काठमाण्डौंका मेयर बालेनले जस्तै, उर्लाबारीका मेयर खरेलले हटाउलान् अवैध संरचना ?

 न्यूज विराट
काठमाण्डौंका मेयर बालेनले जस्तै, उर्लाबारीका मेयर खरेलले हटाउलान् अवैध संरचना ?

विराटनगर । पछिल्लो समय काठमाण्डौंका मेयर बालेन्द्र शाहले महानगरपालिकाको नक्सा हेर्दै धमाधम अवैध संरचनाहरू हटाउन लागि परेका छन् । काठमान्डुलाई सु– सांस्कृतिक सहर बनाउने प्रण लिएर गत स्थानियतहको निर्वाचनमा काठमान्डौको मेयरमा निर्वाचित भएका शाहले यति वेला खोजी खोजी सार्वजनिक सम्पत्ति हडपेर बनाइएका अवैध संरचनाहरू हटाउन लागि परेका छन् ।
बालेनले यसरी अवैधरुपमा बनेका संरचनाहरूमा माथि डोजर चलाई रहँदा कतै उनको आलोचना हुने गरेको छ भने कतै कामको प्रशंसा पनि उत्तिकै मात्रामा हुने गरेको छ ।
फराकिलो र सुन्दर काठमान्डौ निर्माणको अभियानमा दिनरात काम गरिरहेका बालेन्द्र शाहको साहसिक कदमले पछिल्लो समय काठमान्डौको इतिहास बोकेको टुकुचा खोला समेत फेला पारेको छ । बिचौलियाहरूको चङ्गुलमा परेर ५० वर्ष अघि देखी हराई रहेको अतिक्रमित टुकुचा खोला फेला परेपछि बालेनको यति वेला सर्वत्र प्रशंसा हुँदै आएको छ ।
७५३ स्थानियतह रहेको नेपालमा यति वेला हकिकतै कुनै जनप्रतिनिधिको देश विदेशमा चर्चा छ भने त्यो हो, काठमान्डौका मेयर बालेन्द्र शाह र धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ् ।
देशको राजधानी काठमान्डुलाई सुन्दर बनाउन मेयर बालेन अहोरात्र खटिरहेका छन् भने धरानका मेयर साम्पाङ् धरानले वर्षौँदेखि खेप्दै आएको खानेपानी समस्या साधनका लागि हरेक दिन श्रमदान मार्फत काम गरेर स्थानीय सर्दु खोला र निशाने खोलाको पानी धरानमा झार्न सफल भएका छन् । उनीहरूको यो कामको यति बेला सारा देशवासी नै दिवाना बनेका छन् ।
हो, उनीहरूको जस्तै आँट, साहस र हिम्मत यति वेला उर्लाबारी नगरपालिकाका जनताले पनि मेयर गङ्गाप्रसाद खरेलमा हेर्न चाहेका छन् ।
निर्वाचनताका उर्लाबारीका मेयर खरेलले उर्लाबारीलाई ‘क्लिन उर्लाबारी’ का रूपमा विकास गरेर लैजाने प्रतिबद्धता गरेका थिए । तर उनी निर्वाचित भएको १ सय दिन भन्दा बढी भई सकेको छ । यो अवधिमा उनले चुनावमा बोलेको ‘क्लिन उर्लाबारी’ भन्ने नाराको उपलब्धि यति वेला कहीँ पुगेर अड्कियो की कुन रद्धिको टोकरीमा पस्यो कसैलाई थाहा छैन ।
उर्लाबारीमा सार्वजनिक बाटो, कुलो, पैनी मासेर बनाइएका धेरै संरचनाहरू छन् । जसका कारण बर्सातको समयमा उर्लाबारी डुबानमा पर्ने गरेको छ भने नक्सा पास विना बनाइएका अवैध संरचनाहरूका कारण सार्वजनिक बाटोहरू साँगुरिएका छन् । जसले गर्दा बाटोमा दुर्घटनाको उच्च जोखिम पनि छ ।

