सुन्दरहरैंचाको कर घटाउन दबाब, मेयरविरुद्ध उत्रिए राजनीतिक दल र व्यवसायी

 न्यूज विराट
सुन्दरहरैंचाको कर घटाउन दबाब, मेयरविरुद्ध उत्रिए राजनीतिक दल र व्यवसायी

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिकाले अवैज्ञानिक तरिकाले बढाएको करको दर समायोजन नगरे आन्दोलमा उत्रिने चेतावनी राजनीतिक दल र उद्योगी व्यवसायीले दिएका छन् ।

बढाएको करको दर पुस १५ गतेभित्रमा समायोजन नगरे आन्दोलनमा उत्रिने चेतावनी दल र उद्योगी व्यवसायीले बिहीबार विराटचोकमा पत्रकार सम्मेलन गरेर दिएका हुन् ।

आर्थिक वर्ष २०८०÷८१ मा नगरपालिकाले जग्गा वर्गीकरणको नाममा सय प्रतिशत कर बढाएको सुन्दरहरैंचा नगरपालिकाका पुर्वमेयर शिवप्रसाद ढकालले बताए । खेती किसानी गरेर आफ्नो दैनिकी चलाउनेलाई करको दर उच्च भएको कारणले समस्या भएको उनको भनाइ छ । ‘आर्थिक अवस्था टाट पल्टिएको अवस्थामा नगरपालिकाले नगरबासीको ढाड सेक्नेगरी कर बोकाएको छ,’ उनले भने, ‘त्यो पनि अवैज्ञानिक तरिकाले कर बढाएको छ । तत्काल बढाएको कर समायोजन गरिनुपर्दछ ।’ स्थानीय उद्योगी व्यवसायीदेखि सर्वसाधारणसम्मले करवृद्धिको विरोध गर्दै तत्काल समायोजन गर्न माग गरेका हुन् । करको दर बढेपछि सबै क्षेत्रलाई समस्यामा परेको नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी राष्ट्रिय स्वतन्त्र पार्टी, जनमुक्ति पार्टी, जनता समाजवादी पार्टी सुन्दरहरैचा, सुन्दरहरैचा उद्योग वाणिज्य संघ, सुन्दर दुलारी उद्योग वाणिज्य संघले विरोध जनाएका छन् ।

‘हरेक क्षेत्रमा करवृद्धि गरिएको छ,’ माओवादी केन्द्र सुन्दरहरैचा नगरपालिका अध्यक्ष दुष्यान्त भट्टराईले भने, ‘राजस्व परामर्श समितिको बैठकमा आफूहरूले करवृद्धि नगर्न सुझाव दिएपनि बेवास्ता गर्दै नगरपालिकाले एकलौटी ढंगले करवृद्धि गरेकोले सच्याइनुपर्छ ।’ कार्यपालिकाको बैठकले जग्गा वर्गीकरणलगायतका विभिन्न शिर्षकहरुमा कर वृद्धि गरेको थियो । स्थानीय र
राजनीतिक दलको चौतर्फी विरोध भएपछि नगरपालिकाले करबारे कार्यदल गठन गरेको छ । सुन्दरहरैचना नगरपालिका १२ का वडाअध्यक्ष रोशनप्रसाद ढकालको नेतृत्वमा कार्यदल गठन भएको नगर प्रमुख केदारप्रसाद गुरागाईले बताए । ‘सामान्यता १० प्रतिशतसम्म करको दर बढाउन पाइन्छ, त्यहि अनुसार हामीले बढाएको हो’ उनले भने, ‘अहिले कार्यदल गठन भएकोले कार्यदलले दिएको प्रतिवेदनको आधारमा समायोजन गरिनुपर्ने देखियो भने कार्यपालिकामा लगिन्छ ।’ तर, नगरपालिकाकाले समयसापेक्ष रुपमा नै कर बढाएको उनले दावी गरे ।

नगर प्रमुख माथि लगाए १५ आरोप
प्रमुख ६ वटा राजनीतिक दल र उद्योग वाणिज्य संघहरुले भने नगर प्रमुख गुरागाइमाथि १५ आरोप लगाएका छन् । उनीहरुले पत्रकार सम्मेलन गरी विभिन्न १५ आरोप लगाएका हुन् । सुन्दरहरैचा ५ मा रहेको फुटबल ग्राउण्डलाई नगरस्तरिय खेल मैदानको रुपमा विकास गर्न तथा संरक्षण गर्न कुनै पहल नगरिएको, नगरपालिकाले सुरक्षा गरिराखेको वडा सुन्दरहरैचना
१० मा रहेको चार बिघा १६ कठ्ठा जग्गाको व्यवस्थापन र सदुपयोग गर्नुपर्नेमा नगरप्रमुखले एकलौटी निर्णय गरी सशस्त्र प्रहरी विद्यालय खोल्न दिने प्रयास भएको, सामुदायिक विद्यालयको विकासमा ठोस कदम र नीति नगरपालिकाबाट नबनाई शिक्षालाई पार्टीकरण गर्ने प्रयास भएको उनीहरुको आरोप छ । यस्तै ईन्द्रपुर रंगशाला तथा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि घेराबारा शुरु गरिएको १९ बिघा ७ कठ्ठा जग्गा विभिन्न नाममा मिचिएकोमा नगरपालिकाले संरक्षणका लागि कुनै चासो नदिएको, नगरपालिकाभित्रको खोला नालाको नियोजित रुपमा ठेक्का नलगाइ अमानतमा कर उठाउने बहानामा करोडौ भ्रष्टाचार गरिएको उनीहरुको आरोप छ । नगर प्रमुखले भूमिहिन तथा सुकुम्बासी समस्या समाधानका लागि कुनै पहल नगरेको साथै शुरु भएको नापजाँच, निश्सा वितरण कार्यसमेत रोकेर मुकदर्शक बनेको, पूर्वाञ्चल विश्वविद्यालयमा अस्पताल सञ्चालन तथा मेडिकल कलेज स्थापनाका लागि पहल नगरेको आरोप पनि गुरागाईंमाथि लगाइएको छ ।
मेयर गुरागाईंमाथि नेपाली काँग्रेसका नगर सभापति भक्तिप्रसाद सिटौला, माओवादी केन्द्र नगर अध्यक्ष दुष्यान्त भट्टराई, नेकपा एकिकृत समाजवादीका अध्यक्ष तीलकप्रसाद ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टी सुन्दरहरैचाका सभापति टेकमणि न्यौपाने (विवेक), जनमुक्ति पार्टीका जिल्ला उपाध्यक्ष पुरन राई, जनता समाजवादी पार्टी नगर अध्यक्ष शंकर देवान, सुन्दरहरैचा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रिजाल र सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन ढुङ्गानाले हस्ताक्षर गरि आरोपहरु लगाएका हुन् ।

