पशुपतिनाथमा विशेष पूजा फागुन २५ देखि सुरु हुने

 न्यूज विराट
पशुपतिनाथमा विशेष पूजा फागुन २५ देखि सुरु हुने

पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षदेखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि सुरु हुने भएको छ । कोरोना जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन कृष्ण एकादशीदेखि विशेष पूजा सुरु गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए ।  हाललाई एक हजार १०० देखि २७ हजार रुपैयाँसम्मका विशेष पूजामात्र पशुपतिनाथ मन्दिरमा गरिनेछ । पशुपतिनाथ मन्दिरमा एक हजार १०० देखि २५ लाख रुपैयाँसम्मको विशेष पूजा हुने गरेको छ ।

कोषले महाशिवरात्रिको अवसर पारेर स्वास्थ्य सुरक्षाका विधि अपनाउँदै विशेष पूजा खुला गर्न लागेको हो । फागुन २७ गते बिहीबार महाशिवरात्रिका दिन भने पाँच हजार १०० र ११ हजारका गरी दुई किसिमका विशेष पूजामात्र गर्ने गरी तयारी गरिएको जानकारी पनि उनले दिए ।

महाशिवरात्रिका दिन पाँच हजार १०० को रसिद काटी विशेष पूजा गर्नेबाट दुई र ११ हजारको रसिद काटी पूजा गर्नेका तर्फबाट चार जना कर्तालाई मन्दिरमा दर्शन गर्ने व्यवस्था मिलाइने कोषले जनाएको छ ।

कोषले विशेष पूजाको रसिद काटेर पूजा गराउने विधि छ । विशेष पूजाबाट कोषलाई वार्षिक नौदेखि १० करोडसम्म आम्दानी हुने गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा विशेष पूजाबाट नौ करोड ४० लाख ९३ हजार १४५ रुपैयाँ आम्दानी भएको थियो ।

गत वर्ष चैतदेखि नै कोरोनाका कारण विशेष पूजा रोकिएको थियो । कोरोनाका कारण करीब नौ महिना मन्दिरसमेत बन्द भई विशेष पूजा रोकिँदा पनि ६ करोड एक लाख ८९ हजार ४७५  रुपैयाँ आय भएको कोषाध्यक्ष थापाले बताए ।

सम्बन्धित समाचार

विद्याथीको रोजाइमा विराटनगरको इस्टर्न कलेज अफ इन्जिनियरिङ

विराटनगर । इन्जिनियरिङ अध्ययनप्रतिको विद्यार्थीको आकर्षण घटेको छैन । बरु यो आकर्षण अहिले पनि नघटी वरु अझ बढ्दो छ । पढाइ सक्ने बित्तिकै रोजगारी सहज रुपमा पाउने भएपछि इन्जिनियरिङप्रति आकर्षण बढेर गएको हो । विद्याथीको...

मन्त्री कार्कीद्वारा कारागारभित्र मानवअधिकार प्रवर्धनमा जोड

पाँचथर । प्रदेश नम्बर एक सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले कारागारमा रहेका कैदीबन्दीको मानवअधिकार रक्षा हुनुपर्नेमा जोड दिनुभएको छ । सोमबार मन्त्रालयले पाँचथर कारागारमा आयोजना गरेको कारागारभित्र मानवअधिकार प्रवर्धन तथा कानूनी सचेतना कार्यक्रममा...

अध्यक्षद्वयकाे प्रस्तावमाथि छलफल जारी

काठमाडौं, २६ भदौ-बालुवाटारमा जारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा केहीबेर बसेर अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली बाहिरिएका छन् । झण्डै डेढ महिनाअघि स्थगित बैठक अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त अध्यक्षतामा बिहिबार...

कोरोनाको खोप बन्ने आशा निराशामा बदलियो

एजेन्सी, बैशाख १२ -कोरोना भाइरसको संक्रमणमा एक प्रभावकारी एन्टस् भाइरल ड्रग असफल भएको छ । यो यसभन्दाअघि ¥यान्डम क्लिनिकल परीक्षणमा असफल भएको थियो । यसलाई लिएर संसारभरमा निकै आशा गरिएको थियो । यसको नाम रेमडेसिभियर...

पद चाहिने भए महाधिवेशन कुर्नुपर्छ : गोकुल बाँस्कोटा

नेकपाका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेकपामा अहिले पद चाहिने पार्टीको आउँदो महाधिवेशन कुर्न आग्रह गरेका छन् । उनले शुक्रबार काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-१, सापिङस्थित रिट्ठेमा आज सेतीदेवी माध्यमिक विद्यालयको तीनतले १२ कोठे भवनको उद्घाटनका क्रममा नेकपामा पदको...

रुसमा करिब एक लाख मानिस कोरोनालाई जितेर घर फर्किए, नेपालीमा छैन संक्रमण

मस्को, जेठ ९–रुसमा कोरोना भाईरस (कोभिड–१९) को संक्रमकणबाट निको भएर घर फर्किनेको संख्या करिक १ लाख पुगेको को । शुक्रबारसम्म रुसमा ९९ हजार ८ सय २५ जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् । पछिल्लो २४...

एकैदिन देखियो १० जनामा कोरोना संक्रमण, नेपालगञ्जमा मात्रै ९ जना

काठमाडौं, २१ वैशाख-नेपालमा आइतबार थप १० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार नेपालगञ्जमा ९ र पर्सामा १ गरी १० जनामा कोरोना पोजेटिभ देखिएको हो । मन्त्रालयका...

प्रदेश १ मा १० वर्षमा तीन हजार ८७७ आगलागीको घटना

विराटनगर, ५ माघ । विपद् घण्टी बजाएर नआउने भएकोले यसबाट बच्नु बचाउनु नै सबै भन्दा राम्रो उपाय रहेको धारणा सहभागीहरुले राखेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आज विराटनगरमा आयोजित वन डढेलो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्