ट्रकमा आगजनी भएको घटनाप्रति महासंघको ध्यानकर्षण, कारवाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

 न्यूज विराट
ट्रकमा आगजनी भएको घटनाप्रति महासंघको ध्यानकर्षण, कारवाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

विराटनगर । नेपाल ट्रक यातायात व्यवशायी महासंघले आईतवार विराटनगरमा भएको सडक दुर्घटनापछि मालबाहक ट्रकमा आगजनी गरिएको घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

महासंघका महासचिव राजेन्द्र विक्रम बाँनियाले आज एक विज्ञप्ती जारी गर्दै सडक दुर्घटना भवितव्य भएको र दोषीउपर कानूनी कारवाही हुने व्यवस्था हुँदाहुँदै पनि ट्रकमा आगजनी गरिनु दुःखद भएको बताएका छन् ।

दुर्घटनापछि एक व्यक्तिको मृत्यु भएको र दुर्घटना गराउने सवारी चालकलाई कारवाहीका लागि प्रहरीले नियन्त्रणमा लिईसकेको अवस्थामा पनि प्रहरी प्रशासनकै अगाडि अराजक शैलीमा भएको तोडफोड र आगजनीको घटनाप्रति महासंघले घोर भत्र्सना गरेको छ ।
महासचिव बाँनियाद्वारा हस्ताक्षरित विज्ञप्तीमा दुर्घटना भन्ने कुरा मानिसको काबु भन्दा बाहिर रहेको हुँदा ऐन कानून हातमा लिएर गरिएको आगजनीबाट भएको क्षतिको क्षतिपूर्ति पनि सम्बन्धित व्यक्तिबाट पूर्ति गर्न माग गरिएको छ । आईतबार बिहान धरान–विराटनगर सडकखण्ड अन्तर्गत विराटगरको बरगाछीमा बा.प्र.३–००१ख १४११ नम्बरको ट्रकको ठक्करबाट को ३६ प २८८९ नम्बरको स्कटीमा सवार सुनसरी दुहवीका एक व्यक्तिको मृत्यु भएको थियो । घटनापछि जम्मा भएको आक्रोशित भिडले ठक्कर दिने ट्रकमा आगजनी गरेको थियो । आगजनीबाट ट्रकको अगाडिको भागजलेर पूर्ण रुपमा क्षति भएको छ ।
यसैबीच नेपाल ट्रक यातायात व्यवशायी महासंघले आगजनीको घटनामा संलग्नलाई कारवाहीको माग गर्दै उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको छ । दुर्घटना गराउने चालकलाई आवश्यक कारवाहीका लागि नियन्त्रणमा लिईसकेको अवस्थामा ट्रकमा आगजनी गर्ने हरुलाई कारवाही नगरे देशभरका ट्रकका साँचो सरकारलाई बुझाएर ट्रक ग्यारेजमा थन्काउने महासंघले चेतावनी दिएको छ ।

Settings

सम्बन्धित समाचार

अपहरणमा परेका भारतीय नागरिकको उद्धार

अपहरणमा परेका एक भारतीय नागरिकको नेपाल प्रहरीले उद्धार गरेको छ । अपहरणमा परेका भारत बिहारको मधुवनी लौकाहा ग्राम पञ्चायत–९ का २२ वर्षीय शङ्करकुमार साहको उद्धार गरिएको हो । सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीमा खुट्टामा...

कांग्रेस केन्द्रीय महिला विभागले पूर्णता पायो

काठमाडौं, ५ साउन-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय महिला विभागमा सचिव र सदस्यलाई आज मनोनयन गरेका छन् । सभापति देउवाले उक्त विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य ईश्वरी न्यौपानेलाई गत १९ फागुनमा मनोनयन गरेका...

आज प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज बिहान बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

नेपालमा थप १ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ हजार ४०१ पुग्यो

काठमाडौं, जेठ १७-नेपालमा थप १ सय ८९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले नेपालमा थप १ सय ८५ जना पुरुष...

विराटनगरमा स्त्रीरोग सम्वन्धि दक्षिण एशियाली सम्मेलन हुँदै

विराटनगर, फागुन ८–मोरङको बुढीगंगामा स्त्रीरोग संवन्धि दक्षिण एशियाली सम्मेलन हुने भएको छ । विराट मेडिकल कलेज टिचिङ अस्पताल र नेपालका प्रसुती तथा स्त्री रोग विशेषज्ञहरुको संगठित संस्था (नेसोग) पुर्व क्षेत्रीय शाखाको संयुक्त आयोजनामा युरोगाईनोकोलोजी संवन्धि...

एमाले सत्ता स्वार्थमा कुदैन : अध्यक्ष ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता स्वार्थका लागि नेकपा एमाले कुद्ने पक्षमा तयार नभएको बताएका छन् । विराटनगर विमानस्थलमा आज संचारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष शर्माले यस्तो बताएका हुन् । काँग्रेसमा सत्ता भन्दा...

लेदो झरेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध

धादिङ, ३१ भदौ-पहाडबाट लेदो आएर नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । निरन्तर वर्षाका कारण सडकखण्डको चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलो भन्ने स्थानमा पहाडबाट लेदो झर्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहाडबाट लेदो झर्ने क्रम...

रेलमार्ग परियोजनाको काम अघि बढाउन पहल

विराटनगर, १ पुस–प्रदेश १ का सामाजिकविकास मन्त्रीजीवन घिमिरेले मोरङको कटहरी क्षेत्रमा अबरुद्ध भएको रेलमार्गको परियोजना अघि बढाउन पहल सुरु गरेका छन् । मुआब्जाविवादका कारण लामो समयदेखि अबरुद्ध भएको रेलमार्ग निर्माण कार्यलाई अघि बढाउन उनले मन्त्रालयमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्