प्याब्सन स्पोर्ट्स मिटको उपाधि पूर्वाञ्चल र सगरमाथालाई

 न्यूज विराट
प्याब्सन स्पोर्ट्स मिटको उपाधि पूर्वाञ्चल र सगरमाथालाई

विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको उपाधि मोरङको सुन्दरहरैचा नगरपालिका – ६ दुलारीमा रहेको पूर्वाञ्चल एकेडेमी र विराटनगरको सगरमाथा स्कुलले जितेको छ । आइतबार राती सम्पन्न भएको प्रतियोगितामा जुनियरतर्फ पूर्वाञ्चल र सिनियरतर्फ सगरमाथा स्कुलले उपाधि जितेको हो ।

जुनियरतर्फ साविक विजेता पूर्वाञ्चलले १० स्वर्ण, ५ रजतसहित ६५ अंक ल्याएर प्याब्सन स्पोर्ट्स मिटको उपाधि जितेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङले आयोजना गरेको उक्त प्रतियोगितामा जुनियरतफ तीन स्वर्ण, चार रजतसहित ३० अंक ल्याएर सुन्दरहरैचाको सिद्धार्थ सेकेण्डरी स्कुल द्धितीय र सगरमाथा स्कुल तृतीय भएको छ ।

यस्तै विराटनगरको एभरेष्ट स्कुलले तीन स्वर्ण, ३ कास्य पदकसहित २१ अंक ल्याएर चौथो भएको छ ।
यसैगरी सिनियरतर्फको द्धितीय १५ अंक ल्याएर बिकेभिएम स्कुल र १३ अंक ल्याएर तेस्रो पथरीको एभरेष्ट स्कुल भएको छ ।
प्रतियोगिताको छात्रातर्फको उत्कृष्ट खेलाडी पूर्वाञ्चल एकेडेमीकी सृजना बि.क. घोषित भइन् । उनले खेलभरीमा पाँच वटा स्वर्ण पदक जितेकी थिइन् । यसैगरी छात्रतर्फको उत्कृष्ट खेलाडी सिद्धार्थ स्कुलका सुवोध चौधरी घोषित भए । उनले दुई स्वर्ण र एक रजत पदक जितेका थिए ।

बास्केटलमा बिकेभिएम च्याम्पियन
विराटनगरको बिकेभिएम स्कुलले बास्केटबलको उपाधि जितेको छ । एभरेष्ट स्कुललाई ५७–३५ सोझो सेटले हराउँदै बिकेभिएमले बास्केटबलको उपाधि जितेको हो । बास्केटबलको तेस्रो विराटनगरको सगरमाथा स्कुल भयो । सगरमाथाले सेन्टजोसेफ स्कुललाई ४८–१४ सेटले हरायो । खेलको उत्कृष्ट खेलाडी बिकेभिएमका गुणनन्द यादव घोषित भए ।

भलिबलको उपाधि चार स्कुललाई
भलिबलको जुनियर र सिनियर गरी चार स्कुलले उपाधि जितेको छ । जुनियरतर्फको छात्रातर्फको प्रथम बुढीगंगाको मोरङ पब्लिक स्कुल र जुनियर छात्रतर्फ विराटनगरको मोर्डन एरो स्कुलले जितेको छ ।
यसैगरी सिनियरतर्फ छात्रमा विराटनगरको कान्तिपुर कलेजले र छात्रातर्फ पथरीको एभरेष्ट स्कुल प्रथम भएको छ ।

फुटबलको उपाधि सनरे र हरैचा मोडललाई
मोरङको रंगेलीमा रहेको सनरे बोर्डिङ स्कुल र हरैचा मोडल स्कुलले फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
सनरेले जुनियरतर्फ र हरैचा मोडलले सिनियरबाट फुटबलको उपाधि जितेको हो ।
फाइनलमा सुन्दरहरैचाको सिदार्थ स्कुललाई २–० गोलले हराउँदै सनरेले फुटबलको उपाधि हात पारेको छ । जितको लागि सनरेको तर्फबाट जिवन यादव र अनुज खवासले गोल गरे ।


