बेलबारी गोल्डकप कार्तिक १५ गतेबाट : बिजेताले ८ लाख, उपबिजेताले ४ लाख पाउने
बुधबार, ०२ कार्तिक, २०७९,
न्यूज विराट
विराटनगर । मोरङको बेलबारीमा पाँचौँ संस्करणको बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय अमान्त्रण गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । डाँगीहाट यूथ क्लबको आयोजनामा बेलबारी ११ लक्ष्मीमार्गस्थित लक्ष्मी माविको खेलमैदानमा गोल्ड कप हुने भएको हो ।
आयोजक समितिले विराटनगरमा बुधवार पत्रकार सम्मेलन गरी कार्तिक १५देखि २३ गतेसम्म प्रतियोगिता हुने जानकारी गराएको छ । यस वर्ष हुने गोल्डकपमा विजेताले पाउने नगद राशि तीन लाख रुपैयाँ आयोजकले बढाएको छ । पाँचौँ संस्करणमा विजेता हुने टिमले नगद ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार रुपैयाँ रहेको छ । यसअघिको चौथो संस्करणमा विजेताले ५ लाख रुपैयाँ रहेको थियो ।
बुद्ध एयरले मुख्य प्रयोजन गरेको गोल्ड कपमा तीन वटा विदेशी टिमसहित १० टिमको सहभागिता रहेको डाँगी हाट यूथ क्लबका अध्यक्ष विक्रम राईले जानकारी दिए । प्रतियोगितामा गत वर्षको विजेता टिम सशस्त्र प्रहरी बलसहित रोलिङ एफ सी झापा, पेम्बा युथ क्लब विराटनगर, डाँगी हाट यूथ क्लब आयोजक, सहारा क्लब पोखरा, भारतको वेस्ट बङ्गाल आमुक्त परिवार, सिराहाको सहलेस यूथ क्लब, एभिनियर फुटबल क्लब क्यामरुन, युनाईटेड ब्रदर्श कालिम्पोङ भारत र धनकुटाको राजा रानी फुटबल क्लबको सहभागिता रहेको छ ।
बेलबारी गोल्डकप हुनेबारेमा जानकारी गराउँदै आयोजक ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलकिपरलाई १५ हजार, उत्कृष्ट डिफेन्डर लाइ १५ हजार, उत्कृष्ट मिडफिल्डलाई १५ हजार पुरस्कार राशि रहेको छ । यस्तै उत्कृष्ट कोचलाई ३५ हजार, सर्वाधिक गोलकर्तालाई १५ हजार उदयमान खेलाडीलाई १५ हजार रुपैयाँको साथै प्रत्येक दिनको म्यान अफ द म्याच हुने खेलाडीलाई पाँच हजार रुपैयाँ रहेको डाँगी हाट यूथ क्लबका प्रेस संयोजक तथा प्रवक्ता नरेन्द्र बस्नेतले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न करिब ५२ लाख ६१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । ६१ लाख ९० हजार रुपैयाँ आम्दानी हुने आयोजकको अपेक्षा छ । प्रतियोगिताको उद्घाटनको खेल झापाको रोलिङ एफ सी र पेम्बा यूथ क्लब विराटनगर बिच प्रतिस्पर्धा हुनेछ ।
एजेन्सी, जेठ ४-इजरायलमा चीनका राजदूत मृत फेला परेका छन् । बीबीसीका अनुसार इजरायलका लागि चिनियाँ राजदूत ५८ वर्षीय डु वेई तेलअभिवस्थित घरभित्र ओछ्यानमा मृत फेला परेका हुन् । इजरायली अधिकारीले राजदूतकाे मृत्यु भने पुष्टि गरिसकेका छन् । उनकाे मृत्युकाे कारण...
विराटनगर । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको अध्यक्षमा पुण्य प्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा नाट्टाको शनिवार सम्पन्न भएको ११ औँ वार्षिक साधरणसभा तथा ७ औँ अधिवेशनबाट भट्टराई...
विराटनगर, २७ मंसिर । उच्च अदालत विराटनगरले प्रदेश पर्यटन बोर्ड खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न प्रदेश सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । बोर्डका सदस्यद्वय देवी गौतम र उमेश घिमिरेद्वारा दायर रिटमा सोमबार सुनुवाइ...
काठमाडौं, चैत २–नेपाली सेनाले मुुलुकमा निर्माण हुने ठूला आयोजना र सङ्गठनलाई आवश्यक पर्ने प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएर डिप्लोमा इन अटोमोबाइल र डिप्लोमा इन मेकानिकल इञ्जिनियरिङको शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेको छ । प्राविधिक...
काठमाडौं, १ वैशाख-प्रधानमन्त्री केपी शर्मा ओलीले देशबाट कोरोना भाइरस (कोभिड–१९) बाट अन्त्य नभएसम्म पारिश्रमिक नलिने निर्णय गरेका छन् ।नयाँ वर्षकाको उपलक्ष्यमा देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना प्रकोप नसकिएसम्म आफ्नो पारिश्रमिक नलिने निर्णय गरेका हुन्...
काठमाडौं, ७ असोज । यो साताको अन्तिम कारोबारको दिन नेप्से सूचक सामान्य अंकले बढेपछि ५६ कम्पनीले नाफा कमाएका छन् । बिहीबार कारोबारमा आएका २ सय २८ कम्पनीको १ करोड ५७ लाख १४ हजार २ सय ६६...
विरानटनगर, असार ३०–विराटनगरका अधिकांस स्थानमा विद्युत अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरणको टंकि सिनवारी स्थित सब स्टेशनमा रहेको ३३ केभिको करेन्ट ट्रान्फर्मर पड्कीएकाले विराटनगरका अधिकांश स्थानमा विद्युत अवरुद्ध भएको प्राधिकरण विराटनगर शाखाले जनाएको छ...
विराटनगर, २० चैत-प्रतिकूल अवस्थामा स्थानीय सरकारले खाद्य सामाग्री वितरण अभियान चलाएपछि इटहरीका विपन्न परिवारले राहत महसुस गरेका छन् । । इटहरी उपमहानगरपालिकाले लकडाउनको अवधि थपिएपछि दैनिक ज्यालादारीमा काम गर्ने २० वटै वडाका १० हजार परिवारलाई...