महाराजगञ्ज प्रहरीको दबंग शैली छानविन गर्न एसएसपीको नेतृत्वमा ३ सदस्यीय समिति

 न्यूज विराट
महाराजगञ्ज प्रहरीको दबंग शैली छानविन गर्न एसएसपीको नेतृत्वमा ३ सदस्यीय समिति

काठमाडौं, ४ बैशाख-प्रहरी दबंग शैलीमा उत्रिन खोज्दा डाक्टरमाथि नै लाठी चार्ज भएको छ । बुधबार राति त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत ३ जना डाक्टरमाथि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज प्रहरीले लाठी चार्ज गरेको हो ।

प्रहरीको लाठी चार्जबाट शम्भु खनाल, तेजप्रसाद साह र विकाश साह घाइते बएका छन् । अस्पतालको ड्युटी सकेर साँझ घर फर्कने क्रममा कान्तिबाल अस्पताल पछाडिको ओरालोमा प्रहरीले उनीमाथि चार्ज गरेको हो ।

प्रहरीको लाठी चार्जबाट घाइते भएका शम्भु खनालका अनुसार आफूहरु डाक्टर भएको र ड्युटीबाट फर्किएको भन्दा भन्दै पनि प्रहरीले लाठी चार्ज गरेको बताए ।

‘हामी अस्पतालबाट घर फर्किदै थियाैं प्रहरीको भ्यान आयो । हाम्रो अगाडि पुगेपछि भ्यान रोकियो । भ्यानबाट दुईजना प्रहरी झरे को–हो तिमीहरु ? किन लकडाउनमा निस्केको भनेर सोधे । हामीले डाक्टर हो ।

ड्युटीबाट फर्किएको भन्दा भन्दै र परिचयपत्र देखाउँदा देखाउँदै पनि तीन चोटी लाठी हाने । प्रहरीको लाठीले डाक्टर चिन्दैन समेत भने । भ्यानमा प्रहरीको हाकीम जस्तो पनि थिए । ठ्याक्कै त हामीले चिनेनौ तर काधमा फुली भएकाहरु पनि थिए ।’

महानगरी प्रहरी वृत्तका प्रमुखमा हाल डीएसपी उमेश लम्साल रहेका छन् । उनीमाथि परिस्थितिको मूल्यांक नै नगरी आक्रामाक शैलीमा काम गरेर चर्चामा आउन खोजेको भन्दै चौतर्फी विरोध भएको छ ।

सम्बन्धित समाचार

विराटनगरमा धुमधामका साथ मनाए तमु ल्होसार

विराटनगर । गुरूङ समुदायले सोमबार तमु ल्होसार धुमधामका साथ मनाएका छन् । गुरुङ समुदायले गरुङ वर्गलाई बिदाइ गर्दै नाग वर्गलाई स्वागत गरी ल्होसार पर्व मनाउने गर्दछन् ।तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिवार तमुस्यो महानगर...

६७ औँ प्रहरी दिवसमा विराटनगरमा प्रहरी ब्याण्ड डिस्प्ले

विराटनगर । ‘६७ औँ प्रहरी दिवस २०७९’ को अवसरमा विराटनगरमा प्रहरी ब्याण्ड डिस्प्ले कार्यक्रम आयोजना गरिएको छ । १ नंं. प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा विराटनगरको महेन्द्र चौकमा शनिवार प्रहरी ब्यान्ड डिस्प्ले कार्यक्रम आयोजना गरिएको...

बढ्यो सुनको मूल्यः चादीको स्थिर

काठमाडौँ, २४ कात्तिक-नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले उकालो लागेर रु ९२ हजार ७०० कायम भएको छ । पहेँलो धातु मङगलबार प्रतितोला रु ९२ हजार ३०० मा कारोबार भएको थियो...

विश्वविद्यालयका पनि सबै परीक्षा स्थगित

काठमाडौं, चैत ५–सरकारले विश्वविद्यालयका पनि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । एसईई परीक्षा रोक्ने निर्णय लगत्तै विश्व्विद्यालयले लिने भनिएका सबै परीक्षा स्थगित गरिएको शिक्षा मन्त्रालयले जनाएको छ । स्थगित भएको एसईर्ई परीक्षा भने...

सुर्तिजन्य पदार्थको सेवनबाट प्रतिवर्ष २७ हजार बढीको मृत्यु

काठमाडौं, १२ साउन-स्वास्थ्य अधिकार र सूर्तिजन्य नियन्त्रण नेटवर्कले सुर्तिजन्य पदार्थमा कर बढाउन सरकारलाई सुझाव दिएको छ । आम सर्वसाधारणको पहुँच नपुग्ने गरी करको दायरा बढाउन र हरेक उत्पादनमा ९० प्रतिशतभन्दा बढी चेतावनीमूलक सन्देश राख्ने नियम...

प्रदेश १ मा ११ संक्रमित थपिए

विराटनगर, ७ साउन–प्रदेश १ मा आज ११ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ४, मोरंग र ताप्लेजुङमा ३–३ र झापामा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानका...

आइतबारदेखि मौसम बिग्रिने पूर्वानुमान, धरै ठाउँमा पानी पर्ने सम्भावना

देशका धेरै ठाउँको मौसम अहिले सफा भए पनि आइतबारदेखि बद्ली हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज विशेष बुलेटिन निकालेर आइतबारदेखि धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको जानकारी गराएको हो । भारतको आन्ध्र प्रदेश तथा...

नेपाल क्रिकेट सङ्घ (क्यान) को समिति विस्तार

काठमाडौं, १६ असार-नेपाल क्रिकेट सङ्घ (क्यान) ले आफ्ना ४ समिति विस्तार गरेको छ । क्यानले यसअघि नै बनाइएका प्रतियोगिता, प्राविधिक, आर्थिक र सञ्चार समितिलाई पूर्णता दिएको हो । प्रशान्तविक्रम मल्ल संयोजक रहेको प्रतियोगिता समितिमा दाउद...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्