विराटनगरमा जारी एक्स्पोमा धरान डेन्टलको लापरवाही, औजार निर्मलीकरण नगरी स्वास्थ्य उपचार
बिहिबार, १२ पुष, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगरमा जारी मोरङ व्यापार संघ टे«ड एक्स्पोमा निःशुल्क दन्त परीक्षण स्वास्थ्यकर्मीहरुले स्वास्थ्य मापदण्ड पुरा नगरि उपचारमा गर्दै आएको पाइएको छ । शिविरमा आएका विरामीहरुको दन्त परीक्षण उपचारमा खटिने स्वास्थ्यकर्मीहरुले स्वास्थ्य मापदण्डको ख्याल नगरि उपचार गर्दै आएको पाइएको हो ।
दन्त परीक्षण गर्दा उपचारमा खटिने स्वास्थ्यकर्मीहरुले अनिवार्य रुपमा हातमा ‘ग्लप्स’ लगाउनुपर्ने हुन्छ । तर, एक्स्पोमा राखिएको शिविरमा स्वास्थ्यकमीहरुले ग्लप्स बेगार विरामीको स्वास्थ्य उपचार गरेको पाइएको हो । मुखमा लगाएर उपचारमा प्रयोग गर्ने औजारहरु पनि निर्मलीकरण नगरि प्रयोग गर्ने गरेको पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेले बताए । ‘मोरङ व्यापार संघ टे«ड एक्स्पोको निःशुल्क शिविरमा दन्त परीक्षणमा कुनै पनि स्वास्थ्य मापदण्ड पुरा नगरि उपचार गरेर गम्भिर लापरवाही हुँदै आएको छ । मंगलबार शिविरमा जाँदा धेरै विरामीको दन्त परीक्षण गर्दा उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुले हातमा ग्लप्स नलगाइ उपचार गर्दै थिए,’ उनले भने, ‘किन हातमा ग्लप्स नलगाइ उपचार गरेको भन्दा ? , ‘ग्लप्स सकियो । तेही भएर भने ।’
यसरी विरामीको स्वास्थ्य उपचारमा लापरवाही गर्नेलाई नियमक निकायले नियमन गरिनुपर्ने उनले बताए । ‘उपचारमा प्रयोग गरिने औजारहरु पनि केमिकल लगाएर निर्मलीकरण गरिनुपर्ने हुन्छ । तर, यहाँ नगरि प्रयोगमा ल्याएको पाइएको छ,’ उनले भने, ‘निःशुल्क शिविरमा स्वास्थ्य मापदण्ड व्यापक रुपमा उल्लघन गरेको पाइएको छ ।’ जसले गर्दा विरामीको स्वास्थ्य जोखिममा परेको छ । विरामीलाई एक पटक प्रयोग गरेको औजार निर्मलकीकरण गरेपछि मात्र पुनः प्रयोगमा ल्याउनुपर्ने चिकित्सकहरु बताउँछन् । धोएर मात्र पुनः प्रयोगमा ल्याउँदा विरामीको स्वास्थ्यमा असर गर्ने चिकित्सकको भनाई छ । यता धरान डेन्टलका कर्मचारी सुमन मगरले विरामीको दन्त परीक्षण गरेको औजारहरु धरान हेड अपिसमा पढाएर निर्मलीकरण गरेर मात्र प्रयोगमा ल्याउने गरेको दाबी गरे । ‘एक पटक प्रयोग गरेको औजार पुनः अर्को विरामीलाइ हामी प्रयोग गर्दैनौं,’ उनले भने, ‘ विरामीको स्वास्थ्यप्रति हामी सजक छौं ।’ स्वास्थ्यकर्मीले ग्लप्स नलगाएको विषयमा भने आफुलाई थाहाँ नभएको बताए ।
विराटनगर, माघ २४–नेपाल कम्युुनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता एंव पुुर्व प्रधानमन्त्री माधवकुुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा दोषी कसैले पनि उन्मुुक्ति पाउन नहुुने बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार संचारकर्मीसँग कुुरागर्दै उनले भने।,‘अनुुचित कार्य गरेर...
विराटनगर, १४ माघ-विराटनगरमा बालबालिकालाई लक्षित गरि कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । विराटनगर महानगरपालिकाले आज सूचना प्रकाशित गर्दै हालसम्म कोरोना भाइरसविरुद्धको खोप नलगाएका १२ बर्षदेखि १७ वर्ष उमेर समुहका बालबालिकाका लागि खोप...
विराटनगर । कोशी प्रदेशको पाँचौं मुख्यमन्त्रीमा नेपाली काँग्रेसका संसदीय दलका नेता उद्धब थापा नियुक्त भएका छन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख परशुराम खापुङ्गले बिहीबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।काँग्रेसबाट...
विराटनगर । राजवंशी समाज उत्थान समिति विराट अन्र्तगतको विराट राजवंशी महिला समुहले जितिया उत्सव मनाएका छन् । विराटनगर १२ स्थित सामुदायिक भवनमा शनिबार एक कार्यक्रम आयोजना गरी जितिया उत्सव मनाएका हुन् । कार्यक्रमको प्रमुख अतिथि...
विराटनगर, जेठ १५– कोभिड–१९ विरुद्ध राष्ट्रिय अभियानले रुुकुम पश्चिम चौरजहारी हत्या काण्डको छाविन गरि दोषि उपर कडा कानुनी कारवाही गर्न माग गरेको छ । अभियानमा आवद्ध अढाई दर्जन संघ संस्थाहरुले संयुक्त रुपमा ११ सुत्रिय मागसहितको...
इटहरी, २ फागुन । इटहरी २ मा रहेको सङ्गीत साधना प्रतिष्ठानको सभाहलमा ‘प्रणय सृजना’ वाचन कार्यक्रमको आयोजना गरिएको छ । तरहरामा रहेको क्यानभास साहित्य समाजद्वारा आयोजित ‘प्रणय सृजना’ वाचनमा इटहरी, धरान, बराहक्षेत्र, रामधुनी, धनकुटा, मोरङ,...
कक्षा ११ र १२ को परीक्षा स्थगित भएको छ । परीक्षा बोर्डको आज बसेको बैठकले अर्को सूचना नआएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै...
समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भएपछि प्रदेश २ सरकारमा रहेका पात्र परिवर्तनको माग उठ्न थालेको छ । नेताका कोटाको आधारमा मुख्यमन्त्री र मन्त्रीहरू बनेकाले जनताको चाहनाविपरीत कार्य भइरहेकाले काम गर्ने सशक्त...