विराटनगर – २ मुनालपथस्थित सृजा मेकअप एण्ड नेल स्टुडियो संचालनमा आएको छ । करिब २२ लाख रुपैयाँ लागतमा बुधबार एक कार्यक्रमको बीच सृजा मेकअप एण्ड नेल स्टुडियो संचालनमा आएको हो । उक्त स्टुडियोको...
विराटनगर, साउन २९–विराटनगर महानगरपालिकामा गएको २४ घण्टामा ६० जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ३८ पुरूष र २२ महिला रहेका छन् । बिहीबार महानगरमा अहिलेसम्मकै धेरै संक्रमित थपिएका हुन् । विराटनगर महानगरपालिकाका अनुसार संक्रमितमध्ये...
विराटनगर, बैशाख २७–पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले भारतले विस्तारबादी चरित्र प्रदर्शन गरेको आरोप लगाएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्यसमेत रहेका सांसद मण्डलले विश्वव्यापी माहामारीका रुपमा फैएिको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमका...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.