विराटनगरमा रानी मिनी महोत्सव सुरू, पहिलो दिन स्थानीय कलाकारको दमदार प्रस्तुती
बुधबार, २० मंसिर, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगरको मिल्स एरियामा रानी मिनी महोत्सव सुरु भएको छ । मिल्स भेट्रान्स् क्बलको आयोजनामा विराटनगरमा आजबाट महोत्सव सुरु भएको हो । महोत्सवको उद्घाटन विराटनगर १५ का प्रकाशत साह र १६ का वडाअध्यक्ष उद्धव भुजेलले संयुक्त गरे ।
मंसिर २० देखि पुस २० गतेसम्म महोत्सव लाग्नेछ । महोत्सवको पहिलो दिन स्थानीय कलाकारहरुको प्रस्तुतीले रमाइलो भएको थियो । स्थानीय रोयल भाइस स्टुडियोका कलाकारहरुको नृत्य प्रस्तुत गरी सहभागिहरुलाई रमाइलो गरे । उनीहरुले हिन्दी, नेपाली र रिमिक्स गीतहरुमा नृत्य गरि मनोरञ्जन प्रदान गरेका थिए । शनिबार राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुती रहने बताइएको छ ।
महिनादिनसम्म लाग्ने महोत्सवमा एक दर्जन बढी स्टलहरु रहने महोत्सव संयोजक मिलन थापाले जानकारी दिए । मिल्स भेट्रान्स क्बलले राष्ट्रिय स्तरको खेलाडीहरु उत्पादन गर्नको लागि विराटनगर जुट मिल्सको खेल मैदानमा एक वर्षदेखि १५ देखि १६ वर्ष माथिका बालवालिकाहरुलाई प्रशिक्षण गराउँदै आएका छन् । नियमित ७० देखि एक सयसम्म साना बालवालिकाहरु प्रशिक्षणमा रहेका छन् । खेलकुद क्षेत्रको विकास गर्दै साना बालवालिकाहरुलाई राष्ट्रिय स्थरसम्म पुग्ने खेलाडी उत्पादन गर्नको लागि सहयोग पु¥याउने उद्देश्यले महोत्सव आयोजना गरिएको मिल्स भेट्रान्स क्लबका अध्यक्ष इन्द्र राज थापाले जानकारी दिए । महोत्सवबाट आम्दानी भएको रकम खेलाडीहरुको प्रशिक्षण खर्च गरिने उनले बताए ।
महोत्सवमा मनोरञ्जनत्मक कार्यक्रमहरु हुने भएको छ । दैनिक राष्ट्रिय र स्थानीय कलाकाहरुबाट मनोरञ्जन प्रदान गर्नुको साथै हस्तकलाका सामाग्री, खाद्य र मनोरञ्जनका स्टलहरु रहने महोत्सव संयोजक थापाले बताए । महोत्सवमा दैनिक २ हजार बढीले अवलोकन गर्ने अपेक्षा आयोजकले राखेको छ ।
विराटनगर, चैत १५–आइतबारदेखि धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि कोरोनाभाइरस(कोभिड–१९) को परीक्षण सुरू हुने भएको छ । परीक्षणका लागि सबै तयारी पूरा भइसकेको प्रतिष्ठानका इन्टरनल मेडिसिन विभाग प्रमुख डा. संजिवकुमार शर्माले बताए। विभिन्न...
काठमाडौं, १ मंसिर-पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ९७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ८३२ नमुना परीक्षण गर्दा १ हजार १ सय ९७ जना...
काठमाडौं, २५ साउन-राज्यले गर्ने लगानी कम र स्वास्थ्य पूर्वाधार कमजोर भए पनि, प्रशंसनीय कुरा- कोरोना संक्रमितको उपचार सफलतामा हालसम्म नेपाल अगाडि छ । शनिबार साँझसम्मको तथ्यांकअनुसार विश्वभर संक्रमितमध्ये ६४.२२ प्रतिशत निको भएका छन् । सार्क...
विराटनगर । विराटनगर – १६ रानीमा रहेको गौतम बुद्ध स्कुलले छैटौं फन फिष्टा तथा ४४ औं वार्षिक उत्सव कार्यक्रम मनाएको छ । स्कुल परिसरमा बुधबार एक कार्यक्रम आयोजना गरी फन फिष्टा तथा वार्षिक उत्सवमा विभिन्न...
विराटनगर । जय मिडिया म्यानेजमेन्टको आयोजनामा हुन लागेको बालबालिकालक्षित रियालिटी शो ‘नेपाल किड्स आइडल’ को स्कुल एक्टिभेसन कार्यक्रम सुरु भएको छ । शोको प्रचारप्रसार तथा सहभागी अभिरुचिलाई प्रोत्साहन गर्न आयोजकले विभिन्न विद्यालयमा पुगेर स्कुल एक्टिभेसन...
विराटनगर, २२ भदौ–कोरोना भाइरसको संक्रमणबाट मोरङमा थप २ जनाको मृत्यु भएको छ । एक जनाको आइतबार र एक जनाको सोमबार विहान मृत्यु भएको हो । विराटनगरस्थित कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका–१० का...
विराटनगर । कोशी प्रदेश स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता शनिबारदेखि विराटनगरमा हुँदैछ । शुक्रबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा कोशी खेलकुद विकास बोर्डको संयोजनमा कोशी प्रदेश आईटीएफ तेक्वान्दो संघले दुई दिने प्रदेश स्तरीय प्रतियोगिता गर्न लागेको जानकारी...
काठमाडौं, असोज २७ । नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । साफको इतिहासमा बुधबार पहिलो पल्ट नेपालले फाइनल यात्रा तय गरेको हो । नेपाललाई फाइनल पुग्न एक अंक चाहिएकोमा बंगलादेशलाई राउन्ड रोबिनको आफ्नो अन्तिम खेलमा १–१...