मोरङमा मापसे चेकजाँचमा कडाइ, सेवन गरी सवारी चलाए तत्काल कारवाही
सोमबार, २३ पुष, २०८०,
न्यूज विराट
विराटनगर । जाडोमा मादक पदार्थ सेवन (मापसे) खाएर सवारी साधन चलाउने भएको मोरङ ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । विरामी बोक्ने एम्बुलेन्स, विद्यार्थी बोक्ने स्कुल बस र यात्रु ओसार–पसार गर्ने सिटी सफारीका सवारी चालकहरुले मादक पदार्थ सेवन गरि सवारी चलाएर सवारी दुर्घटना हुन थालेपछि ट्राफिक प्रहरीले मापशे अभियानलाई तिव्र बनाएको छ । मोरङ ट्राफिक प्रहरीले विराटनगरसहित जिल्लामा मापेश अभियान तिव्र रुपमा अगाडी बढाएको हो ।
केही दिन अगाडी विराटनगरको व्यस्त बजार हस्पिटल चोकमा एउटा एम्बुलेन्सका चालकले मापसे सेवन गरि सवारी चलाउँदा चार वटा सवारीलाई क्षति पुर्याएका थिए । त्यसपछि मोरङ ट्राफिक प्रहरीले मापेश अभियानलाई तिव्र बनाएको छ । मापशे गरेर सवारी चलाउने चालकलाई प्रहरीले अन द स्पट कारवाहीको दायारमा ल्याउने गरेको मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए । ‘पछिल्लो समय मापेश गरि सवारी साधान चलाउने गरिएको देखियो,’ उनले भने, ‘सवारी दुर्घटना न्यूनिकरण गरिन अहिले एम्बुलेन्स, स्कुल बस र सिटी सफारीका चालकहरुलाई पनि मापसे चेकजाँच गरिन थालिएको हो ।’
विराटनगर, साउन २९–विराटनगर महानगरपालिकामा भदौ ५ गतेसम्म लकडाउन थप भएको छ । समुदायस्तरमा तिब्र संक्रमण फैलँदै जान थालेपछि महानगरपालिकास्तरीय कोभिड–१९ क्राईसिस मेनेजमेन्ट समितिको शुक्रबार बसेको बैठकले साउन १६ गतेदेखि ३० गतेसम्मको लागि लगाएको लकडाउन भदौ...
विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका विषयमा भ्रामक सन्देशमार्फत अफवाह फैल्याएको प्रति प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रहरीले भ्रामक सूचना फैल्याने कार्यमा संलग्न व्यक्तिहरूको पहिचानका लागि अनुसन्धान प्रक्रिया अगाडि बढाइसकिएको...
विराटनगर, ९ भदौ–प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्टानका पदाधिकारीहरुसँग मंगलबार छलफल गरेका छन् । प्रतिष्ठानका बारेमा जनस्तरबाट गुनासो आउन थालेपछि मुख्यमन्त्री राईले वीपीका पदाधिकारीहरु उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर...
काठमाडौं, १८ साउन-सरकारले कोरोना संक्रमित पत्ता लगाउनका लागि आरडीटी परीक्षण पूर्ण रुपमा रोक्ने भएको छ । १४ साउनको निर्णयअनुसार आरटीडी परीक्षण नगर्न सबै प्रदेश, स्थानीय तह र अस्पतालहरुलाई आग्रह गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...
विराटनगर, ५ साउन–प्रदेश १ मा आज १२ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ६, सोलुखुम्वुमा ४, झापा र इलाममा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको रामधुनीमा २ महिला, इटहरीमा...
एजेन्सी, बैशाख ८-कोरोना भाइरसबाट अत्यधिक प्रभावित इटाली र फ्रान्समा हप्तौँ पछि मृत्यु हुनेको संख्यामा कमी आएको छ ।फ्रान्समा कोरोना भाइरसका कारण मृत्यु भएका ३ सय ९५ नयाँ घटना दर्ता भएका छन्, जसमध्ये २ सय २७...
विश्वव्यापी महामारीरूपमा फैलिरहेको कोरोनाभाइरस संक्रमणप्रति सजगत अपाउँदै जनकपुरधाममा एक वडाध्यक्षको पहलमा आफ्नो वडावासीलाई सहजरूपमा खाद्यान्न उपभोग्य वस्तु वितरण शुरु गरिएको छ । जनकपुरधाम वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहको अगुवाइ तथा पहलमा आफ्ना वडावासीलाई दैनिक...
विराटनगर, २० भदौ–प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाईरस (कोभिड १९) संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुने सवै मोरङका रहेका छन् । विराटनगरका २ महिला र बुढीगंगा र धनपालथानका १–१...