भौतिक विकासलाई भन्दा मानवीय विकासलाई प्राथमिकता : मुख्यमन्त्री कार्की

 न्यूज विराट
भौतिक विकासलाई भन्दा मानवीय विकासलाई प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले साना सडक, मन्दिर र सामुदायिक भवनको योजना काटेर १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार गर्नु अपराध हो भन्दै प्रश्न गरेका छन् ।

झापाको शिवसताक्षी गाउँपालिका ३ पाराबारीमा मुख्यमन्त्रीसँग योजना र विकाससम्वन्धी जनता संवाद कार्यक्रममा उनले मुख्यमन्त्रीसम्म वडामात्रै नभई टोलटोल र घरघरका सदस्यहरूको समेत पहुँच हुनुपर्ने मान्यताका साथ जनतासँगको संवाद कार्यक्रममा प्राथमिकताका साथ उपस्थित भएको बताएका हुन् ।

‘यसअघि प्रदेश सरकारका एक मन्त्रीले सेकुवा हाउसको उद्घाटन गरेको भन्दै आलोचना भइरहेको हेर्दा अचम्म लागेको छ,’ उनले भने, ‘सेकुवा हाउस सञ्चालनले स्थानीयस्तरमा आर्थिक गतिविधि, रोजगारी सृजनाका साथै आय आर्जन वृधि हुने कामलाई प्रदेश सरकारले प्रोत्साहन गर्नु अपराध हो ? प्रदेश सरकारले प्रदेशवासीले गर्ने हरेक रोजगारी र आय आर्जन हुने कामको प्रोत्साहन गर्छ ।’

लोककल्याणकारी प्रदेश निर्माणका लागि भौतिक विकासलाई भन्दा मानवीय विकासलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम अघि बढाएको मुख्यमन्त्री कार्कीले बताएका हुन् । ‘प्रदेशभरिका गाउँ र टोलका मन्दर, सामुदायिक भवन, साना सडकलगायतका २५ लाखमुनिका योजना काटेर १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार, शैलजाल आचार्य हृदयरोग केन्द्र विराटनगरको सञ्चालन जस्ता काम गरेको छु,’ उनले भने, ‘आर्थिक अभावमा उच्चशिक्षा चिकित्सक, इञ्जिनियर, वकिल, विज्ञान, व्यवस्थापन र प्रत्येक पालिकाका एक जनालाई पशु र एक जनालाई कृषि प्राविधिक अध्ययनका लागि छात्रवृतिको व्यवस्था गरेको छु, के त्यो अपराध भयो ? यदी अपराध भयो भने होस् । विपन्न गरिवको पनि प्रदेश हो भन्ने स्थापित गराउँछु ।’

उक्त संवाद कार्यक्रममा प्रदेश सांसद राधाकृष्ण खनाल, शिवसताक्षी वडा ३ का वडा अध्यक्ष भास्कर न्यौपानेलगायतका स्थानीय नेता, कार्यकर्ता तथा स्थानीयवासीले प्रदेश सरकारले साना योजना कटौति गरेको भन्दै गुनासो पोखेका थिए । उक्त कार्यक्रममा स्थानीयवासीले आ(आफ्ना टोल, समुदायमालआवश्यक योजनाहरूसमेत मुख्यमन्त्री कार्कीलाई लिखित रूपमा बुझाएका थिए ।

उक्त कार्यक्रमको अवसरमा स्थानीय ६ जना महिला स्वास्थ्य स्वयम् सेविकालाई साइकल वितरणका साथै वडा कार्यालयले सञ्चालन गरेको सिलाई, कटाई तालिमको समेत मुख्यमन्त्री कार्कीले अबलोकन गरेका थिए ।

सम्बन्धित समाचार

कोभिड–१९ : प्रदेश २ मा १ सय ५९ को परीक्षण, ४६ जनाको रिपोर्ट आउँदै

प्रदेश नं २ मा कोरोना भाइरसको स्वाब परीक्षण नमूना जाँच गरिएका १ सय ५९ मध्ये १ सय १३ को नतिजा नेगेटिभ आएको छ ।कोभिड–१९ को रोकथामका लागि भएका प्रयत्नको जानकारी दिँदै प्रदेश नं २ को...

उपत्यकामा खटिएका २ प्रहरीमा कोरोना पोजिटिभ 

काठमाडौं, ७ जेठ-उपत्यकामा खटिएका नेपाल प्रहरीको सुरक्षाकर्मीलाई पहिलो पटक कोरोना भाइरस देखिएको छ । बुधबार महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत २ जना प्रहरीलाई कोरोना देखिएको हो । २ दिनअघि कोरोना परीक्षणका लागि दिएका स्वाबमा प्रहरी...

राष्ट्रपतिले गौतमलाई भनिन् : विगतमा जस्तै भूमिका खेल्ने समय आयो

काठमाडौं १८ कात्तिक-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । राष्ट्रपति भण्डारीले नेकपाभित्र देखिएको विवादका विषयमा चासो राख्दै उपाध्यक्ष गौतमलाई शीतल निवास बोलाएकी हुन्।...

चुनाव जित्नै लाग्दा पौडेल पक्षका उम्मेदवार कुटिए

गृहमन्त्री बालकृष्ण खाँणको गृहजिल्ला रुपन्देहीमा संस्थापन इतर समूहका कांग्रेस नेता कार्यकर्तामाथि आक्रमण भएको छ । १४ औं महाधिवेशन अन्तर्गत प्रदेशसभा क्षेत्रीय निर्वाचनको मतगणनामा वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट प्यानलले अग्रता लिएपछि अर्को पक्षले मतगणनास्थलमा आक्रमण गरेको...

नेकपा विवाद सचिवालय बैठकमा लैजाने

काठमाडौं, १५ कात्तिक-सत्तारूढ नेकपाभित्र बढ्दै गएको विवाद सचिवालय बैठकबाट टुंगो लगाउने भएको छ । शनिबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्तामा सचिवालय बैठक बोलाएर हाल देखिएका समस्याका विषयमा...

एम्बुलेन्स देख्ने वितिकै छिः छिः दुरदुर गर्छन : एम्बुलेन्स चालक

पथरी, जेठ २०–‘हामी एम्बुलेन्स चालक दिनरात नभनी खटिइराखेका छौँ । हामीले कुन विरामी कस्तो भनेर कसैलाई भेदभाव गर्दैनौँ तर यो लकडाउनको समयमा हामीले पानी पनि किनेर खान्छु भन्दा होटलवालले दिँदैनन् ।’ यस्तो समस्या एकजना एम्बुलेन्स...

कास्की कारागारमा १ कैदीको मृत्यु

कास्की कारागारका १ कैदीको मृत्यु भएको छ । जबरजस्ती करणी अपराधमा कास्की कारागारमा कैद सजाय मुक्तान गरिरहेका पोखरा महानगरपालिका-१८ सराङकोटका ४५ वर्षीय शुनील नेपालीको शनिबार मृत्यु भएको हो । खाना खाँदा खाँदै अचानक बेहोस भएर...

मोरङको सुनवर्षीमा कांग्रेसको अग्रता

विराटनगर, ३१ वैशाख । मोरङको सुनवर्षी नगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता कायम गरेको छ । हालसम्म वडा नम्बर १ को ३६८ मतगणना हुदा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार यज्ञबादुर कार्कीले १५६ मत प्राप्त गर्दै झिनो मतले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्