प्रधानमन्त्री‍ ओलीले डाके सर्वदलीय बैठक - News Birat

प्रधानमन्त्री‍ ओलीले डाके सर्वदलीय बैठक

न्यूज विराट

काठमाडौं, १३ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो सर्वदलीय बैठक बोलाएका छन् । मंगलबार अपरान्ह ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सर्वदलीय बैठक डाकिएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको जानकारी दिए । सरकारले छुटेका भूमि समेटर नयाँ नक्सा सार्वजनिक गरेपछिको अवस्था, संविधान संशोधन, सीमालगायत विभिन्न विषयमा छलफलका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक डाकेको बताइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles