टि– २० रंगेली प्रिमियर लिग पुसको पहिलो साताबाट हुने

 न्यूज विराट
टि– २० रंगेली प्रिमियर लिग  पुसको पहिलो साताबाट हुने

विराटनगर । प्रथम संस्करणको टि– २० रंगेली प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । खेलकुद विकास समिति रंगेलीको आयोजनामा पुस ८ गतेदेखि क्रिकेट प्रतियोगिता हुने भएको हो ।

आयोजकले रंगेलीमा शनिबार पत्रकार सम्मेलन गरी पुस ८ गतेदेखि २२ गतेसम्म स्थानीय जनता क्याम्पसको खेलमैदानमा प्रतियोगिता हुने जानकारी गराएको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख रुपैयाँको साथै आकर्षक ट्रफी रहेको छ । उपबिजेताले नगद ५१ हजार रुपैयाँ पाउनेछन् । रंगेलीको खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले क्रिकेट प्रतियोगिता आयोजना गरिएको खेलकुद विकास समिति रंगेलीका अध्यक्ष बेदमणी घिमिरेले जानकारी दिए । ‘अहिले राखिएको प्रतियोगिताको पुरस्कार राशि बढन पनि सक्नेछ,’ उनले भने, ‘सहयोग गर्ने स्पोन्जर दाता राम्रो आउँदा हामी विजेता र उपबिजेताको राशी बढनेछौं ।’


प्रतियोगितामा रंगेलीका ६ वटा टिमको सहभागिता रहने खेल संयोजक अभिषेक मण्डलले जानकारी दिए । रंगेली नगरपालिका भित्रको खेलाडीको टिमहरु रहने उनले बताए । लिग चरणको आधारमा प्रतियोगिता हुनेछ । प्रत्येक खेलमा म्यान अफ द म्याचको पुरस्कार रहेको छ । प्रतियोगताको म्यान अफ द सीरिज हुने खेलाडीलाई नगद १० हजार, बेस्ट ब्याट्स म्यानलाई ५ हजार १ सय, बेस्ट बलरलाई ५ हजार १ सय, बेस्ट फिल्डरलाई ३ हजार ५ सय रुपैयाँ रहेको खेलकुद विकास समितिका सचिब राजन पनेरुले जानकारी दिए । प्रतियोगितामा दर्शकले क्याच गरेमा हरेक क्याचको १ सय रुपैयाँ पुरस्कार राखेको छ । हरेक खेलको म्यान अफ द म्याच हुने खेलाडीलाई १ हजार १ सय रुपैयाँ पुरस्कार पाउनेछन् । फाइनलको म्यान अफ द म्याच हुने खेलाडीलाई २ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिता सम्पन्न गर्न करिब १४ लाख ७५ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

प्रदेश–१ का उपनेता आङबोहाङद्वारा प्रचण्ड–नेपाल समुह छाडेको घोषणा

काठमाडौं, फागुन २२-प्रदेश–१ नेकपामा प्रचण्ड–माधव नेपाल समुहलाई शनिवार ठुलो झट्का लागेको छ । नेकपा संसदीय दलका उपनेता टंक आङबोहाङले नेकपा (दाहाल–नेपाल समूह)मा आफू नरहेको घोषणा गरेका छन् । दाहाल–नेपाल समूहको केन्द्रीय सदस्यसमेत रहेका उनि सो...

जनयुद्ध दिवसमा डिग्री क्याम्पसमा वृक्षारोपण

विराटनगर । विराटनगरस्थित डिग्री क्याम्पस परिसरमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम आयोजना गरिएको छ । अखिल क्रान्तिकारी डिग्री क्याम्पस इकाइले मंगलबार जनयुद्ध दिवसको अवसर पारेर क्याम्पस परिसरमा वृक्षारोपण र सरफाइ कार्यक्रम आयोजना गरेको हो ।नेकपा माओवादी...

१ सय २२ चिनियाँ नागरिक पक्राउ

काठमाडौं, पुस ७–प्रहरीले सोमबार गैरकानुनी रुपमा काठमाडौंमा बसेर विभिन्न आपराधिक गतिविभिका संलग्न १ सय २२ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । यसरी अवैध रुपमा बसेर आपराधिक गतिविधिका संलग्न गर्नेहरुमा चिनियाँ नागरिक रहेको प्रहरीले जनाएको...

स्ववियु निर्वाचन कार्यतालिकाः ५ फागुनमा मनोनयन, १४ मा निर्वाचन

काठमाडौं, माघ १४–त्रिभुवन विश्वविद्यालयले आगामी १४ फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको कार्यतालिका प्रस्ताव गरेको छ । मंगलबार स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले विद्यार्थी संगठनहरुसँग मंगलवार निर्वाचन कार्यतालिका प्रस्ताव गरेको हो । त्रिविले...

संघीयता मबजुत बनाउन जनताको साथ अपरिहार्य छ : मन्त्री मोदी

मोरङ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीयतालाई मजबुत बनाउन जनताको साथ अपरिहार्य रहेको बताएका छन् । मोरङको कटहरी-७ र धनपाल-५ जोड्ने लोहन्द्रा खोला झोलुङ्गे पुलको उद्घाटन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन्...

नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनियताको शपथ, विश्वकर्मा र दुगड हटाइए

काठमाडौं, १० पुस-प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद्मा केहीको जिम्मेवारी हेरफेर गर्दै नयाँ मन्त्रीसमेत थप गरेका छन् । प्रतिनिधिसभा विघटनपछि प्रचण्ड-नेपाल समूहबाट मन्त्रिपरिषद्मा सहभागीहरूले राजीनामा दिएपछि रिक्त स्थानमा ओलीले नयाँ मन्त्री नियुक्त गरेका हुन् । पूर्वमाओवादी...

रुसमा १ लाखभन्दा बढी नागरिकले लगाए कोरोना खोप

एजेन्सी, १९ मंसिर–रुसमा एक लाखभन्दा बढी नागरिकले रुसले नै विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । रुसले गएको अगष्ट महिनामा नै कोभिड–१९ का विरुद्धको खोप स्पुतनिक–भी निर्माण गरिसकेको थियो । सो खोप...

कोरोना रोकथामका लागि स्वास्थ्य र रक्षा मन्त्रालयलाई साढे ३ अर्ब रुपैयाँ निकासा

सरकारले कोरोना संक्रमण रोकथाम तथा राहतका स्वास्थ्य मन्त्रालय र रक्षा मन्त्रालयका नाममा करिब साढे ३ अर्ब रुपैयाँ रकमान्तर गरी निकासा गरेको छ । अर्थ मन्त्रालयका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणको प्रयोजनार्थ ३ अर्ब ९९ करोड रुपैयाँ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्