पूर्व प्रधानन्याधिशहरुले भ्रम सृजना गर्न खोजे:मन्त्री ज्ञवालीले - News Birat

पूर्व प्रधानन्याधिशहरुले भ्रम सृजना गर्न खोजे:मन्त्री ज्ञवालीले

न्यूज विराट

विराटनगर, २५ पुस-पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पूर्व प्रधानन्याधिशहरुको संगठित व्यक्तव्यबाजी जर्बरजस्त भ्रम सिर्जना गर्न जारी भएको आरोप लगाएका छन् ।

बुद्धीजीवी परिषद् मोरङले विराटनगरमा आयोजना गरेको वर्तमान राजनीतिक परिस्थिति विषयक अन्तरक्रिया कार्यक्रममा नेकपा ओली समूहका प्रवक्ता समेत रहेका ज्ञवालीले दवाव र प्रभावमा पार्ने गरि सार्वजानिक व्यक्तव्य संविधानले तोकेको जिम्मेवारी भन्दा बाहिरबाट आएको समेत बताए ।

मानव अधिकार आयोगको अध्यक्ष बाहेक संगठित रुपमा कुनै जिम्मेवारी नपाउने पूर्वप्रधानन्याधिशहरुको वक्तव्यबाजी अदालती प्रक्रियालाई प्रभावित पार्ने योजनामा आएको समेत मन्त्री ज्ञवालीको भनाई छ । उनले राजनीतिक परिवेश यस स्थानमा आउनुका कारण धेरै कोणबाट सिर्जना भएको बताउँदै जनादेशमा जाने कुराले लोकतान्त्रिक विधि र प्रक्रियालाई बलियो बनाउने दावी गरे ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले जनता र पार्टीबीचको सम्बन्धलाई सुदृढ गर्दै शक्तिशाली कम्यूनिष्ट पार्टी गठन गर्न सफल प्रधानमन्त्री विरुद्ध इतिहासमा असफल भईसकेका आफ्नै दलका नेताहरुले मोर्चाबन्दी गरेको आरोप लगाए ।

नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने प्रधानमन्त्रीको योजना समेत सफल हुन नदिने गरि षड्यन्त्र भएको उनले बताए । कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पुष्पकमल दाहालको पार्टी फुटाउ र शासन गर नियतका कारण कम्युनिस्ट पार्टी विभाजनको दिशामा गएको बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles