वी – डिभिजन क्रिकेट प्रतियोगिता : मिल्स र वेलबारी विजयी
बिहिबार, १८ माघ, २०८०,
न्यूज विराट
विराटनगर । मोरङ जिल्ला स्तरीय वी – डिभिजन क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा विराटनगरको मिल्स क्रिकेट क्लव र बेलबारी विजयी भएको छ । विराटनगरको वैजनाथ क्रिकेट मैदानमा बिहीबारबाट सुरु भएको प्रतियोगितामा मिल्सले कटहरी राइजिङ क्रिकेट क्लवलाई २ रनले पराजित गरेको हो । टस जितेर ब्याटिङ गरेको मिल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ११ रन बनाएको थियो । जसमा अभय कुर्मीले २४ रन पारी खेल्दा पृथ्वी सुब्बाले १८ रनको योगदान दिए । कटहरीका नितेश सहनी र राहुल मण्डलले २–२ विकेट लिए । १ सय १२ रनको विजयी लक्ष पछ्याएको कटहरीले निर्धारित ओभरमा ५ विकेट गुमाई १ सय ९ रन बनायो । मिसका आयुस श्रेष्ठ र रुपेश केतवालले २–२ विकेट लिए । पहिलो खेलको म्यान अफ द म्याच कटहरीका सुनिल यादव घोषित भए । उनले अविजित ५२ रनको योगदान दिएका थिए ।
दोस्रो खेलमा वेलबारी क्रिकेट क्बलले मेरिल्याण्ड क्रिकेट क्लव विराटनगरलाई ७ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको वेलबारीले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय १३ रन बनाएको थियो । जसमा शंकर तामाङले २५ रन बनाउँदा प्रवि खडकाले १८ रन जोडे । विराटनगरका विवेक झाले ३ विकेट लिँदा शशिशेखर झले पनि ३ विकेट लिए । १ सय १४ रनको विजयी लक्ष पछ्याएको विराटनगरले निर्धारित ओभरमा ९ विकेट गुमाई १ सय रन बनायो । जसमा कृष्ण देवले सर्वाधिक २९ रनको योगदान दिए । निश्चल बुढाथोकीले २–२ विकेट लिए । खेलको म्यान अफ द म्याच वेलबारीका रविन खड्का घोषित भए ।
विराटनगर । नेवाः देय् दबू मोरङको अध्यक्षमा थर्कमान श्रेष्ठ निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको चौथो जिल्ला अधिवेशनबाट थर्कमानले ८२ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धाी ओम प्रकाश श्रेष्ठले ५७...
विराटनगर, २३ असोज–विश्वव्यपी माहामारिका रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ का बिच पनि रोटरी क्लब अफ विराटनगर डाउन टाउन सामाजिक कार्यमा अग्रसर बन्दै आएको छ । नियमित विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर...
काठमाडौं, ९ जेठ-सरकारले नेपालको नयाँ नक्सा कार्यान्वन गराउनका लागि संविधान संशोधन गर्ने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधन गरेर नयाँ नक्सालाई कार्यान्वनमा ल्याएर सम्पूर्ण सरकारी कार्यालयमा औपचारिकता दिने...
विराटनगर, फागुन २२–विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाईरसको उच्च जोखिममा समावेश गरेपछि मुलुकभर यतिबेला ‘मास्क’ को कृतिम अभाव सृजना भएको छ । कोरोना भाइरस संक्रमणबाट बच्नका लागि सतर्कता अपनाउँदै सवैले ‘मास्क’ को प्रयोग गर्न थालेपछि...
विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङले विराटनगरमा वडा दसैँ, शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । विराटनगरस्थित होटेल रुविजमा आइतबार एक कार्यक्रम आयोजना गरी दसैँ, दीपावली...
तनहुँ, ३० चैत-१८ दिनयताको ‘लकडाउन’का कारण जिल्लाको भानु नगरपालिका–१ को गन्धर्व बस्तीमा खाद्य वस्तु अभाव भए पनि अझै राहत पुग्न सकेको छैन । आर्थिक अवस्था कमजोर भएका सो समुदायका २५ घरपरिवार राहतको पर्खाइमा छन् ।...
काठमाडौं, जेठ २९-विशाक्त मदिरा सेवन गरी मृत्यु भएकाको परिवारका सदस्यलाई केन्द्रीय सरकारले क्षतिपूर्ति दिने भएकोछ । गृह मन्त्रालयको सिफारिसमा विषादी युक्त मदिरा सेवन गरी ज्यान गुमाएका महोत्तरी जिल्लाका १२ जनाको परिवार सदस्यलाई २ लाखका दरले...
बम तथा विस्फोटक पदार्थ प्रयोग गरेर मानिस मारेको आरोप लागेर पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मोहम्मद अफताव आलमलाई थुनामुक्त गराउन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । सुष्मालता माथेमा र नहकुल...