मोरङ व्यापार संघ ट्रेड एक्स्पो शुक्रबारबाट, प्रधानमन्त्रीले उद्घाटन गर्ने

 न्यूज विराट
मोरङ व्यापार संघ ट्रेड एक्स्पो शुक्रबारबाट, प्रधानमन्त्रीले उद्घाटन गर्ने

विराटनगर । मोरङ व्यापार संघ ट्रेड एक्स्पो २०२३ –को आज शुक्रबारबाट सुरु हुने भएको छ । विराटनगर २ स्थित विराट नर्सिङ होम पूर्व शंकरपुर मार्गमा पुस ६ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने एक्स्पो मोरङ व्यापार संघले आयोजना गरेको हो ।

बिहीबार पत्रकार सम्मेलन गरी एक्स्पोको सम्पूर्ण तयारी पुरा भएकोले दश दिनसम्म संचालन हुने उक्त एक्स्पोको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् ।
संघका अध्यक्ष नविन रिजालले एक्स्पोलाई भव्य रुपमा सम्पन्न गर्न ४ करोड रुपैयाँ खर्च हुने र ४ लाख भन्दा बढीले एक्स्पोको अवलोकन गर्ने जानकारी दिए । एक्स्पोमा नेपाल, भारत, बंगलादेश र पाकिस्तानका गरेर २ सय ४० भन्दा बढी स्टल रहने र एक्स्पो अवधिभर ११ दिनमा १० करोड भन्दा बढीको कारोबार हुने अध्यक्ष रिजालले बताए । एक्स्पोमा आइफिल टावर पनि रहने उनले बताए । ‘यो आइफिल टावर ७० फिट अग्गो हुन्छ । यो आफैमा नौलो हो । आइफिल टावर हेर्ने र यसमा फोटो खिच्नेको भिड लाग्नेछ । सेल्फी स्टेन हुनेछ । जहाँ बसेर मेलामा आउने अवलोकनकर्ताहरुले नर्धिक्क भएर फोटो खिच्न पाउँनेछन्,’ उनले भने । एक्स्पोमा चिल्डेन पार्क पनि रहने उनले बताए । ‘जहाँ मेलामा आउने साना बालवाकिालहरुले दिनभरी रमाइलो गर्ने बावतरण हामीले बनाउने छौं,’ अध्यक्ष रिजालले बताए । एक्स्पोमा फेशन शो, गायन र नृत्य प्रतियोगिता हुनेछ । यसमा विभिन्न स्कुलमा अध्ययरत विद्यार्थीहरुले भाग लिनेछन् । बिजेताले नगद एक लाख पाउने उनले बताए ।


संघका उपाध्यक्ष तथा एक्स्पो संयोजक अनिल साहले एक्स्पोमा इटहरीको पाँच तारे सोल्टी होटलको खाना खाने स्टल पनि रहेको बताए ।
पाकिस्तानको लेदर उद्योग, बंगलादेशको गार्मेन्ट उद्योग, भारतको कृषि उद्योग र नेपालको हिमाल, पहाड र तराईको औद्योगिक उत्पादनको सामान एक्स्पो स्टलबाट ५ देखि १० प्रतिशतसम्म छुटमा बिक्री हुने भएकोले त्यसको भरपुर फाइदा उठाउन कोशी प्रदेशवासीलाई संयोजक साहले आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

मेयर नै आन्दोलनमा

जनकपुर, माघ २१–पत्रकार कुटपिट प्रकरणमा आफूनिकटका व्यक्ति पक्राउ परेपछि जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साह आन्दोलनमा उत्रिएका छन् । साहनिकट मानिने धर्मेन्द्र साहलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो । नगर प्रमुख साह धर्मेन्द्रलाई छुटाउन आफंै...

सकियो पाँच दिने टेबल टेनिस

विराटनगर । विराटनगरमा पाँच दिने टेबुल टेनिस तालिम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय टेबुल टेनिस महासंघ (आइटीटीएफ) को आर्थिक तथा प्राविधिक सहयोग तथा विराटनगर टेबुल टेनिस क्लबको आयोजनामा पाँच दिने तालिम सम्पन्न भएको हो ।...

९२ हजार मेट्रिक टन चामल मौज्दात

काठमाडौं, ८ जेठ-खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र निजी क्षेत्रसँग गरी ९१ हजार ५ सय ४ मेट्रिक टन चामल मौज्दात छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार कम्पनीसँग १६ हजार...

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ लाख नाघ्यो

एजेन्सी, साउन ३-विश्वमा कोरोना भाइरस संक्रमणका कारण ६ लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ । सो संगठनकाअनुसार शनिबार साँझसम्म विश्वभरीमा १ करोड ४२ लाख २८ हजार १८५...

पशुपतिनाथमा विशेष पूजा फागुन २५ देखि सुरु हुने

पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षदेखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि सुरु हुने भएको छ । कोरोना जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन कृष्ण एकादशीदेखि विशेष पूजा सुरु गर्न...

असोज १ बाट लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन

काठमाडौं, २५ भदौ-नेपाल राष्ट्र बैंकले जारी गरेको चालू आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमा यातायात क्षेत्रलाई कोरोनाका कारण भएको लकडाउनलगायतका कारण अति प्रभावितको वर्गमा राखे पनि कार्यविधिमा भने मध्यम प्रभावित भनिएपछि यातायात व्यवसायीले त्यसको विरोध...

राखेपको बोर्ड सदस्यमा ६ जना मनोनीत

काठमाडौं, १५ साउन-राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड सदस्यमा ६ जना मनोनीत भएका छन् । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रका विभिन्न सङ्गठनमा रहेर काम गरिसकेका ६ जनालाई बोर्डमा नियुक्त गरेका हुन् । रिम रानाभाट,...

संसारकै सम्पन्न शहरमा थाङ्नाको मास्क

एजेन्सी, चैत १५-अमेरिकाको समृद्ध राज्य न्यूयोर्क यतिबेला इतिहासको सबैभन्दा खतरनाक महामारीसँग जुधिरहेको छ । कोरोना भाइरसबाट शुक्रबार मात्र ८५ न्यूयोर्कवासीले ज्यान गुमाएका छन् । अहिलेसम्म न्यूयोर्कमा ४० हजार मानिस कोरोना संक्रमित भएको पाइएको छ ।हालत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्