उर्लाबारीमा अघिल्लो स्थानीय सरकारका पालामा निवर्तमान मेयर खड्ग फागोले अवैधरुपमा निर्माण हुँदै गरेका संरचनाहरू र सडकमा राखिएका निर्माण सामाग्रीलाई हटाएर उर्लाबारीलाई फराकिलो र सफा बनाउने अभियान चलाएका थिए ।
उनले त्यसताका अवैध रूपमा सडक क्षेत्राधिकार मिची निर्माण थालिएको उर्लाबारी ३ मा अम्बिका खतिवडाको संरचना र उर्लाबारी ४ मा निर्माण भएको केशव सुवेदीको संरचनामा डोजर चलाएर पहुँचका भरमा मन मर्जी गर्नेहरूलाई सबक सिकाएका थिए ।  सार्वजनिक बाटो, कुलो, पैनी मास्नेमाथि फागोले कानुनी डन्डा चलाएर बिचौलियाहरूलाई साइजमा ल्याएका थिए ।
उर्लाबारीमा यो ‘एट एक्सन’ मा काम भएका उदाहरणहरू मात्रै हुन तर अझै पनि उर्लाबारीमा सार्वजनिक पैनी र पार्किङ मिचेर बनाइएका नक्साविहीन संरचनाहरू यथावत् नै छन् ।
उर्लाबारीमा सार्वजनिक पैनी मिचेर निर्माण गरिएको भन्दै निकै चर्चामा आएको उर्लाबारी ३ का प्रकाश थापाको संरचना, उर्लाबारी हाट खोलामा बाटो मिचेर निर्माण गरिएको आनन्द फागको संरचना, पङ्कज शाक्यको संरचना लगायत पार्किङ मिचेर बनाइएका अन्य थुप्रै संरचनाहरू भए तापनि नगरपालिकाले त्यस्ता संरचना हटाउन वा नियमसंगत रूपमा कार्यान्वयन गराउन अहिले सम्म कुनै कदम चालेको छैन । थापाले पैनी मिचेर बनाएको घरका कारण पैनी नै गायब भएपछि थापामाथि मुद्दा परेको थियो । अदालतले पैनी खाली गर्न थापालाई आदेश दिए पनि अहिले सम्म थापाले अदालतको आदेशलाई बर्खिलाप गर्दै आएका छन् ।  नगरपालिकाले पनि अदालतको आदेशलाई कार्यान्वयन गराउने प्रति कुनै चासो दिएको छैन ।
उर्लाबारीमा विशेष गरी व्यापारिक प्रयोजनका लागि बनाइएका संरचनाहरूमा निरीक्षण गर्ने हो भने अवैध रूपमा नक्सा पास विना बनाइएका थुप्रै संरचनाहरू भेटिन्छन् । तर यस तर्फ वर्तमान स्थानीय सरकारले अहिले सम्म कुनै एक्सन लिएको छैन ।
उर्लाबारीको बढ्दो सहरीकरण र जनघनत्वलाई हेर्ने हो भने अवैध रूपमा निर्माण गरिएका संरचनाहरूमा समयमै एक्सन लिइएन भने भावीसन्ततीका लागि टाउको दुखाईको विषय बन्न जानेमा दुई मत छैन ।

सम्बन्धित समाचार

कोशी प्रदेशको पाँचौं मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

विराटनगर । कोशी प्रदेशको पाँचौं मुख्यमन्त्रीमा नेपाली काँग्रेसका संसदीय दलका नेता उद्धब थापा नियुक्त भएका छन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख परशुराम खापुङ्गले बिहीबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।काँग्रेसबाट...

कोरोना उपचार निःशुल्क गर्न नीजी अस्पताललाई मुख्यमन्त्री राईको निर्देशन

विराटनगर, १२ मंसिर-प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरोना संक्रमितको उपचार निःशुल्क गर्न विराटनगरका विभिन्न अस्पतालहरुलाई निर्देशन दिएका छन् । विभिन्न तीन निजी अस्पतालको अनुगमनका क्रममा संक्रमितका आफन्तले अस्तालहरुले उपचारका नाममा चर्को शुल्क अशुल...

भोलिदेखि एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक सवारी चलाउन नपाइने

सरकारले कोरोना भाइरसबाट पूर्वसतर्कता अपनाउन भन्दै भोलिदेखि एक जिल्लाबाट अर्को जिल्लामा सवारी चलाउन नपाइने व्यवस्था गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बाेधन गर्दै १० चैतदेखि लामो दूरीका सवारी नचलाउन आह्वान गरेका थिए...

प्रचण्डलाई भीम रावलले भने, ‘पदको झगडामा म सामेल छैन’ 

काठमाडाैं, १३ साउन-नेकपा स्थायी कमिटी सदस्य भीम रावलले पदको झगडामा पार्टी अध्यक्ष प्रचण्डलाई साथ दिन नसक्ने बताएका छन् । बालुवाटार भेलामा रावलले पदका लागि भइरहेकाे झगडामा हारजितका लागि आफूहरूको टाउको नगन्न आग्रह पनि गरेका छन्...

लागुऔषध सहित २ जना पक्राउ

विराटनगर, १७ असार–सुनसरीको इनरुवा नगरपालिका(३ महेन्द्र चोकबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईनरुवा–१० का ३० बर्षीय मोहमद अलाउदिन र सोही स्थानका २५ बर्षीय अख्तर आलम रहेका छन् । आज बिहान...

‘प्रधानमन्त्री ओलीको कदम संवैधानिक ‘कु’ हो : डा.कोइराला

विराटनगर, ५- नेपाली कांग्रेसका सिफारिस गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक ‘कू’ गरेको बताएका छन् । प्रधानमन्त्री ओलीले आज विहान संसद विघटन गर्न राष्ट्रपतिसँग सिफारिस गरेपछि डाक्टर कोइरालाले विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले संवैधानिक...

अनैतिक सम्बन्धको आशङ्कामा तीन जना सहयोगी लिएर यसरी गरे रमेशले श्रीमतिको हत्या

विराटनगर । श्रीमतिको अनैतिक सम्बन्ध रहेको आशंका गर्दै आफ्नै श्रीमानले तीन जना सहयोगी लिएर हत्या गरेको प्रहरीको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको छ । विराटनगर – १९ घर भएकी २८ वर्षीय प्रियङ्का सुनार साहको हत्या आफ्नै...

नवजात शिशु विक्री प्रकरण : डाक्टर कर्णसहित ६ जनाविरुद्ध मुद्दा दायर, मंगलबारदेखि प्रतिवादीको बयान सुरू

विराटनगर । हस्पिटलबाट नवजात शिशु बिक्री गरेर बेपत्ता पारेको कसुरमा पक्राउ डाक्टर तपेश्वरलाल कर्णसहित ६ जना विरुद्ध मोरङ अदालतमा मुद्दा दायर भएको छ ।जिल्ला सरकारी वकिलको कार्यालयले १५ देखि २० वर्षसम्म कैदको माग दाबी लिएर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्