राजवंशी सामुदायले मनाए जितिया उत्सव (फोटो फिचर)

 न्यूज विराट
राजवंशी सामुदायले मनाए जितिया उत्सव (फोटो फिचर)

विराटनगर । राजवंशी समाज उत्थान समिति विराट अन्र्तगतको विराट राजवंशी महिला समुहले जितिया उत्सव मनाएका छन् । विराटनगर १२ स्थित सामुदायिक भवनमा शनिबार एक कार्यक्रम आयोजना गरी जितिया उत्सव मनाएका हुन् ।

कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले चाडपर्वले एकअर्को समुदायलाई जोड्ने भएकाले समुदायको संस्कृतिलाई संरक्षण गरिनुपर्ने बताइन् । उनले सबै समुदायका चाडपर्वहरु निश्चित र बिशिष्ठ उद्धेश्य बोकेको हुनाले समुदायका चाडपर्व र संस्कृति संरक्षण आवश्यक रहेको बताइन् । उनले चाडपर्वको संरक्षणगर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताइन् ।

कार्यक्रम संयोजिका सुशिला राजवंशीले जितिया राजवंशी महिलाहरुको मौलिक र निष्ठाको पर्व रहेको बताइन् । विराटनगर १२ का वडासदस्य कुशेश्वर राजवंशीले बखरीमा २०६३ सालदेखी निरन्तर जितिया उत्सव आयोजना गर्ने गरिएको जानकारी दिए ।
कार्यक्रममा समाजसेवी बसन्त राजवंशी,आयोजक समुहकी सचिव देविका राजवंशी लगायतले संस्कृति संरक्षणमा लागि पर्नुपर्नेमा जोड दिए ।सो अवसरमा समुदाय भित्रका कलाकारहरुले मनोरंजनात्मक कार्यक्रम प्रस्तुत गरे ।

सम्बन्धित समाचार

कोरोना सन्त्रासबीच भाइरल ज्वरोका बिरामी बढे

झिमरुक, १ वैशाख-प्युठान अस्पताल बिजुवारमा मौसममा भएको परिवर्तनसँंगै भाइरल ज्वरोका बिरामी बढ्दै छन् । अस्पतालमा उच्च ज्वरो र रुघाखोकीका बिरामी आउने गरेको अस्पतालले जनाएको छ । कोभिड–१९ को संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका समयमा भाइरल...

कोरोनाभाइरसबाट युरोपमा एकको मृत्यु

एजेन्सी, फागुन ४–फ्रान्समा एक चिनियाँ पर्यटकको नयाँ कोरानाभाइरसबाट मृत्यु भएको छ। यो एसिया बाहिर कोरोनाभाइरस रोगबाट पहिलो पटक मृत्यु भएको हो। उनी जनवरी १६ मा फ्रान्स पुगेकी थिइन र २५ जनवरीमा क्वारेन्टाइन अस्पातालमा राखिएको थियो।...

इतिहासमै पहिलो पटक सरकार बेखर्ची

काठमाडौं, भदौ ३० । प्रतिस्थापन विधेयक समयमै पारित नहुँदा आजदेखि सरकारी खर्च रोकिने भएको छ । संवैधानिक व्यवस्थाअनुसार तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले गएको जेठ १५ गते अध्यादेशमार्फत ल्याएको बजेट आजसम्ममा संसद्बाट पारित गर्नुपर्ने छ ।...

सुन्दरहरैँचा मेयरकप फुटवलः पथरीशनिश्चरे फाइनलमा

विराटनगर, ११ वैशाख । मोरङको सुन्दरहरैंचामा जारी प्रथम सुन्दरहरैँचा मेयरकप फुटबल प्रतियोगिताको आज सम्पन्न खेलमा लेटाङ नगरपालिकालाई पराजित गर्दै पथरिशनिश्चरे नगरपालिका फाईनलमा प्रवेश गरेको छ । मोरङको सुन्दरहरैचास्थित शुक्रबारे खेल मैदानमा सम्पन्न पहिलो सेमिफाईनल खेलमा...

ईद पर्व सबै नेपालीको मौलिक पुँजी होः प्रधानमन्त्री ओली

काठमाडौं, १२ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को प्रकोपबाट बच्न विशेष सतर्कता अपनाउँदै इद उल फित्र मनाउन आग्रह गरेका छन् । रमदानको रोजा पूरा गरी इद उल फित्र मनाइरहेका इस्लाम समुदायका...

यसरी बनेको थियो संखुवासभाको सामूहिक हत्या योजना

काठमाडौं, असोज ४। संखुवासभाको मादी नगरपालिका १ उमलिङको खोलागाउमा भदौ २१ गते भएको सामुहिक हत्याकाण्ड एउटा समुहले योजनाबद्धरुपमा गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटनाको थप अनुसन्धान गर्न १ नम्वर प्रदेश प्रहरी प्रमुख डिआइजी अरूण...

एमाले सांसदहरुद्वारा १४ जनालाई पदमुक्त गर्न सभामुखलाई दबाब

काठमाडौं, ४ भदौ । सदीय दलको ह्वीप उल्लंघन गरेको अभियोगमा निष्कासनमा परेका माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गरेको सूचना तत्काल टाँस्न एमालेले आज पनि सभामुख अग्नि सापकोटालाई दबाब दिदैछ । आज कार्यालय समय शुरु हुनासाथ...

क्यानडा पठाइदिन्छु भनी ९० लाख ठगेको अभियोगमा एक जना पक्राउ

क्यानडा पठाइदिने प्रलोभनमा पारेर ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पवर्तको मोदी गाउँपालिका–७ घर भई हाल पोखरा महानगरपालिका–३० शिशुवा बस्ने ३८ वर्षीय धीरजकुमार विश्वकर्मा रहेका छन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्