सिनियरमा टाइब्रकेरमा सेन्टजोसेफ स्कुललाई ५–४ गोलले हराउँदै हरैचा मोडलले फुटबलको उपाधि जितेको हो ।
निर्धारित समयसम्म गोलरहित खेल बराबारी भएपछि जितको छिनोफोना टाइब्रेकरबाट भएको थियो ।
जुनियरतर्फको बेस्ट गोलकिपर सनरेका इशान्त धिमाल, बेस्ट डिफेन्टर साहिल थारु, बेस्ट मिड फिल्डर जिवन यादव, बेस्ट फरवार्ड सिद्धार्थ स्कुलका प्रशान्त न्यौपाने भए । म्या अफ द म्याच सनरे स्कुलका अनोज खवास र बेस्ट कोचमा सनरे स्कुलका प्रशान्त खवास घोषित भए ।


माघ २६ देखि २८ गतेसम्म ससंचालन भएको प्याब्सन स्पोर्ट्स मिटमा जिल्लाभरीका २१० वटा प्याब्सनमा आवद्ध सदस्य विद्यालयबाट ३ हजार बढी विद्यार्थीहरूले एक दर्जन बढी प्रतियोगितामा भाग लिएको अध्यक्ष प्रेमलालसिंह सुवालले जानकारी दिए ।
बिजेता हुने विद्यालयलाई कार्यक्रमका प्रमुख अतिथ मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, राष्ट्रिय परीक्षा बोर्डका निर्देशक नरेन्द्र ढकाल, प्याब्सन कोशी प्रदेशका अध्यक्ष टिकारम ढकाल, प्याबसन मोरङको निर्वतामान अध्यक्ष सीतला सुब्बालगायतले पुरस्कार वितरण गरेका थिए ।

सम्बन्धित समाचार

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । समायोजन गरिएको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । निगमले डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुईका दरले वृद्धि गरेको हो ।...

सप्तकोशी नगरका पुल तथा कल्भर्ट धमाधम ढल्दै, थुप्रै जग्गा मरुभूमि बन्ने खतरा

विराटनगर, साउन ४–सप्तरीको सप्तकोशी नगरपालिकामा प्राबिधिक अनुगमन प्रभावकारी नहुँदा विकासे कामहरु गुणस्तरहित बन्दै गएका छन् । सप्तकोशी नगरपालिकाको वडा नं ४ र ११ मा बनेको पुल र कल्भर्ट क्वालीटि कन्ट्रोल र फितलो अनुगमनका कारण छोटो...

मन्त्रिपरिषद्ले गर्‍यो करछुटसहितका यी १३ निर्णय

काठमाडौं, १८ वैशाख-गत १४ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले अर्थ, श्रम, रोजगार, सामान्य प्रशासन र स्वास्थ्य क्षेत्रमा विभिन्न निर्णयहरू गरेको छ ।आज सार्वजनिक गरिएको निर्णयमा सार्वजनिक खरिद (दशौँ संशोधन) नियमावली, २०७७ स्वीकृत गर्ने निर्णय गरेको छ...

सबै जिल्ला प्रशासनलाई निषेधाज्ञाको अधिकार

काठमाडौं, २ भदौ-संघीय सरकारले काठमाडौं उपत्याकासहित सबै जिल्लाहरू जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्न सक्ने व्यवस्था गरेको छ । मन्त्रिपरिषद् बै्ठकको निर्णय सुनाउँदै अर्थमन्त्री डा. युवराज खतिवडाले स्थानीय प्रशासन ऐन,...

प्रधानमन्त्री‍ ओलीले डाके सर्वदलीय बैठक

काठमाडौं, १३ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो सर्वदलीय बैठक बोलाएका छन् । मंगलबार अपरान्ह ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सर्वदलीय बैठक डाकिएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले सर्वदलीय बैठक...

बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट बाँकेका दुई र दाङका एक जनाको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिए । उनका अनुसार नेपालगञ्ज...

थप २ सय ८८ जनामा कोरोना संक्रमण

काठमाडौं, २० जेठ-नेपालमा थप २ सय ८८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जसमध्ये २ सय ७० जना पुरुष छन् भने १८ जना महिला छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले...

ज्यान्सेन (जे एण्ड जे) खोप लगाएका व्यक्तिले पनि बुस्टर मात्रा लगाउन मिल्ने

काठमाडौं, ५ फागुन । ज्यान्सेन (जे एण्ड जे) खोप लगाएका व्यक्तिले पनि बुस्टर मात्रा लगाउन मिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रष्ट्याएको छ । जिल्ला-जिल्लाबाट पहिलो मात्रा लगाए पुग्ने जे एण्ड जे खोप लगाएकाले के गर्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्