ग्रामथानको सिधरामा भेट्रान्स फुटबल प्रतियोगिता हुने, उद्घाटनमा इटहरी र मोरङ भिड्ने

 न्यूज विराट
ग्रामथानको सिधरामा भेट्रान्स फुटबल प्रतियोगिता हुने, उद्घाटनमा इटहरी र मोरङ भिड्ने

विराटनगर । प्रथम ग्रामथान भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । इन्द्रेणी सामुदायिक विकास केन्द्रको आयोजनामा मोरङको ग्रामथान गाउँपालिका ३ सिधरास्थित वाणी माविको खेलमैदानमा फुटबल प्रतियोगिता हुने भएको हो ।

आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरी पुस १४ देखि २९ गतेसम्म प्रतियोगिता हुने जानकारी गराएको छ । प्रतियोगितामा मोरङ र सुनसरीका १२ वटा भेट्रान फुटबल क्लबहरुले भाग लिने इन्द्रेणी सामुदायिक विकास केन्द्रका सचिब सम्पतलाल चौधरीले जानकारी दिए । नकाउट चरणको आधारमा हुने प्रतियोगिताको बिजेताले नगद ५० हजार रुपैयाँ र सेकेन्डले नगद ३० हजार रुपैयाँको साथै आकर्षक ट्रफी प्राप्त गर्नेछन् । प्रत्येक दिन हुने खेलको म्यान अफ द म्याच हुने खेलाडीहरुलाई नगद १ हजार पाँच सय रुपैयाँ रहेको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब ५ लाख बढी रकम खर्च हुने आयोजकले अनुमान गरेको छ ।प्रतियोगिताको उद्घाटन खेल हाम्रो इटहरी भेट्रान्स फुटबल क्लब र मोरङको बोराबन भेट्रान्स फुटबल क्लबबीच प्रतियोगिता हुनेछ । प्रतियोगितामा युनाइटेड, विराट चोक, जनता, धरान दुहबी, मिल्स, विराट मेगा, ग्रामथान र गछिया भेट्रान्स फुटबल क्लबको सहभागि रहेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै प्रदेश खेलकुद बिकास बोड कोशी प्रदेशका सदस्य प्रदिप भगत थारुले ग्रामथानमा खेलकुदद क्षेत्रको विकास गर्न भेट्रान्स प्रतियोगिता आयोजना गरिएको बताए । ग्रामिण क्षेत्रमा हुने यस्तो खेलले खेलकुद क्षेत्र चलायमन हुने उनले बताए ।

सम्बन्धित समाचार

दुई खेलाडीमा कोरोना देखिएपछि जर्मनीको एक फुटबल टिमका सबै खेलाडी आइसोलेशनमा

एजेन्सी, बैशाख २८-जर्मनीको दोस्रो लिगमा खेल्ने डाइनामो ड्रेस्टेनका सबै खेलाडी तथा प्रशिक्षकलाई आइसोलेशनमा राखिएको छ । दुई जना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएपछि क्लबका सबै खेलाडी र पदाधिकारीलाई दुई साताका लागि आइसोलेशनमा राखिएको हो ।...

सुनिल शर्माले प्रतिवद्धता पुरा गर्दै, नोबेलमा ५० शैय्याको निःशुल्क क्याविन संचालन

विराटनगर । मोरङ ३ मा मतदातामाझ गरेको वाचा पूरा गर्दै नेपाली कांग्रेसका डा. सुनिल शर्मा जितलगत्तै एक्सनमा उत्रिएका छन् ।निर्वाचनमा आफूले गरेको प्रतिवद्धताअनुसार उनले नोबेल शिक्षण अस्पताल विराटनगरमा निःशुल्क क्याबिन सेवाको उद्घाटन गरेका हुन् ।चुनावमा...

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं, १७ मंसिर । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले भर्खरै नजित सार्वजनिक गरेको हो । ३ लाख ७४ हजार १५ परीक्षार्थीमध्ये ७ हजार ३६ जनाले ए प्लस ग्रेड ल्याएका छन्...

कोरोना भाइरसबाट १४ महिने शिशुको मृत्यु

एजेन्सी, चैत २६-भारतको गुजरातस्थित जामनगरमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट एक शिशुको मृत्यु भएको छ ।कोरोनाको उपचार गराइरहेका ती बालकको ५ अप्रिलमा जामनगरस्थित सरकारी अस्पतालमा मृत्यु भएको हो । अस्पतालले विज्ञप्तिमा शिशुको अवस्था अस्पतालमा ल्याउँदा...

एमालेको अवरोधकाबीच विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं, २९ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधकाबीच संसदबाट विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ । एमालेको नाराबाजीकाबीच अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव संसदबाट बहुमतले...

महाराजगञ्ज प्रहरीको दबंग शैली छानविन गर्न एसएसपीको नेतृत्वमा ३ सदस्यीय समिति

काठमाडौं, ४ बैशाख-प्रहरी दबंग शैलीमा उत्रिन खोज्दा डाक्टरमाथि नै लाठी चार्ज भएको छ । बुधबार राति त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत ३ जना डाक्टरमाथि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज प्रहरीले लाठी चार्ज गरेको हो । प्रहरीको...

जीवन आचार्य भन्छन्, ‘युवाहरु जागीरमा होइन, उत्पादनमा लाग्नुपर्छ’

विराटनगर । मोरङ क्षेत्र नं. ६ (१) मा वाम लोकतान्त्रिक गठबन्धनबाट माओवादी केन्द्रका उम्मेद्वार जीवन आचार्यले उत्पादन र उद्यमशीलताको विकासमा जोड दिने प्रतिवद्धता जनाएका छन् । आर्थिक क्रान्ति बिना देश समृद्ध हुन नसक्ने धारणा व्यक्त...

कोशी प्रदेश सरकारले बुधबार ल्याउँदै नीति तथा कार्यक्रम

विराटनगर । कोशी प्रदेश सरकारले बुधबार आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति तथा कार्यक्रम ल्याउने भएको छ । विराटनगरस्थित प्रदेश सभा भवनमा बुधबार दिउँसो १ बजे प्रदेश प्रमुख पर्शुराम खापुङ्गले नीति तथा कार्यक्रम प्रस्तुत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्