एनसीडिए मोरङको अध्यक्षमा देशबन्धु ढकाल निर्वाचित, कसले कति पाए मत ?

 न्यूज विराट
एनसीडिए मोरङको अध्यक्षमा देशबन्धु ढकाल निर्वाचित, कसले कति पाए मत ?

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए ) मोरङको अध्यक्षमा देशबन्धु ढकाल भारी मतअन्तरले निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको संघको दोस्रो जिल्ला अधिवेशनबाट ९२ मत अन्तरले हराउँदै अध्यक्षमा ढकाल निर्वाचित भएका हुन् ।

२१३ मत ल्याएर ढकाल अध्यक्षमा निर्वाचित हुँदा उनका प्रतिस्पर्धी सुदिनध्वज श्रेष्ठ १२१ मत मात्र प्राप्त गरे । पहिलो निर्वाचिनमा पनि ढकालले उपाध्यक्षमा श्रेष्ठलाई पराजित गरेका थिए । अध्यक्षका उम्मेदवार श्रेष्ठलाई नेपाल औषधी व्यवसायी संघ कोशी प्रदेशका अध्यक्ष कुमार खतिवडाको समर्थन रहेका थिए ।

स्वच्छ, मर्यादित र निष्पक्ष रुपमा व्यवसाय संचालन गरि व्यवसायिहरुको हकहितमा अवरात खटिएको कारणले ढकालले अत्याधिक मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै अध्यक्ष ढकालले औषधी व्यसायीहरुलाई एक ढिका बनाएर सधै व्यवसायीहरुको हकहितमा लागि पर्ने बताए । अध्यक्षमा निर्वाचित भएका ढकाल म्यान अफ द इलेक्सन पनि भए । उनले सर्वाधिक मत ल्याएर अध्यक्षमा नर्वाचित भए । उनी यसअघि पनि उपाध्यक्षमा सर्वाधित मत ल्याएर निर्वाचित भएका थिए ।

यसैगरी वरिष्ठ उपाध्यक्ष हरीराज रेग्मी निर्वाचि भए । रेग्मीले १९४ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी विनोद कुमार यादवले १३७ मत मात्र ल्याए । वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका रेग्मी ढकाल समूहका हुन् । यसैगरी गरि खुद्रा उपाध्यक्षमा मुकेश श्रिवास्तव निर्वाचित भए । श्रिवास्तवले १८१ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी पुष्प पोखरेल १४३ ल्याए । यसैगरी महासचिबमा अरुण कुमार ठाकुर निर्वाचित भए । ठाकुरले १९० मत ल्याएर माहासचिबमा निर्वाचित हुँदा उनका प्रतिस्पर्धी प्रकाश धिमालले १४३ मत पाए ।

कोषाध्यक्षमा मनोज कुमार मण्डलले १७८ मत ल्याएर निर्वाचि भए । उनका प्रतिस्पर्धी बेद बहादुर थापा (गणेश) ले १५७ मत पाए । सचिबमा सरीता चौधरीले २०१ मत ल्याएर निर्वाचित भइन् । उनका प्रतिस्पर्धी सुदन पौडेलले १३२ मत पाए । सहकोषाध्यक्षमा राजकुमार यादवले १९६ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी तुलासा विश्वकर्माले १३९ मत ल्याए । थोक उपाध्यक्षमा जितु रजक निर्विरोध निर्वाचित भए । ढकाल समूहबाट उम्मेदवारी दिएका अनिल चौधरी शर्माले ढकाल समुहलाई धोका दिदै उम्मेदवारी दर्ता गरेपछि अन्तिम समयमा आएर फिर्ता लिएपछि रजक निर्विरोध भएका हुन् ।
एनसीडिका प्रदेशका अध्यक्षसहितका पदाधिकारीले शर्मालाई आगमी निर्वाचनमा एनसीडिएको प्रदेशमा लैजाने प्रतिवद्धता जनाएपछि अन्तिम समयमा आएर उम्मेदवारी फिर्ता लिएका हुन् । त्यसपछि रजक सर्वसम्मत भए ।

