ओजोन तहको संरक्षण गर्न शिक्षादीपमा निबन्ध प्रतियोगिता, ८० जना साइन्सका विद्यार्थीको सहभागी

 न्यूज विराट
ओजोन तहको संरक्षण गर्न शिक्षादीपमा निबन्ध प्रतियोगिता, ८० जना साइन्सका विद्यार्थीको सहभागी

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजमा विज्ञान सङ्काय अध्ययनरत विद्यार्थीहरूको लागि निबन्ध प्रतियोगिता आयोजना गरेको छ । 

ओजोन तह विनाश र यसको संरक्षणका उपायहरू सम्बन्धी निबन्ध प्रतियोगिता कलेज परिसरमा सोमबार आयोजना गरिएको हो । 

प्रतियोगितामा विज्ञान सङ्कायमा अध्ययनरत कक्षा ११ र १२ का ८० जना विद्यार्थीहरूले भाग लिएको कलेजका प्रिन्सिपल ज्ञान बहादुर खड्काले जानकारी दिए । विज्ञान सङ्काय अध्ययन गर्दै आएका विद्यार्थीहरूले कलेजको कक्षा कोठामा निश्चित समय सीमा भित्रमा ओजोन तह विनाश र यसको संरक्षणका उपायहरूको बारेमा निबन्ध लेख्नेछन् । प्रतियोगितामा भाग लिएका मध्ये उत्कृष्ट हुने विद्यार्थीलाई कलेजले पुरस्कृत गर्ने निबन्ध प्रतियोगिताको संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए । उत्कृष्ट हुने विद्यार्थीहरूलाई कलेजले विज्ञान दिवसको दिन भव्य कार्यक्रम आयोजना गरी पुरस्कृत गर्ने विज्ञान सङ्काय संयोजक नवीन कुमार रायले बताए ।

विद्यार्थीहरूमा भएको प्रतिभा उजार गर्दै विद्यार्थीलाई अध्ययनशीलसँगै निबन्ध लेख्न उत्प्रेरणा जोगाउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको कलेजका प्रिन्सिपल खड्काले बताए । ओजोन तह संरक्षण गर्न सबैभन्दा प्रभावकारी उपाय यसबाट पर्ने नकारात्मक असरहरुको बारेमा विश्व समुदायमा चेतना जगाउनु पर्ने उनले बताए ।

गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावको रोजाइमा परेको शिक्षादीप कलेजमा अध्ययनबाहेक अतिरिक्त क्रियाकलापहरूमा पनि जोड दिँदै आएको छ । यसरी अतिरिक्त क्रियाकलाप गर्नुले विद्यार्थीहरुको क्षमता अभिवृद्धि हुने कलेजका निर्देशक भूपेन्द्र कुमार दाहालले बताए । 

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्