प्याब्ससन स्पोर्टस मिट : फुटबलमा सनरे र हरैचा मोडल स्कुल फाइनलमा

 न्यूज विराट
प्याब्ससन स्पोर्टस मिट : फुटबलमा सनरे र हरैचा मोडल स्कुल फाइनलमा

विराटनगर । प्याब्सन स्पोर्ट्स मिट अन्तर्गत प्याब्सन प्रेसिडेन्ट कप फुटबल प्रतियोगितामा मोरङको रंगेलीमा रहेको सनरे बोर्डिङ स्कुल र हरैचा मोडल स्कुल फाइनलमा पुगेको छ । सनरे स्कुल जुनियरतर्फबाट र हरैचा मोडल सिनियर तर्फबाट फाइनलमा पुगेको हो ।

जुनियरतर्फ विराटनगर जुटमिलको खेदमैदानमा शनिबार भएको पहिलो समेफिाइनल खेलमा ग्रामथान गाउँपालिकाको जनक मेमोरियल स्कुललाई २–० गोलले हराउँदै सनरे स्कुल फाइनलमा पुगेको हो । जितको लागि सनरेको तर्फबाट अनोज खवास र जिवन यादवले १ –१ गोल गरे । म्यान अफ द म्याच सनरेका अनोज खवास घोषित भए ।

यसैगरी सिनियरतर्फ शनिबार भएको पहिलो सेमिफाइनल खेलमा पथरीको भूपु सैनिक स्कुललाई २–० गोलले हराउँदै हरैचा मोडल स्कुल फाइलनमा पुगेको छ । हरैचा मोडलको तर्फबाट एलेन श्रेष्ठ र आकाश गिरीले १ –१ गोल गरे । म्यान अफ द म्याच हरैचा मोडलका एलेन श्रेष्ठ घोषित भए ।

अहिले सेनिय र जुनियरतर्फको दोस्रो सेमिफाइनल खेलहरु विराटनगर जुटमिलको खेलमैदानमा भइरहेको छ ।

सम्बन्धित समाचार

अहिले चलिरहेका परीक्षाहरु रोकिँदैन: त्रिभूवन विश्वविद्यालय

काठमाडौं, २६ पुस । त्रिभुवन विश्वविद्यालयले अहिले चलिरहेका परीक्षाहरु नरोकिने बताएको छ । त्रिविका कार्यकारी सचिव सूर्य अधिकारीले हाल भइरहेको परीक्षा नरोकिने जानकारी दिए । ‘अहिले भइरहेको परीक्षा रोकिँदैन । स्नातक चौथो वर्ष लगायतको परीक्षा अन्तिम...

गोर्खा अफिसरले भेटाए गल्ती, अक्षय कुमारले मागे माफी

काठमाडौं , १ कात्तिक । गोर्खा फिल्म बनाउने घोषणा गरेका बलिउड अभिनेता अक्षय कुमार पछिल्लो केही दिनयता चर्चामा छन् । उनले हालै गोर्खा फिल्म बनाउने घोषणा गरेका थिए । फिल्म ‘अंतरंगी रे’ र ‘रक्षाबन्धन’पछि अभिनेता अक्षय...

म्यान अफ द म्याच हुने खेलाडीलाई क्यूआरबाट भुक्तानी

विराटनगर । राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा म्यान अफ द म्याच हुने खेलाडीलाई क्युआरबाट भुक्तानी गर्ने भएको छ । आयोजक मोरङ जिल्ला क्रिकेट संघ र एनआइसी एशिया बैंक बीच प्रतियोगितामा म्यान अफ द म्याच हुने खेलाडीहरुलाई...

निर्वाचन आयोगले सोध्यो कुलमान घिसिङलाई स्पष्टिकरण

काठमाडौं, बैशाख १ । नेपालबिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टिकरण सोधिएको छ । कार्यकारी निर्देशक घिसिङलाई माओवादी केन्द्रको चुनावी प्रचारमा लागेको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हो । निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै...

मेयर कोइरालाकै घरमा चल्यो डोजर, विराटनगरमा अवैध संरचना हटाउन थालियो

विराटनगर । विराटनगर महानगरपालिकाले बजार क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाउने अभियान सुरु गरेको छ ।अभियानको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको घरबाटै सुरु गरिएको छ । विराटनगर–९ जलजला रोडस्थित कोइरालाले भाडामा लगाएका पसल सञ्चालकले सटर...

अन्तर–स्कुल क्रिकेट प्रतियोगिता, कोशी र अरनिको स्कुल क्वाटरफाइनलमा

विराटनगर । विराटनगरको वैजनापुर क्रिकेट मैदानमा जारी अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा कोशी मोडेल स्कुल र अरनिको स्कुल विजयी भएका छन् । सोमबार भएको पहिलो खेलमा कोशी मोडेलले राइजिङ नेपाललाई ८ विकेटले पराजित गरेको छ । टस...

राससलाई बलियो बनाउन प्रदेश सरकारको सहयोग

विराटनगर, असार ५–प्रदेश नं.१ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय समाचर समिति(रासस)लाई बलियो बनाउन प्रदेश सरकार सहयोग गर्ने बचन दिएका छन् । रासस प्रदेश नं.१ कार्यालय विराटनगरको आज नरीक्षण एवं वृक्षरोण गर्दै...

विराटनगरको बाल सुधार गृहदेखि फरार चार मध्ये एक जना पक्राउ

विराटनगर, १२ असार । विराटनगरस्थित बाल सुधार गृहदेखि फरार भएका चार जना बालक मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तीन तलामाथिबाट हाम फालेर फरार भएका मध्ये एक जनालाई प्रहरीले विराटनगरको दूध फारमदेखि शनिबार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्