मुटुरोग उपचार केन्द्र बनाउने हस्पिटलको निरीक्षण

 न्यूज विराट
मुटुरोग उपचार केन्द्र बनाउने हस्पिटलको निरीक्षण

विराटनगर । कोशी प्रदेश सरकारले विराटनगरस्थित सक्रामक रोग तथा सघन उपचार केन्द्रलाई मुटुरोग उपचार केन्द्र बनाउने तयारी गरेको अस्पतालको निरीक्षण गरिएको छ ।

वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर भगवान् कोइरालासहितको प्राविधि टिमले बुधबार साझ निरीक्षण गरेका हुन् । सघन उपचार केन्द्रलाई कोशी प्रदेश सरकारले शैलजा आचार्य मुटु रोग उपचार केन्द्र सञ्चालन गर्ने बताएको छ । तेही अनुसार अस्पताल संचालनको लागि डा. कोइरालासहित मुख्यमन्त्री केदार कार्की, स्वास्थ्य मन्त्रालयका सचिब डा. सुधा देवकोटालगायतको टिमले निरीक्षण गरेको छ ।

कोशी कोभिड—१९ उपचार केन्द्रलाई अघिल्लो सरकारले सक्रामक रोग तथा सघन उपचार केन्द्र बनाएको थियो । महामारीको रूपमा फैलिएको कोभिड—१९ संक्रमणको बेला तत्कालीन प्रदेश सरकारले उक्त अस्पताल सञ्चालनमा ल्याएको थियो । अहिले सरुवा रोग सम्बन्धीका उपचार हुने गरेको छ । अहिले यो अस्पतालमा दैनिक ओपिडीमा एक सय जना विरामीले स्वास्थ्य परीक्षण गर्दै आएका छन् । तीन जना मेडिकल अधिकृत सहित ३६ जना जनशक्ति रहेको छ ।

९६ बेड रहेको केन्द्रमा २० वटा आइसियु रहेका छ । ३५ वटा भेन्टिलेटर रहेको छ । कोभिडको महामारी भएको बेलामा कोभिड १९का बिरामीको उपचार हुने गरेको थियो भने धरान लगायतका कोशी प्रदेशमा डेगुको महामारी भएको बेलामा डेगुको उपचार हुने गरेको थियो । सक्रामक रोग तथा सघन उपचार केन्द्रको अनुगमन गर्दै डाक्टर कोइरालाले अस्पतालमा भएका उपकरण जनशक्तिहरूका बारेमा बुझेर मात्रै थप भन्न सकिने बताए । ‘अहिले निरीक्षण गर्ने काम भयो । यहाँको उपकरण र जनशक्तिको विषयमा थप छलफल हुनेछ । त्यसपछि कसरी अगाडी लैजान सकिन्छ तयारी गरिनुपर्ने हुन्छ,’ उनले भने

सम्बन्धित समाचार

ढुंगाले किचेर १ जनाको मृयु

विराटनगर, १६ मंसिर । संखुवासभा चिचिला गाँउपालिका ३ सोलाखानी स्थितमा ढुंगाले किचेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अरुण तेस्रो जलबिधुत आयोजनामा काम गर्ने कामदार भारत मध्य प्रदेश का ४५ बर्षिय मुगेरी लाल...

खुल्ला प्रतिस्पर्धाबाट प्रअ नियुक्तको व्यवस्था मिलाउन मेयर कोइरालाको सुझाव

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सामुदायिक विद्यालयको शैक्षिण गुणस्तर वृद्धिका लागि खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छान्ने व्यवस्था मिलाउन सुझाव दिनुभएको छ ।शिक्षामन्त्री सुमना श्रेष्ठले आयोजना गरेको महानगरपालिकाका प्रमुखहरूसितको जुम मिटिङमा मेयर कोइरालाले खुल्ला प्रतिस्पर्धाबाट...

वामदेवका लागि मैदान खाली गर्न महेश बस्नेत तयार

नेकपा केन्द्रीय सदस्यसमेत रहेका सांसद महेश बस्नेतले पार्टी उपाध्यक्ष वामदेव गौतमका लागि सिट खाली गर्न तयार रहेको बताएका छन् ।गाैतमलाई प्रतिनिधिसभामा ल्याउने चर्चाका माझ भक्तपुर निर्वाचन क्षेत्र नं. २ का सांसद बस्नेतले सिट खाली गर्न...

तेस्रो प्याब्सन कप : गौतमबुद्ध, गोदावरी र सेन्टजोसेफ विजय

विराटनगर । विराटनगरमा जारी तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरका तीन स्कुल विजयी भएका छन् । विराटनगरको सहिद मैदानमा मंगलबार भएको खेलमा गौतमबुद्ध, गोदावरी र सेन्टजोसेफ स्कुल विजयी भएका हुन् । पहिलो खेलमा...

अंग दानको लागि जनचेतना बढाउनुपर्नेमा जोड

विराटनगर । मस्तिष्क मृत्युपश्चता अंग दान गराउनको लागि जनचेतना बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।नेपालमा मस्तिष्क मृत्युसम्बन्धी बलियो ऐन बनिसकेको कारणले अब जनचेतना बढाएर मस्तिष्क मृत्युपश्चात अंग दान गर्नको लागि अभिपेरीत गरिनुपर्नेमा बताएका हुन् ।...

एभर्टनसँग बराबरीमा रोकियो लिभरपुल

एजेन्सी, १ कात्तिक-दुई पटकको अग्रता जोगाउन नसक्दा इंग्लिस प्रिमियर लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन लिभरपुल, एभर्टनसँग बराबरीमा रोकिएको छ ।  शनिबार भएको ‘मर्सीसाइड डर्बी‘मा एभर्टनसँग लिभरपुल २–२ गोलको बराबरीमा रोकिएको हो । तेस्रो मिनेटमा साडियो मानेको...

कोशी प्रदेश सरकारविरुद्धको रिट तेस्रो दिन पनि हेर्न नभ्याइनेमा

काठमाडौं । कोसी प्रदेश सरकारविरुद्धको रिट आज पनि हेर्न नभ्याइने भएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा परेको उक्त रिट बिहानै हेर्न नभ्याइने भन्दै स्थगित भएको छ । यसअघि, दुईपटक सुनुवाइ तोकिएको भए पनि हेर्न...

झापामा आजदेखि निषेधाज्ञा खुकुलो

झापा, १ भदौ । झापामा विगत दुई सातादेखि लगाइँदै आएको निषेधाज्ञा आजदेखि खुकुलो भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले बिहान १० देखि बेलुका ६ बजेसम्म सबैखाले पसल, सटर खुला गर्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्