विराटनगरमा मानव सेवा आश्रमले ‘आमा सेमिनार’ गर्ने

 न्यूज विराट
विराटनगरमा मानव सेवा आश्रमले ‘आमा सेमिनार’ गर्ने

विराटनगर । मानव सेवा आश्रमले विराटनगरमा आमा सेमिनार गर्ने भएको छ । विराटनगरस्थित आरोहण गुरुकुलमा शनिबार आमा सेमिनार आयोजना गर्ने आज पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।

दिउँसो २ बजेदेखि ४ बजेसम्म आयोजना हुने आमा सेमिनारमा मोरङ लगायत विभिन्न जिल्लाका चार सय जनाभन्दा बढीको सहभागिता रहने जनाइएको छ ।

सेमिनारमा मानव सेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारी प्रमुख प्रशिक्षकको रूपमा रहनेछन् ।
मानवता, राष्ट्रियता, परोपकार, राष्ट्र प्रेम र आफूलाई जन्मदिने माता पिताको महत्व बोध गराई, प्रेम सद्भाव, करूणालाई जनजनमा पु¥याउने उद्देश्यले आमा सेमिनार आयोजना गर्न लागिएको मानव सेवा आश्रममले जनाएको छ ।


आश्रमले सकारात्मक सोच, सिर्जनशीलता, रचनात्मकता, मानवीयता र सामाजिक भावनासहितको असल, आत्मसंयमित, विवेकशील र आत्मनिर्भर बनाउने उद्देश्यले यसवर्ष देशका विभिन्न ४५ स्थानमा आमा सेमिनार आयोजना गर्ने जनाएको छ ।
आश्रमले विभिन्न कारणबाट सडकपेटी र सार्वजनिक स्थलहरूमा जीवन बिताउन बाध्य अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, सडक आश्रित मानवहरूको उद्दार गरी परामर्श, औषधोपचार तथा पारिवारिक पुनर्मिलन गराउँदै आएको छ । सेमिनारमा १४ वर्षमुनि का बालबालिकालाई सहभागी हुन नपाउने जनाइएको छ । विस २०८२ सालसम्ममा सडक आश्रित मानवमुक्त राष्ट्र निमार्ण गर्ने परिकल्पना आश्रमको रहेको छ । आश्रमको नेपालको ४५ स्थानमा आमा सम्मेलन गर्ने लक्ष्य रहेको छ । जस अनुसार पर्सा , लमजुङ, हेटौडा , दाङ, नेपालगन्ज तथा बुटवलमा आमा सम्मेलन सम्पन्न भईसकेको छ ।

सम्बन्धित समाचार

रविन थापाः युवा संघ वडा कमिटी सचिवदेखि एमाले मोरङको सचिवसम्म, यस्तो छ राजनीतिक इतिहाँस

विराटनगर । नेकपा (एमाले) मोरङ संगठन कमिटीको सचिवमा नेता रविन थापाले जिम्मेवारी पाएका छन् । उनलाई आइबार बसेको प्रदेश कमिटीको सचिवालय बैठकले जिम्मेवारी दिएको हो ।पार्टीको जनसंगठनको विभिन्न जिम्मेवारीमा रहेर महत्वपूर्ण र सफल नेतृत्व गरेका...

प्रचण्ड र प्रचण्डपथ अव बिलाएर जान्छ : ओली

काठमाडौं, भदौ ३१ । एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड अव बिलाएर जाने ठोकुवा गर्नुभएको छ । एमाले काठमाडौंले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो ठोकुवा गर्नुभएको हो...

ईन्धन प्रयोगको अन्त्यको माग गर्दे विराटनगर जलबायु जनमार्च

विराटनगर । खनिज ईन्धन प्रयोगको अन्त्यको माग गर्दे विराटनगरमा युवाहरुले आयोजनामा विराटनगर जलबायु जनमार्च गरेका छन् । शनिबार राती विराटनगरको हिमालय रोडदेखि विराटनगर महानगरपालिका सम्म जलवायु मार्च गरिएको हो । युवाहरूले खनिज इन्धनको अन्त्यको माग...

ओजोन तहको संरक्षण गर्न शिक्षादीपमा निबन्ध प्रतियोगिता, ८० जना साइन्सका विद्यार्थीको सहभागी

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजमा विज्ञान सङ्काय अध्ययनरत विद्यार्थीहरूको लागि निबन्ध प्रतियोगिता आयोजना गरेको छ ।  ओजोन तह विनाश र यसको संरक्षणका उपायहरू सम्बन्धी निबन्ध प्रतियोगिता कलेज परिसरमा सोमबार आयोजना गरिएको हो ।  प्रतियोगितामा विज्ञान...

नेकपा सचिवालयमा ओलीले पेस गरेको प्रस्ताव (पूर्णपाठसहित)

काठमाडौं, १३ मंसिर-आज बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डले लगाएको आरोपको लिखित जवाफ दिएका छन् । गत २८ कात्तिकको बैठकमा प्रस्तुत प्रस्ताव र आरोपपत्रको...

कोरोना देखाएर तर्किने छुट भारतलाई छैन : प्रम ओली

काठमाडौं, ३१ वैशाख-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि भारतले अतिक्रमण गरेर सडक बनाउदै गरेकाले त्यसलाई तत्काल रोकेर वार्ता गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सर्वदलीय बैकमा ओलीले नेपालको सीमा काली नदीको मुहान भएकोमा...

भारतमा मदिरा पसल खुले, मदिरा किन्नेको लाग्यो भीड

एजेन्सी, बैशाख २२-कोरोना भाइरस महामारीको संक्रमण रोक्नका लागि भारत सरकारले लगाएको लकडाउन केही खुकुल्लो पारेको छ ।यसैबीचमा भारतको केन्द्रीय गृह मन्त्रालयले लकडाउन खुकुल्लो पार्ने नीतिअन्तर्गत मदिरा पसल खोल्न पनि अनुमित दिएको छ । भारतका देशभरमा...

विराटनगर महानगरको कार्यपालिकामा एमालेको बहुमत

विराटनगर, २१ जेठ । विराटनगर महानगर कार्यपालिकाको शनिबार भएको निर्वाचनमा सत्ता गठबन्धन पराजित भएको छ । सत्ता गठबन्धनसँग निर्वाचत जित्ने गणित भएपनि पराजित भएको हो । कार्यपालिका निर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेस र जसपाले गठबन्धन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्