भ्रामक सन्देश फैल्याउनेलाई कस्तो सजाय ?

 न्यूज विराट
भ्रामक सन्देश फैल्याउनेलाई कस्तो सजाय ?

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका विषयमा भ्रामक सन्देशमार्फत अफवाह फैल्याएको प्रति प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रहरीले भ्रामक सूचना फैल्याने कार्यमा संलग्न व्यक्तिहरूको पहिचानका लागि अनुसन्धान प्रक्रिया अगाडि बढाइसकिएको समेत जानकारी गराएको छ ।

सामाजिक संजालहरुमा विशेषत: फेसबुकको मेसेन्जरमा एकजना पुरुष व्यक्तिको आवाज रहेको अडियोमा राजधानी काठमाडौंको कुनै अस्पतालमा ६ जनालाई कोरोना भाइरस देखिएको र नेपालमा फैलिइसकेको, त्यसका साथै अन्य केही पेज र फेसबुक ग्रुपहरूमा समेत त्यसै किसिमका व्यहोरासहितको स्क्रिनसट र भिडियोहरू सम्प्रेषण भइरहेको थियो ।

यस्ता गतिविधिहरू प्रचलित ऐन कानुनअनुसार दण्डनीय भएको र मुलुकी अपराध संहिताअनुसार यसरी झुट्ठा अफवाह फैलाए एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनसक्छ । सो सजायका अतिरिक्त विद्युतीय माध्यम प्रयोग भएको हुँदा थप सजायसमेत हुनसक्छ ।

मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद-२ ‘सार्वजनिक शान्तिविरुद्धका कसूर’ मा भएको प्रावधान निम्नानुसार रहेको छ :-

झुट्ठा अफबाह फैलाउन नहुनेः

(१) कसैले सार्वजनिक शान्ति भङ्ग गर्ने, हूलदङ्गा गर्ने वा नेपालको सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता वा विभिन्न जात, जाति वा सम्प्रदाय बिचको सुमधुर सम्बन्धलाई खलल पार्ने नियतले कसैलाई उक्साउने गरी नभए नगरेको अफबाह फैलाउन, प्रचार प्रसार गर्न वा नारा जुलुस गर्न हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College