स्पार्क हस्पिटल आठ वर्षमा, पुस १० गते निःशुल्क स्वास्थ्य शिविर गर्ने

 न्यूज विराट
स्पार्क हस्पिटल आठ वर्षमा, पुस १० गते निःशुल्क स्वास्थ्य शिविर गर्ने

विराटनगर । विराटनगर – १० पाञ्चाली मोडमा रहेको स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी हस्पिटल आठ वर्षमा प्रवेश गरेको छ । आठ वर्षमा प्रवेश गरेको अवसर पारेर हस्पिटल परिसरमा पुस १० गते निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।

बिशेषज्ञ चिकित्सकहरुबाट विरामीको निःशुल्क स्वास्थ्य उपचार हुने हस्पिटलका अध्यक्ष रूपेश अधिकारीले जानकारी दिए । शिविरमा विभिन्न हाडजोर्नी, नशाका बिरामी, डाढड, कम्मर, घुँडा, जोर्नीहरु दुख्ने, हाड खिइने समस्या नशा च्यापिएको, प्यारालाइसिस (लकवा) वाथ आदि समस्याको निःशुल्क जाँच तथा परामर्श गरिने छ । ‘शिविरमा आएका विरामीहरूलाई विशेषज्ञ चिकित्सकले परीक्षण गर्नेछ,’ अध्यक्ष अधिकारीले भने । दुर्गम तथा ६० वर्ष माथिका बिरामीहरुलाई उपचार सेवामा विशेष छुटको व्यवस्थ गरिएको छ । ६० वर्ष माथिका विरामीलाई २५ प्रतिशत, शिविरमा आएर स्वास्थ्य जाँच गरिएको विरामीको २० प्रतिशत र भर्ना गर्नु पर्ने विरामीलाई बेड तथा उपचारमा ३० प्रतिशत उपचारमा छुट दिने हस्पिटलले बताएको छ । शिविरमा परीक्षण गरिएको विरामीहरुलाई निःशुल्क औषधी पनि वितरण गरिने भएको छ ।

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनका क्रममा विवाद हुँदा एक युवकको मृत्यु

बुटवल, कात्तिक १ । रुपन्देहीमा दुर्गाको मूर्ति विसर्जन गर्ने क्रममा भएको विवादका क्रममा डुवेर एक जना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका ४ का २१ वर्षीय अनिल चौधरी रहेको प्रहरीले जनाएको छ ।...

नवीन सिलवाललाई कोशी प्रदेश ब्याडमिन्टनको उपाधि

विराटनगर । प्रथम कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगिताको उपाधि झापाका नवीन सिलवालले जितेका छन् । विराटनगर ब्याडमिन्टन क्लबको आयोजना तथा प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको प्रयोजनमा विराटनगरमा भएको प्रतियोगिताको उपाधि नवीनले उदयपुरका विनय चौधरीलाई २२–२०,...

प्याब्सन विराट कप : पूर्वाञ्चल, मोर्डन एरा, सिद्धार्थ, विकेभिएम र गोदावारी विजयी

विराटनगर । विराटनगरमा जारी दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगितामा पाँच वटा स्कुल विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको छ ।प्याब्सन विराटनगरले आयोजना गरेको प्रतियोगिताको आइतबारको खेलमा पूर्वाञ्चल, मोर्डन एरा, सिद्धार्थ, विकेभिएम र...

प्रदेश १ मा १ सय ७१ संक्रमित थपिए, ४३ जना डिस्चार्ज

विराटनगर, १ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ७१ जना संक्रमित थपिएका छन् । यो दैनिक संक्रमण संख्यामा अहिले सम्मकै उच्च हो । मोरङमा ९२, सुनसरीमा ६३, झापामा ११, खोटाङ र धनकुटामा १÷१...

भारतमा २९ हजार ६ सय संक्रमित थपिए, २९० जनाकाे मृत्यु

एजेन्सी, ९ भदौ । भारतमा पछिल्लाे २४ घण्टामा २९ हजार ६१६ जना काेराेना संक्रमित थपिएका छन् । याे अवधिमा २८ हजार ४६ जना संक्रमणमुक्त भएका छन् । यस्तै २४ घण्टाकाे अवधिमा २९० जनाकाे काेराेना संक्रमणका कारण...

हुस्सु बढेपछि दुर्घटना रोक्न सवारीसाधनमा ‘रिफ्लेक्टर’ टास्दै मोरङ ट्राफिक

विराटनगर । चिसो बढेर तराईमा बाक्लो हुस्सु लाग्न सुरु भएसँगै दुर्घटना न्यूनीकरणका लागि मोरङमा ट्राफिक प्रहरीले ‘रिफ्लेक्टर’ (टल्किने वस्तु) टाँस्ने अभियान सुरू गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ तथा ट्राफिक प्रहरी पोष्ट निमुवाको...

स्थानीय चुनावका लागि मतपत्र खरिद प्रक्रिया सुरु

काठमाडौं, ५ फागुन । निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि मतपत्र खरिदको प्रक्रिया अघि बढाएको छ । आयोगले बिहीबार पत्रकार सम्मेलन गरी स्थानीय तहको चुनावका लागि मतपत्र खरिदको प्रक्रिया अघि बढाएको बताएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्माले मतपत्र...

गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण

पोखरा, १९ जेठ-गण्डकी प्रदेशमा थप ३ जनामा कारोना संक्रमण पुष्टि भएको छ । नवलपुरको कावासोती नगरपालिकाका ३६, २२ र विनयत्रिवेणी गाउँपालिकाका १४ वर्षी किशोरमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका सबै स्थानीय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्