गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण - News Birat

गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण

न्यूज विराट

पोखरा, १९ जेठ-गण्डकी प्रदेशमा थप ३ जनामा कारोना संक्रमण पुष्टि भएको छ । नवलपुरको कावासोती नगरपालिकाका ३६, २२ र विनयत्रिवेणी गाउँपालिकाका १४ वर्षी किशोरमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएका सबै स्थानीय पालिकाको क्वारेन्टाइनमा बसेका प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।यो सँगै गण्डकी प्रदेशमा संक्रममितको संख्या २७ पुगेको छ । अहिलेसम्म प्रदेशभरका ११ मध्ये ६ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । हालसम्म गण्डकी प्रदेशका बागलुङ, स्याङ्जा, म्याग्दी, तनहुँ, नवलपुर र लमजुङमा कोरोनाका संक्रमित भेटिएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles