तरकारी बेच्ने वडाध्यक्षको नयाँ तरिका

 न्यूज विराट
तरकारी बेच्ने वडाध्यक्षको नयाँ तरिका

विश्वव्यापी महामारीरूपमा फैलिरहेको कोरोनाभाइरस संक्रमणप्रति सजगत अपाउँदै जनकपुरधाममा एक वडाध्यक्षको पहलमा आफ्नो वडावासीलाई सहजरूपमा खाद्यान्न उपभोग्य वस्तु वितरण शुरु गरिएको छ ।

जनकपुरधाम वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहको अगुवाइ तथा पहलमा आफ्ना वडावासीलाई दैनिक उपभोग्य खाद्यान्न वस्तु सहज र एकीकृतरुपमा वितरण शुरु गरिएको हो ।

सो वडामा १८ सय घरधुरी छन् । प्रत्येक घरधुरी प्रति ५ किलोको १ सय ७५ रुपैयाँ, प्याज २ किलोको ९० रुपैयाँ र नुन प्रति प्याकेट २० रुपैयाँको दरले उपलब्ध गराएको वडाध्यक्ष जानकीराम साहले जानकारी दिए ।

सामग्री लिन आएका उपभोक्ताहरूलाई ८ फिटको दूरीमा लाइन लगाएर व्यवस्थितरूपमा वितरण गरिँदैछ । भारतमा घेरा बनाएर व्यापारीहरूले समान बिक्री गरेपछि त्यसको चारैतिर प्रशंसा भएपछि सोशल डिस्टेन्सलाई ध्यान दिएर सामान बिक्री गरिएको हो । अहिलेसम्म १ सय ५० जना लेखाद्यान्न सामग्री पाइसकेका छन् । वितरण कार्य जारी नै रहेको छ ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्