बभनाडोभ कृषि सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न, चार जना सम्मानित
शनिबार, २८ पुष, २०८०,
न्यूज विराट
विराटनगर । सुनवर्षी नगरपालिका–३ स्थित बभनाडोभ कृषि सहकारी संस्था लिमिटेडको आठौँ साधारणसभा सम्पन्न भएको छ । शुक्रबार अध्यक्ष लक्ष्मण बुढाथोकीको अध्यक्षतामा र सुनवर्षी नगरपालिका सहकारी विकास शाखा प्रमुख युवराज कोइरालाको प्रमुख आतिथ्यमा आठौं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
संस्थाले आफ्नै भवनमा पहिलो पटक साधारणसभा सम्पन्न गरेर सदस्य हरुलाइ छोटो अवधीमा विश्वासिलो आधार प्रस्तुत गरेको छ । साधारणसभामा अध्यक्ष बुढाथोकीले ८५ लाख रुपैयाँ बराबरको कुल सम्पत्ति रहेको विवरण प्रस्तुत गरेका थिए ।
संथाले यसै वर्षदेखि विभिन्न विधामा सहकारी सदस्यहरुको बर्गिकरण गरी सम्मानित गर्न सुरु गरेको छ । आर्थिक बर्षभरीमा उत्कृष्ट ऐच्छिक बचतकर्ताका रुपमा टिका सुब्बा, उत्कृष्ट ऋणिमा नरमाया कार्की, उत्कृष्ट शेयर रकममा इन्द्र बहादुर मग्राती र उत्कृष्ट बचतकर्तामा तालामइ टुडु गरी चारजनालाइ सम्मान गरेको छ । उनीहरुलाई नगद पुरस्कारसहित पशंसा पत्र सहित सम्मान गरेको छ ।
साधारणसभामा अध्यक्ष बुढाथोकीले संथाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी बर्षमा एक हजार शेयर सदस्य विस्तार गर्ने र कुल पुँजी डेढ करोेड पुर्याउने लक्ष्य प्रस्तुत गरेका थिए ।
साधारणसभाका प्रमुख अतिथि कोइरालाले सहकारी भनेको साझा प्रतिबद्धता, साझा उदेश्य, सामुहिक रुपमा काम गर्ने प्रणाली भएकाले संस्था पनी सोहि बाटोमा लाग्नुपर्ने बताए ।
उनले नगरवाट सहकारीलाइ मिल्ने र हुने सम्मको सहयोग प्रदान गरिने प्रतिवद्धता समेत जनाए । साधारणसभा संस्थाका सचिव सुर्यबहादुर खड्काले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष गणेश बहादुर थापाले राखेका थिए ।
साधारणसभामा बोल्दै पूर्व प्रधानाध्यापक तथा सामाजिक व्यक्तित्व नारायण बहादुर खड्काले संस्थाको इतिहास र आफ्नो परामर्श त्यसैगरी गर्छु भनेर लाग्दा हरेक कुरामा सकारात्मक परिणाम आउने र त्यो परिणाम आज वभनाडो सहकारीमा देखिएको बताए ।
उनले आफु देश बाहिर रहँदा पनि सो संस्थाको प्रगतीमा चासो राखिरहेको र आगामी दिनमा पनि आबस्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।
साधारणसभामा संस्थाको आय व्यय विवरण संथाका कर्मचारी धन बहादुर खड्काले प्रस्तुत गरेका थिए । ससाधारणसभाले लेखा संयोजक पद रिक्त रहेकोमा तेज बहादुर लिम्बु लाई सर्बसम्मत जिम्मेवारी प्रदान गर्दै साधारणसभा सम्पन्न भएको अध्यक्ष बुढाथोकीले जानकारी दिए ।
विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले संविधानमा व्यवस्था भए अनुसार ३० दिनभित्र विश्वासको मत लिने बताएका छन् । मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएपछि संचारकर्मीसँग प्रतिक्रिया दिदै सत्तारुढ गठबन्धनमा छलफल गरेर संवैधानिक व्यवस्था अनुसार तोकिएको...
विराटनगर, बैशाख ८–प्रदेश १ मा सोमबारसम्म तीन हजार २ सय ६८ जनामा कोरोना परीक्षण भएको छ । सरकारले दू्रत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट कोरोना संक्रमण भए नभएको धमाधम परीक्षण गरिरहेको छ...
निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ता गराउन निवेदन दिएको भन्ने विषयलाई स्थायी समितिमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रश्न उठाएका छन् । दुई दिनअघि निर्वाचन आयोगमा नेकपा एमाले दर्ता गराएको प्रसङ्ग उठाउँदै प्रचण्डले निर्धारित विषयभन्दा...
विराटनगर । विराटनगर – ३ स्थित बुद्धोदय बचत तथा ऋण सहकारी सस्था लि. ले ५९ लाख भन्दा बढी नाफा कमाएको छ । सहकारीको स्थापना दिवस तथा १६ औं वार्षिक साधरण सभामा प्रतिवेदन पेश गर्दै आर्थिक...
विराटनगर, चैत १७-कोरोना भाइरस(कोभिड–१९) को संक्रमणसँगै सरकारले लकडाउन गरेपछि भोकै परेका विराटनगरका सुकुम्बासी र दैनिक रोजगारी गरेर जीविकोपार्जन गर्ने मजदूरलाई विराटनगरका समाजसेवी व्यवसायीले राहत स्वरुप खाद्यान्न वितरण गरेका छन् । गुद्री बजार सब्जी मण्डी व्यवस्थापन...
विराटनगर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सशस्त्र प्रहरीले चोरीपैठारीको आशंकामा १० पोका कपडा बरामद गरेको छ ।आइतबार विराटनगर विमानस्थलबाट यति एयरलाइन्सको उडानबाट कार्गोमार्फत पठाइएको १० वटा पोकामा रहेको तयारी कपडा सशस्त्र प्रहरी बल नेपालको राजस्व अनुसन्धान...
विराटनगर । खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव हंशराज वाग्लेले आइटिएफ तेक्वान्दो खेलको प्रशिक्षक तीन दिन भित्रमा नियुक्त गर्ने बताएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको छैटौं कोशी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता बोल्दै...
विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) कोशी प्रदेशको दोस्रो अधिवेशन विराटनगरमा सुरु भएको छ । विराटनगरस्थित इस्टन स्टार होटलमा आइतबार दिउँसो चार बजेटबाट अधिवेशन सुरु भएको हो ।संघको अध्यक्ष कुमार खतिवडाको अध्यक्षमा अधिवेशन सुरु...