सम्बन्धित समाचार

पेट्रोलको भाउ प्रतिलिटर ७ रुपैयाँ घट्यो

विराटनगर । नेपाल आयल निगमले पेट्रोलको भाउ प्रतिलिटर ७ रुपैयाँ घटाउने निर्णय गरेको छ । यस्तै डिजेल तथा मट्टितेलमा प्रतिलिटर पाँच घटाउने भएको हो । इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा...

काङ्ग्रेसकाे अनुगमन समितिद्वारा औषधि व्यावसायीसँग छलफल

काठमाडौँ, १६ साउन-नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा गठित कोरोना अनुगमन समितिले कोरोना भाइरस सङ्क्रमण महामारीको अवस्थामा औषधिको सहज उपलब्धता, समस्या र समाधानका विकल्प बारेमा नेपाल औषधि थोक व्यवसायी सङ्घसँग छलफल गरेको छ । ...

लामो समय घरभित्रै थुनिनुपरेपछि अष्ट्रेलियामा लकडाउनप्रति असन्तुष्टि

काठमाडौं, ६ साउन । कोरोना महामारी रोकथामका लागि अष्ट्रेलियाको तीन शहरका एक करोड ३० लाख मानिस प्रभावित छन् । न्यू साउथ वेल्समा एक महिनादेखि, भिक्टोरियामा एक सातादेखि र साउथ अष्ट्रेलिया राज्यमा मंगलबारदेखि लकडाउन छ ।...

झी पुः चमा नयाँ नेतृत्व, अध्यक्षमा भविषकुमार श्रेष्ठ

विराटनगर । झी पुःच (नेपाल भाषा तथा संस्कृतिक संघ) को अध्यक्षमा भविषकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । झी पुचः को २९ औ साधरणसबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । होटल तथा पर्यटन व्यवसायी...

घरेलु तथा साना उद्योग महासङ्घद्वारा शुभकामना आदान प्रदान कार्यक्रम 

विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङले विराटनगरमा वडा दसैँ, शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । विराटनगरस्थित होटेल रुविजमा आइतबार एक कार्यक्रम आयोजना गरी दसैँ, दीपावली...

सञ्चालक चिकित्सकमा कोरोना पुष्टि भएको विराट नर्सिङ्ग होम सञ्चालनमा

विराटनगर, साउन १९–विराटनगरस्थित विराट नर्सिङ्ग होम (विराटनगर अस्पताल) शिल भएको दुई सातापछि सोमबारबाट सञ्चालनमा आएको छ । अस्पतालका सञ्चालकसमेत रहेका डा. ज्ञानेन्द्रमानसिंह कार्कीमा कोरोना संक्रमण पुष्टि भएपछि विराटनगर महानगरपालिकाले गत साउन ८ गते अस्पताल शिल...

एमसीसी विशुद्ध सहयोग मात्रै हो : अर्थमन्त्री

काठमाडौं, २७-अर्थन्त्री डा . युवराज खतिवडाले अमेरिकी सहयोग परियोजना एमसीसी अन्तर्गतको रकम विशुद्ध सहयोग मात्रै भएको बताएका छन् । सत्तारुढदल भित्र निरन्तर जटिल बन्दै गएको एमसीसी मुद्दाका विषमा मंगलबार प्रतिनिधि सभामा अर्थमन्त्रीले यस्तो जवाफ दिएका...

प्याब्सन जिल्ला स्तरीय हिज्जे प्रतियोगिताको उपाधि स्कलर्स होम स्कुललाई

विराटनगर । प्याब्सन मोरङ जिल्लास्तरीय हिज्जे प्रतियोगिताको उपाधि मोरङ सुन्दर हरैंचाको स्कलर्स होम स्कुलले जितेको छ । विराटनगरमा बुधबार सम्पन्न भएको प्रतियोगितामा ४१ वटा स्कुललाई पछि पार्दै स्कलर्सले उपाधि जितेको हो । उपाधिसँगै स्कलर्सले १५...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्