लामो समय घरभित्रै थुनिनुपरेपछि अष्ट्रेलियामा लकडाउनप्रति असन्तुष्टि

 न्यूज विराट
लामो समय घरभित्रै थुनिनुपरेपछि अष्ट्रेलियामा लकडाउनप्रति असन्तुष्टि

काठमाडौं, ६ साउन । कोरोना महामारी रोकथामका लागि अष्ट्रेलियाको तीन शहरका एक करोड ३० लाख मानिस प्रभावित छन् । न्यू साउथ वेल्समा एक महिनादेखि, भिक्टोरियामा एक सातादेखि र साउथ अष्ट्रेलिया राज्यमा मंगलबारदेखि लकडाउन छ ।

लामो समय घरभित्रै थुनिनुपरेकामा मानिसहरुले भने लकडाउनप्रति असन्तुष्टि जनाउन थालेका छन् । अष्ट्रेलियाका दुई ठूला सहर न्यू साउथ वेल्सको राजधानी सिड्नी र भिक्टोरियाको राजधानी मेलवर्नमा लकडाउन कहिले हट्छ भन्ने निश्चित छैन । बेलायत र अमेरिकामा पछिल्लो समय लकडाउन हटाइएकाले अष्ट्रेलियाको संघीय सरकारमाथि पनि दबाब छ ।

अहिलेसम्म अष्ट्रेलियामा १४ प्रशितभन्दा कम मानिसले मात्र कोरोना खोप लगाएका छन् । यो दर विश्वका शक्तिशाली विभिन्न ३८ मुलुकको संगठन ओईसीडीमा आवद्ध देशबीच तुलना गर्दा सबैभन्दा कम हो ।

मुलुकमा कोरोना खोप लगाउने गति निकै सुस्त भएको भन्दै अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनको आलोचना भइरहेको छ । विपक्षी लेबर पार्टीका जिम काल्मर्स भन्छन्, ‘यी प्रधानमन्त्री जनता कष्टमा परिरहेको बेला हराउँछन् ।’

यद्यपि मोरिसनले भने यस विषयलाई सामान्य रुपमा लिएका छन् । ‘कुनै पनि मुलुकले महामारी नियन्त्रणको लागि शतप्रतिशत काम गर्न सकेका छैनन् । मलाई अष्ट्रेलियाका नागरिकले यो कुरा बुझ्नेछन्’, बुधबार स्थानीय सञ्चारमाध्यममा उनले भनेका छन् ।

मोरिसनले अष्टेलियाले कोरोना भाइरसको संक्रमण निकै कममा राख्न सफल भएको दावी गरेका छन् । अहिलेसम्म अष्ट्रेलियामा कोरोना संक्रमणको कारण ९१५ जनाको मृत्यु भएको छ । जबकी बेलायतमा मंगलबार एकैदिन ९० जनाको मृत्यु भएको थियो ।

कोरोना महामारी नियन्त्रणका लागि सीमा नाका बन्द गर्ने, क्वारेन्टिनको नियम ल्याउने र लकडाउन गर्नेजस्ता उपाय अपनाएको भन्दै प्रधानमन्त्री मोरिसनको प्रशंसा हुँदै आएको थियो । तर पछिल्लो महिनामा देखिएको कोरोनाको डेल्टा भेरियन्टले भने अष्ट्रेलियाले अपनाएको रोकथाका उपायलाई चुनौती दिएको छ ।

डेल्टा भेरियन्टको संक्रमण फेला परेपछि अष्ट्रेलियाको ठूलो सहर सिड्नीमा मात्रै १५ सयभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् । बुधबारमात्र ११० नयाँ संक्रमित थपिएका छन् । जबकी सिड्नीमा अहिले चौथो साताको लकडाउन चलिरहेको छ ।

अहिले मानिसहरुलाई खाद्य सामग्री किन्न र अन्य अत्यावश्यक कामबाहेक घरबाहिर जाने अनुमति छैन । संक्रमण बढिरहेकाले आगामी सेप्टेम्बरसम्म पनि यो लकडाउन लम्बिनसक्ने आशंका छ ।

साउथ अष्ट्रेलिया राज्यमा पनि मंगलबारदेखि एक साताको लागि लकडाउन गरिएको छ । भिक्टोरियामा पनि कम्तीमा आगामी मंगलबारसम्म लकडाउन जारी रहनेछ ।