यसैगरी खुद्रा सदस्यमा सुनिल कुमार चौधरीले १९२ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी शंकर यादवले १४२ मत पाए । यसैगरी थोक सदस्यमा राजेश कुमार मण्डलले २०८ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी अन्जु बस्नेतले ९७ मत ल्याए । यसैगरी सदस्यहरुमा अरविन्द्र कुमार मण्डलले १९०, गौरव प्रसाद साहले १५५, किरण कुमार चौधरीले १८१ मत ल्याएर निर्वाचित भए ।

४ सय १५ मत रहेको एनसीडिए मोरङमा ३ सय ५५ मत खसेको थियो ।

सम्बन्धित समाचार

युवाको क्षमता बढाउन जेसीजको भूमिका महत्त्वपूर्ण

विराटनगर । जेसीजले समाजमा रहेका युवालाई अघि बढाउन र उनीहरूको क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको एक कार्यक्रममा सहभागीहरूले बताएका छन् ।विराटनगर जेसीजले जेसीज सप्ताह कार्यक्रम अन्तर्गत बिहीबार चौथो दिनको कार्यक्रम ‘प्रहरी सँग जेसीजका युवा’...

डब्लुएचओलाई दुई अर्ब अमेरिकी डलर दिने चीनको घोषणा

एजेन्सी, जेठ ६-विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई चीनले दुई अर्ब अमेरिकी डलर सहयोग प्रदान गर्ने भएको छ । सो रकम दुई वर्षभरीमा कोरोना भाइरस विरुद्ध लड्नका लागि प्रदान गर्ने निर्णय भएको चिनियाँ राष्ट्रपति सी जिनपिङले...

नियामकलाई छल्न खोज्ने एनआईसी एसिया राष्ट्र बैंकको फन्दामा

काठमाडौं, १० माघ । एनआईसी एशिया बैंकको बोनस शेयर वितरणमा रोक लगाइएको छ । गत मंसिर पहिलो साता नै एनआईसी एशिया बैंकले वार्षिक साधरणसभा डाक्नुपहिले फाइल स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाएको थियो । तर, राष्ट्र...

कोरोना सन्त्रासबीच भाइरल ज्वरोका बिरामी बढे

झिमरुक, १ वैशाख-प्युठान अस्पताल बिजुवारमा मौसममा भएको परिवर्तनसँंगै भाइरल ज्वरोका बिरामी बढ्दै छन् । अस्पतालमा उच्च ज्वरो र रुघाखोकीका बिरामी आउने गरेको अस्पतालले जनाएको छ । कोभिड–१९ को संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका समयमा भाइरल...

उद्योग वाणिज्य महासंघ कोसीको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित 

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सम्पन्न प्रदेश अधिवेशनबाट राउत निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले दिएको जानकारीअनुसार महासंघको उपाध्यक्षमा...

प्रदेश १ मा ३३ संक्रमित थपिए, १४ डिस्चार्ज

विराटनगर, १ साउन–प्रदेश १ मा आज ३३ जना कोरोना संक्रमित थपिएका छन् । ओखलढुङ्गामा १५, इलाममा ६, झापा र सुनसरीमा ४÷४, मोरङमा ३ र उदयपुरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।...

म्याग्दी पहिरोमा पुरिएर २ जनाको मृत्यु

म्याग्दी, २८ जेठ-म्याग्दीको रघुगङ्गा गाउँपालिका-६ रायखोरमा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ । ५० वर्षीया हमाया शेरपुञ्जा र ४ वर्षीया सिम्रन छन्त्यालको पहिरोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी...

मकालु एभरेष्ट हस्पिटलमा विरामीका लागि सहज, घरमै पुगेर नमूना संकलन

विराटनगर । विराटनगरस्थित मेट्रो न्यूरो ट्रमा एण्ड मल्टिस्पेशलिटी हस्पिटल प्रा. लि. द्वारा संचालित मकालु एभरेष्ट हस्पिटलमा विरामीको सहजको लागि ‘होम कलेक्सन सेवा’ सुरू गरेको छ । कुनै पनि विरामीको ल्याबमा स्वास्थ्य परीक्षण गरिनु परे हस्पिटलले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्