मानव सेवा आश्रममको भवन निमार्णमा समाजसेवी गोयलद्धारा ५ लाख ११ हजार सहयोग

 न्यूज विराट
मानव सेवा आश्रममको भवन निमार्णमा समाजसेवी गोयलद्धारा ५ लाख ११ हजार सहयोग

विराटनगर । विराटनगरस्थित मानव सेवा आश्रमको भवन निमार्णको लागि समाजसेवी उद्योगी दिनाबन्धु गोयलले ५ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेका छन् । आश्रममा मंगलबार एक कार्यक्रम आयोजना गरि भवन निमार्णको लागि गोयलले आर्थिक सहयोग गरेका हुन् ।

विराटनगर महानगरपालिका ५ मा २३ करोडको लागतमा सुविधा सम्पन्न भवन निर्माण भइरहेको छ । उक्त भवनको एउटा कोठा निमार्णको लागि गोयलले आर्थिक रकम सहयोग गरेका हुन् ।

सोही अवसरमा गोयलले आश्रममा रहेका असाय ज्येष्ठ नागरिकहरुलाई एक महिना सम्म पुग्ने खाद्यान्न पनि बितरण गरेका छन् । उनले आश्रममा ३१ बोरा चामल बितरण गरेका हुन् । त्यसैगरी मंगलबार एक छाकको भोजन पनि समाजसेवी गोयलले ज्येष्ठ नागरिक र बालवालिकाहरुलाई खुवाएका छन् ।


समाजसेवी गोयलले बाचुनजेल सामाजिक कार्यलाई निरन्तरा दिएर अगाडी बढने बताए । ‘पहिले आउँदा निकै बिचलित भएको थिएँ । भवन निर्माण गर्दा एउटा कोठा दिने प्रतिबद्धता गरेको थिए । त्यो अहिले आएर पुरा गरेको छु,’ उनले भने, ‘जन्मेपछि सबैथोक छोडेर जानुपर्ने रहेछ । त्यसैले पनि अहिले कमाईको ९० प्रतिशन देशभरी सेवामा खर्चिरहेको छु ।’ दुई दिनमा १५ लाख जति सहयोग बाँडिसकेको उनले सुनाए । ‘यसरीनै बाँचुन्जेल बाँड्न पुगोस्,’ उनले भने ।
कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले मानवसेवा आश्रमको व्यवस्थापनको लागि महानगरले पनि हेर्ने बताइन् । ‘महानगरको दायित्व भएपनि सबैको साथ सयहोगले आश्रम चलेको छ । सकेको साथ सहयोग गरेर अगाडी बढनुपर्छ,’ उनले भनिन् ।


मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले राज्यले गरिनुपर्ने काम समुदाय स्थरबाट साथ सहयोगले असायहरुको लागि मानवसेवा आश्रम चलेको बताए । राज्यले नसक्दा दाताहरूबाट सेवामा सबै जुट्नु पर्ने उनले बताए । कार्यक्रममा बोल्दै भवन निमार्ण समितिका संयोजक लिला ढुंगेलले समाजसेवी गोयल सेवाको नमूना व्यक्ति रहेको बताए । उदारता र मनकारी भावले अहिलेसम्म साथ सहयोग गरेको बताए ।

सम्बन्धित समाचार

झण्डै ६ महिनादेखि थन्किएका सवारी साधन आजदेखि सञ्चालनमा आउँदै

काठमाडौं,  १ असोज-झण्डै ६ महिनादेखि थन्किएका मध्यम र लामो दुरीका सवारी साधन आजदेखि सञ्चालनमा आउने भएका छन् । कोरोना भाइरसको महामारीका कारण गत ११ चैतमा देशव्यापी लकडाउन गरिएपछि यातायात सेवा ठप्प थियो ।  ६ महिना...

मानवअधिकार समितिको निर्देशन : एकल महिलाको भत्ता कटौती नगर्नू

काठमाडौं, १२ जेठ-प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिले एकल महिलाहरूले खाइपाइ आएको भत्ता कटौती नगर्न सरकारलाई निर्देशन दिएको छ । एकल महिलाले ६० वर्ष पुगेपछि मात्रै भत्ता पाउने प्रावधान सरकारले लागु गरेपछि समितिले चालु अधिवेशनबाट...

घूस माग्ने विद्युत् प्राधिकरणका सुपरभाइजरविरुद्ध मुद्दा

काठमाडौं, १ जेठ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्रका इलेक्ट्रिकल सुपरभाइजर कैलाशप्रसाद दाहालविरुद्ध मुद्दा दायार गरेको छ । अख्तियारले बिहीबार विशेष अदालतमा उनीविरुद्धको मुद्दा दायार गरेको हो । रत्नपार्क वितरण केन्द्रका इलेक्ट्रिकल...

कोरोनाको नमुना परीक्षणको दायरा बढाउँदै

सरकारले कोरोना भाइरसको नमुना परीक्षणको दायरा बढाउँदै लगिएको जनाएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले कोरोना भाइरसको नमुना परीक्षणलाई तीव्रता दिएको बताएका हुन् । उनले नेपालमा कोरोना भाइरसको रोकथामबारेको मिडिया ब्रिफिङका क्रमाम यस्तो...

आज विजयादशमी

काठमाडौं,  १० कात्तिक-हिन्दूहरुको महान पर्व बडादशैंको मुख्य दिन आज विजयादशमी, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको...

कोरोना महामारीबीच स्पेनमा विपक्षीद्वारा सरकारविरोधी प्रदर्शन

एजेन्सी, जेठ ११-कोरोना भाइरसको महामारीबीच स्पेनमा सरकारविरोधी प्रदर्शनमा हजारौंले सहभागिता जनाएका छन् । कोरोना भाइरसको महामारी नियन्त्रणमा लिन सरकारले गरेको प्रयास पर्याप्त तथा उपयुक्त नभएको भन्दै विरोध प्रदर्शन भएको हो । विपक्षी भक्स पार्टीले देशका...

समाजवादी र राजपाबीच एकीकरण

काठमाडौं, १० बैशाख-समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच पार्टी एकीकरण गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ । दुवै पार्टीका शीर्ष नेताहरुबीचको लामो छलफलपछि बुधबार अबेर राति पार्टी एकीकरणको टुंगो लागेको हो । सरकारले पार्टी केन्द्रीय...

एसईईको प्रश्नपत्र नष्ट गरिने

माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्र नष्ट गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले प्रश्नपत्र नष्ट गर्ने निर्णय गरेको हो । गत ६ चैतका लागि तोकिएको परीक्षा कोभिडका कारण स्थगित गरिएको थियो । बोर्डका सदस्य-सचिव दुर्गा अर्यालले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्