बूढीगङ्गामा मतगणना सुरु
बाजुरा, २४ असार । बाजुराको बूढीगङ्गा नगरपालिकामा हिजो भएको पालिका चुनावको मतगणना सुरु भएको छ ।बिहान ८ बजेदेखि नै मतगणना सुरु गर्ने भनिए पनि ढिलाइ भएको थियो । अहिले शान्तिपूर्ण रुपमा मतगणना भइरहेको निर्वाचन अधिकृत...
आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान १० बजेर ११ मिनेटमा रहेको जनाएको छ ।
विजयादशमी आफैंँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उनले बताए । ‘राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभसाइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ,’ धर्मशास्त्रविद् प्रा.डा.गौतमले भने ।
आज विजयादशमीको दिन चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्छ । टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने अध्यक्ष गौतमले बताए ।
आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाइन्छ । जमराले विभिन्न रोगव्याधिमा औषधिको रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ ।
कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले जमराको रस सेवन गर्नाले रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सकको भनाइ छ । घटस्थापनामा स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादसैंकै सबैभन्दा महत्वपूर्ण दिन हो ।
सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले असत्यको प्रतीक रावणमाथि आजकै दिन विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ ।
आजकै दिन मौर्यसम्राट् अशोकले शस्त्रास्त्र परित्याग गरेकाले बौद्धहरु शस्त्रपरित्याग दिवस मनाउँछन् । गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।
आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिंँड्ने मानिसको बाटामा भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण सुरक्षित हुनुपर्नेछ । मान्यजनसँग आशीर्वाद लिन जाँदा तिनैलाई जोखिममा नपार्ने गरी सचेतता अपनाउन समितिले आह्वान गरेको छ ।
बाजुरा, २४ असार । बाजुराको बूढीगङ्गा नगरपालिकामा हिजो भएको पालिका चुनावको मतगणना सुरु भएको छ ।बिहान ८ बजेदेखि नै मतगणना सुरु गर्ने भनिए पनि ढिलाइ भएको थियो । अहिले शान्तिपूर्ण रुपमा मतगणना भइरहेको निर्वाचन अधिकृत...
विराटनगर । विराटनगरमा मुख्य कार्यालय रहेको सप्तकोसी विकास बैंक घोटाला प्रकरणमा बैंकका तत्कालीन सीईओ नवीन सुवेदीसहित ३ जनालाई थुनामा राख्न उच्च अदालत विराटनगरले दिएको आदेश सर्वोच्च अदालतले पनि सदर गरेको छ ।सुवेदीसहित बैंकका तत्कालीन लेखा...
विराटनगर । कोशी प्रदेशका सभामुख बावुराम गौतम र विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालासहित ५४ जनाले मृत्युपश्चात अंग दान गर्ने घोषणा गरेका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र इष्टपोल मिडिया प्रालिको आयोजनामा विराटनगरमा...
विराटनगर, चैत ११–पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले आफुले प्राप्त गर्ने १ महिनाको तलब मात्र नभएर कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरकार र पार्टीले गर्ने जस्तोसुकै निर्णय पनि कार्यान्वय गर्ने बताएका छन् । सञ्चारकर्मीहरुसँग...
विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले नेपाल पत्रकार महासंघ प्रदेश नम्बर १ का पत्रकारहरूको उपचार निःशुल्क र विभिन्न सेवाहरुमा छुटसहितको स्वास्थ्य सेवाहरुमा सहुलियत दिएको छ । अस्पतालले पत्रकारको उपचारमा सहुलिए दिएपछि न्यूरो र...
काठमाडौँ — पशुपतिनाथको ज्योतिर्लिङ्गमा राख्न बनाइएको जलहरीमा समेत सुन हिनामिना भएको विषयमा अख्तियारले मुद्दा दर्ताको तयारी गरेको छ । ८० करोडको सुन खरिदमा अनियमितता भएको प्रमाणसहित विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी भएको हो । पशुपतिनाथ मन्दिरमा...
विराटनगर । विराटनगर–१४ मलायरोडमा अवस्थित काठमाण्डौं विश्वविद्यालयको साझेदारी कार्यक्रमको रुपमा सञ्चालित एस्पायर कलेजले भर्ना भएका नयाँ विद्यार्थीहरुलाई अभिमुखकरण गराएको छ । शैक्षिक सत्र २०२३ मा बि.पि.एच. तथा बि.टेक.एड.आईटीमा भर्ना भएका ६१ जना नयाँ विद्यार्थीहरुलाई इटहरीस्थित...
बाँके, २२ वैशाख -नेपालगञ्जमा १५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यहाँस्थित भेरी अस्पतालको आरटी पीसीआर यन्त्रमा परीक्षणका क्रममा आइतबार मात्रै १४ जनामा कोरोना संक्रमण देखिएको हो । यसअघि कोरोना संक्रमण देखिएका व्यक्तिलाई पछ्याउँदै जाँदा...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.