विराटनगरमा नेवार समुदायले मनाए यःमरी पूर्णिमा (फोटो फिचर)
मङ्गलबार, १० पुष, २०८०,
न्यूज विराट
विराटनगर । नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाएका छन् । नेवा : दय् दवू विराटनगर ३ नम्बर वडाले विराटनगरमा मंगलबार एक कार्यक्रम आयोजना गरी याःमरी पूर्णिमा मनाएको हो ।
नेवार समुदायले ठूलो चाडका रूपमा याःमरी पूर्णिमा मनाउने गर्छन् । यस पर्वमा खाद्य पदार्थको रसिलो चाडका साथै नयाँ धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर मिठो यःमरी बनाउने गरिन्छ । यःमरी बनाउन बिहानदेखि घरघरका महिला व्यस्त भए । उनीहरुले बिहान स्नानपछि घरमा लिपपोत गरी यःमरी बनाएका थिए । बनाएको याःमरी विराटनगर –१ पुष्पलाचोकमा एक कार्यक्रम आयोजना गरि सहभागि भएका अतिथिहरुलाई याःमरी खुवाएका थिए । याःमरी पुन्हिका दिन गृहणीहरु शुद्ध भएर चामलको पिठो मुछेर रोटीको माथिल्लो भाग गजुरजस्तै चुच्चो बनाई तल्लो भागको गर्भमा चाकु, तिल, मास, गुदपाक, खुवा राखी क्रिकोण आकारमा बनाई पानीको बाफमा पकाउने गरिन्छ ।
सोही अवसरमा नेवा : दय् दवू विराटनगर ३ ले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । ९४ वर्षीय उदिप नारयण प्रधान र ९२ वर्षीया धनतकु प्रधानलाई सम्मान गरिएको छ । उनीहरुलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । कार्यक्रममा नेव : देय् दवु विराटनगर ३ का अध्यक्ष दान बाहादुर श्रेष्ठ, विराटनगर ३ का नेवा देय् दवु मोरङ जिल्ला अध्यक्ष सुरेश कुमार श्रेष्ठ, झी : पुच विराटनगरका अध्यक्ष भविस कुमार श्रेष्ठ, विराटनगर ३ का वडाअध्यक्ष बासु बस्नेत, विराट नेवाः पुचका अध्यक्ष जय कुमार श्रेष्ठ, नेवा : देय् दवुका सल्लाहकार खगेन्द्र श्रेष्ठलगायतको उपस्थिती रहेको थियो । उनीहरुले आफ्नो आफ्नो भाषा, संस्कृति संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिए ।
विराटनगर । पानी र हावाको मिश्रणको चापबाट चल्ने ‘वाटर रकेट’ तयार हुँदा विराटनगरस्थित शिक्षादीप कलेजका ७ जना विद्यार्थीको अनुहारमा बेग्लै चमक देखियो । कक्षा १२ मा विज्ञान संकाय लिएर अध्ययन गर्दै आएका आयुष ठाकुर, रितेस...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मङ्सिर १९ गतेदेखि एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने भएको छ । प्रतिष्ठानको निर्धारित शैक्षिक कार्यक्रमअनुसार एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने प्रतिष्ठानका निमित्त उपकुलपति सहप्राध्यापक डा निरेश थापाले जानकारी दिए । प्रतिष्ठानको लक्ष्य...
काठमाडौं, जेठ १२-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको जनसंख्याको कम्तिमा २ प्रतिशतको कोरोना भाइरस (कोभिड-१९) संक्रमण भए/नभएको परीक्षण गर्ने प्रतिबद्धता जनाएका छन् । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै कम्तीमा जनसंख्याको २ प्रतिशत अर्थात् ६ लाख नेपालीको...
काठमाडौं, १४ माघ ।स्थानीय तहको निर्वाचनबारे निर्वाचन आयोग र कानुन सचिवबीच आयोगमा छलफल चलिरहेको छ । कानुन मन्त्रालयका सचिव उदयराज सापकोटा र आयोगका पदाधिकारबीच भइरहेको हो । आगामी वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने भन्दै अएको...
विराटनगर, १७ भदौ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विराटनगर खार्जी स्थित ज्योती आधारभूत विद्यालयमा चित्रकला प्रतियोगिता आयोजना गरेको छ । शुक्रबार क्लबले सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि खेलकुद, चित्रकला तथा हस्तलेखन प्रतियोगिता आयोजना गरेको...
विराटनगर, असार १३–प्रदेश नं. १ मा शनिबार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार मोरङको बुढीगंगा गाउँपालिकाका १ महिला र १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ...
विराटनगर, २ असोज–नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ मोरङ कोरोना भाइरसको संक्रमण रोकथान तथा नियन्त्रणमा पनि सकृय भएको छ । कोरोना माहामारीमा राहत र उद्धारमा सर्वसाधारणको घर घर पुगेर सहयोग पुर्याउँदै आएको...
विराटनगर, ११ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १४१ जनाको पीसीआर परीक्षण गर्दा २२६ र ३५४ जनाको एन्टिजेन परीक्षण गर्दा १०१ जनाको रिपोर्ट पोजेटिभ...