आईटीएफ तेक्वान्दो शनिबारदेखि, १३५ खेलाडीको सहभागि

 न्यूज विराट
आईटीएफ तेक्वान्दो शनिबारदेखि, १३५ खेलाडीको सहभागि

विराटनगर । कोशी प्रदेश स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता शनिबारदेखि विराटनगरमा हुँदैछ । शुक्रबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा कोशी खेलकुद विकास बोर्डको संयोजनमा कोशी प्रदेश आईटीएफ तेक्वान्दो संघले दुई दिने प्रदेश स्तरीय प्रतियोगिता गर्न लागेको जानकारी दिएको छ ।

कोशी प्रदेश आईटीएफ तेक्वान्दो संघका संस्थापक अध्यक्ष तथा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीले विराटनगर–९ स्थित पुरानो गुद्री बजारमा शनिबार र आइतबार तेक्वान्दोको प्रदेश स्तरीय प्रतियोगिता हुन लागेको बताए ।
उनले खेलाडीहरु नियमित अभ्यास गरे पनि प्रतियोगिता खेल्न नपाउँदा उनीहरुमा भएको प्रतिभा नदेखिने भएकाले पनि यस्ता प्रकारका प्रतियोगिता नियमित हुन जरुरी रहेको प्रस्टाए । खेलाडी जति प्रतियोगिताहरु खेल्छन्, त्यत्ति नै उनीहरुमा निखारपन आउँछ । पछिल्लो समय कोशी खेलकुद विकास बोर्डले तेक्वान्दोसहित अन्य खेलका प्रतियोगिता गर्न थालेको कार्कीले बताए ।
अध्यक्ष कार्कीले भने, खेल र खेलाडीको विकासका लागि तीन तहका सरकारबीच समन्वय हुन जरुरी रहेको छ । पर्याप्त बजेट सरकारले नदिँदा खेल र खेलाडीको विकास भने जस्तो हुन सकेको छैन ।’
२ दिनेसम्म हुने प्रतियोगितामा कोशी प्रदेशको मोरङ, सुनसरी, झापा, इलाम पाँचथर, ताप्लेजुङ, भोजपुर, उदयपुर र आयोजक टिमले प्रतिस्पर्धा गर्ने छ । एकल पुरुष र महिला स्पायरिङ तथा एकल पुरुष र महिला प्याटनमा विभिन्न उमेर समूहर र बेल्टका १ सय १७ जना खेलाडीसहित प्रशिक्षक र टिम व्यवस्थापन गरी १३५ जनाको सहभागिता रहने बताइएको छ ।
प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले गर्ने छन् ।

सम्बन्धित समाचार

ऋचा मेमोरियल टी–२० क्रिकेट : दिल्लीलाई हराउँदै नेपाल पुलिसको सानदार जित

विराटनगर । विभागीय टिम नेपाल पुलिस प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा विजय सुरूवात गरेको छ । पाहुना टिम दिल्ली युनिाईटेड क्रिकेट क्लबलाई ७ विकेटले स्तब्ध बनाउँदै पुलिस विजय भइ २ अंक जोड्न...

माओवादीको अभियानअन्तर्गत विराटनगरमा निःशुल्क आँखा शिविर, तीन सय बढीको आँखा जाँच

विराटनगर । नेकपा माओवादी केन्द्रले विराटनगरमा शनिबार बिहान निःशुल्क निःशुल्क आँखा जाँच शिविर आयोजना गरेको छ। तीनमहिने जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत विराटनगर ४ खारजीमा निःशुल्क आँखा शिविर आयोजना गरिएको हो। माओवादी विराटनगर महानगर ४...

मोटरसाईकल चोर समात्न मोरङ प्रहरीको अपरेसन, दुई भारतीयसहित ६ जना पक्राउ

विराटनगर । मोरङ प्रहरीले मोटरसाईकल चोरी नियन्त्रण विशेष अपरेसन अन्तर्गत चोरीका मुख्य गिरोहसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने दुई जना भारती नागरीक पनि रहेका छन् । मोरङ र सप्तरी जिल्लाका विभिन्न स्थानहरूबाट...

कोवास कलेजद्धारा कक्षा १२ का विद्यार्थीलाई विदाई

विराटनगर । विराटनगर–१० मा रहेको कोवास कलेजले कक्षा १२ का विद्यार्थीलाई विदाई गरेको छ । कलेजले आज सएिको परिक्षामा सामेल भएका कक्षा १२ का विज्ञान तथा व्यवस्थापन संकायका करिव २ सय ५० विद्यार्थीलाई मायाको चिनो...

पाकिस्तानी प्रधानमन्त्री खानले गरे ओलीको स्वास्थ्यलाभको कामना

काठमाडौं, फागुन २१–पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आज एक सन्देश पठाई प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने भएपछि विभिन्न देशका राष्ट्रप्रमुखले स्वास्थ्य लाभको कामना गर्दै सन्देश पठाइरहेको...

अध्यक्ष तिमिल्सिनाले गरे ७ प्रदेशका सभामुखसँग छलफल

काठमाडौं, ३ वैशाख-राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ७ वटै प्रदेशका सभामुखसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका छन् ।कोरोना भाइरस (कोभिड-१९) संक्रमणको नियन्त्रणमा प्रदेश र स्थानीय तहमा देखिएका समस्याको समाधानका लागि गरिएका प्रयासका विषयमा बुधबार अध्यक्ष तिमिल्सिनाले ७...

त्रिदेशीय टी–२० को फाइनलमा नेपालको विस्फोटक ब्याटिङ

काठमाडौं, २१ चैत । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशी टी–२० क्रिकेटको फाइनलमा नेपालले पावर प्ले (६ ओभर) मा दुई विकेट गुमाएको छ । पहिलो विकेटका रुपमा पाँचौ ओभरमा कुशल भुर्तेललाई गुमाएको नेपालले दोस्रो विकेट छैटौँ ओभरमा...

नगद सहित ब्राउन सुगर कारोबारमा संलग्न ४ जना पक्राउ

विराटनगर, १५ असार ।झापाको दमकबाट लागुऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ । हिजो दिउसो सँवा ३ बजे दमक-६ थाना रोड स्थितबाट ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गौरादह ५ वालुवथान का २६ बर्षीय विवेक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्