अन्तःशुल्कको स्टिकरसहित व्यापारी पक्राउ प्रकरण, १९ लाख ८८ हजार धरौटिमा रिहा

 न्यूज विराट
अन्तःशुल्कको स्टिकरसहित व्यापारी पक्राउ प्रकरण, १९ लाख ८८ हजार धरौटिमा रिहा

विराटनगर । एक पटक प्रयोग भइसकेको अन्तःशुल्कको स्टिकर पुनप्र्रयोग गरेर राज्यलाई कर छली गरेको आरोपमा पक्राउ परेका व्यापारी मोरङको धनपालथान गाउँपालिका – ४ का ४८ वर्षीय सुनीलकुमार राजवंशी झण्डै २० लाख रुपैयाँ धरौटिमा रिहा भएका छन् ।

आन्तरिक राजस्व कार्यालय विराटनगरले राजवंशीलाई १९ लाख ८८ हजार रुपैयाँ धरौटि तोकेको छ । राजस्व कार्यालयले तोकेको धरौटि रकम बुझाएर चौधरी रिहा भएको आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डा. डि.बी. क्षेत्रीले जानकारी दिए ।‘धरौटि रकम बुझाएपछि रिहा भएका छन् । मुद्दाको अन्तिम किनारा लागिसकेको भने छैन । अहिले पनि अनुसन्धान भइरहेको छ । व्यापारी राजवंशीलाई हामीले बयानको लागि प्रत्येक हप्ता कार्यालयमा बोलाएका छौं,’ उनले भने ।

मंसिर १६ गते राजवंशीलाई इलाका प्रहरी कार्यालय रंगेलीले ‘रेडीमेड टोबाक्को’ लेखिएको ३ हजार १ सय ४० थान अन्तःशुल्क स्टिकर बरामद गरेको थियो । प्रहरीले राजवंशीको केशव किराना पसलबाट प्रयोग भइसकेर पुनप्र्रयोगको लागि संकलन गरिएको अन्तःशुल्कको स्टीगर बरामद गरेको थियो ।

भोला गुट्खालगायतका सूर्तीजन्य पदार्थको ‘प्याकेट’मा प्रयोग हुने स्टिकर दुरुपयोग भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । पक्राउ परेका राजवंशीले कर्सिया बजरादेखि पूर्वी सहरसम्मका सूर्तीजन्य पदार्थमा लगाएको अन्तःशुल्कको स्टिकर भण्डारन गरि राख्ने गरेका थिए । उक्त अन्तःशुल्कको स्टिकर प्रतिगोटा पसलहरुसँग २ देखि ३ रुपैयाँमा खरिद गर्ने र उनले बुटुवलमा रहेको श्री राम उद्योगले उत्पादन गर्ने ‘करेन्ट’ गुटमा पुनः प्रयोगको लागि पठाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनले उद्योगलाई ५ देखि ७ रुपैयाँ प्रति गोटा अन्तः शुल्कको स्टिकर विक्री गर्ने गरेको पाएको छ । राजवंशीले एउटा अन्तःशुल्कको स्टिगरबाट २ देखि ३ रुपैयाँसम्म नाफा लिएर उद्योगलाई विक्री गर्दै आएको प्रहरीले जनाएको छ । राजवंशी विगत एक वर्षदेखि उनले यस्तो काम गर्दै आएको बुझिएको छ ।

सम्बन्धित समाचार

एमाले मोरङको सम्पूर्ण शक्ति ग्रामथानको निर्वाचनमा केन्द्रीत

रंगेली । आगामी मंसिर १६ गते हुने उप निर्वाचनका लागि नेकपा (एमाले) मोरङको सम्पूर्ण शक्ति ग्रामथान गाउँपालिकामा केन्द्रीत भएको छ । ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि हुने उप निर्वाचनको परिणाम एमालेको पक्षमा पार्न पार्टी मोरङको...

आत्मनिर्भर बनाउन हस्तकला सम्बन्धी तालिम

विराटनगर । हस्तकला सम्बन्धी सिपमुलक एक हप्ते तालिम सम्पन्न भएको छ । करुणा फाउन्डेसन नेपाल र फेयर मेड फाउन्डेसनको आयोजनामा अपाङ्गता भएका ब्यक्ति, परिवारका सदस्यहरू र कुष्ठ तथा हात्तीपाइले प्रभावित व्यक्तिहरूका लागि हस्तकला सम्बन्धी सिपमुलक...

आयुर्वेद स्वास्थ्यकर्मीद्धारा होलीमा शुभकामना आदनप्रदान कार्यक्रम

विराटनगर । नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज कोशी प्रदेशले होली पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । समाजले विराटनगरमा एक कार्यक्रम आयोजना गरी शुभकामना आदान प्रदान गरेको हो । सोही अवसरमा क्यालेन्डर विमोचन पनि...

सुदूपश्चिममा संक्रमितको संख्या ९२ पुग्यो

डडेल्धुरा, २३ जेठ-सुदूरपश्चिम प्रदेशमा थप ६ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार  धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ९२ पुगेको...

विराटनगरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा व्यापार मेला सुरु

विराटनगर । विभिन्न सामाजिक कार्यहरु गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले व्यापार मेला आयोजना गरेको छ । क्लबले विराटनगरस्थित सिटी प्यालेसमा व्यापार मेला ‘रोटरी ट्रेड फेयर’ आयोजना गरेको हो ।  मेलामा ५० भन्दा बढी...

अर्किड डान्सिङ स्टार सुरू, बिजेताले ५० हजार बराबरको पुरस्कार पाउने

विराटनगर । विराटनगरमा रहेको अर्किड स्कुलले ‘अर्किड डान्सिङ्ग स्टार’ सिजन –१ सुरु गरेको छ । विद्यार्थीहरुमा भएको प्रतिभाको खोजी गर्दै उनीहरुको व्यक्तित्व विकास गर्ने उद्देश्यले स्कुलले ‘अर्किड डान्सिङ्ग’ स्टार सिजन १ सुरु गरेको हो ।...

मुख्यमन्त्री राईद्धारा गणतन्त्र दिवसको शुभकामना

विराटनगर, जेठ १५–प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । गणतन्त्र दिवस २०७७ को अवसरमा ज्ञात अज्ञात अमर शहीदहरूप्रति श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

देशभर कोरोना संक्रमणबाट १० जनाको मृत्यु

काठमाडौं, ४ असोज-गत २४ घण्टामा नेपालमा थप १० कोरोना संक्रमितको मृत्यु भएको छ । आज ६ महिला चार पुरुष गरी १० जना संक्रमितको निधन भएको हो ।  आज काठमाडौंका चार, ललितपुर, भक्तपुर, चितवन, रूपन्देही र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्