गत महिना अष्ट्रेलियाका सात सहरमा लकडाउन गरिएको थियो । अष्ट्रेलियाका अधिकारीहरुले अधिकांश मानिसले कोरोना खोप नपाउँदासम्म स्थानीय संक्रमण नियन्त्रणको कामलाई निरन्तरता दिने बताएका छन् ।

अष्ट्रेलियामा अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप पर्याप्त छ । तर यो खोप लगाउँदा रगत जम्ने समस्याको जोखिम बढी हुने भन्ने हल्लाका कारण मानिसहरु डराइरहेका छन् । अष्ट्रेलियामा अनुमति पाएको फाइजरको खोप भने उसले सीमित मात्रामा पाइरहेको छ ।

बीबीसीबाट

सम्बन्धित समाचार

मछिन्द्र क्लबले जित्यो ए डिभिजन लिगको उपाधि

काठमाडौं, फागुन ३–कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको उपाधि मछिन्द्र क्लबले जितेको छ। शनिबार भएको लिगको अन्तिम खेलमा विभागीय त्रिभुवन आर्मी क्लबलाइ १–० गोलले हराउादै मछिन्द्रले पहिलोपटक ए डिभिजन लिगको उपाधि जितेको हो। दशरथ...

कक्षा ११ र १२ को परीक्षा स्थगित

कक्षा ११ र १२ को परीक्षा स्थगित भएको छ । परीक्षा बोर्डको आज बसेको बैठकले अर्को सूचना नआएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै...

२७ जना तेक्वान्दो खेलाडीको बेल्ट ग्रेडिङ

विराटनगर । विराटनगर १३ मा रहेको पूर्वाञ्चल विद्या सदन वोर्डिङ स्कुलले २७ जना तेक्वान्दो खेलाडीको बेल्ट प्रमोसन ग्रेडिङ सम्पन्न भएको छ । स्कुल परिसरमा एक कार्यक्रम आयोजना गरि ग्रेडिङ सम्पन्न गरेको हो । उक्त कार्यक्रममै...

सीमावर्ती जंगलमा नेपालीको गोली हानी हत्या

बर्दीया, १७ असार । बर्दियाको नेपाल–भारत सीमाक्षेत्रको जंगलमा निउरो टिप्न गएका एक नेपालीमाथि गोली प्रहार भएको छ । बिहीबार साँझ बर्दियाको गुलरिया नगरपालिका– ३ का ५४ वर्षीय हेमराज गोडियालाई गोली हानिएकाे हो ।उनीमाथि भारतीय वनरक्षकले...

निर्माण व्यवसायी संघ मोरङको पदस्थापन, अध्यक्षमा महेश कुमार मिश्र निर्विरोध निर्वाचित

विराटनगर । निर्माण व्यवसायी संघ मोरङको अध्यक्षमा महेश कुमार मिश्र निर्विरोध निर्वाचित भएका छन् । संघको विराटनगरमा सोमबार सम्पन्न भएको १६ औं अधिवेशनबाट मिश्र अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्षमा निर्विरोध निर्वाचित भएका मिश्रको...

जनवरीदेखि कोरोनाको खोप दिने क्यानडाको तयारी

एजेन्सी, १९ मंसिर-क्यानडा सरकारले आगामी जनवरीदेखि आफ्नो देशमा कारोना विरुद्धको खोप दिने तयारी गरेको छ । क्यानडामा खोप वितरण कार्यको जिम्मेवारी पाएका मेजर जनरल डेनी फोर्टीनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा खोप वितरण गर्नेगरी तयारी भइरहेको...

कोरोनाबाट थप नौ जनाको मृत्यु, मृतकको संख्या ६४५ पुग्यो

काठमाडौं, २६ असोज-कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टाको अवधिमा थप नौ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा दुई महिला र सात पुरुष संक्रमितको निधन भएको हो । कोरोना...

जसपा नेता उमेश यादवद्वारा पार्टी परित्याग घोषणा

विराटनगर, १० वैशाख । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् सदस्य उमेश यादवले पार्टी परित्याग गरेको घोषणा गर्नु भएको छ । उहाँले शनिबार पत्रकार सम्मेलनमा पार्टीको साधारण सदस्य पदमा नरहने गरी पार्टी छाडेको जानकारी दिनुभयो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्