जलवायु अनुकुलित कृषिका लागि तालिम

 न्यूज विराट
जलवायु अनुकुलित कृषिका लागि तालिम

विराटनगर । कृषि क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव परी चुनौती खेपिरहनु परेको वर्तमान सन्दर्भमा जलवायु अनुकुलित कृषिका लागि भू–समयखण्ड (जियोस्पासियल) प्रविधिहरुको एकीकृत प्रयोगका विषयमा चार दिवसीय तालिम सम्पन्न भएको छ ।
तालिमको उद्घाटन गर्दै परम्परागत कृषि प्रणालीमा परिमार्जन गरी कृषि कार्यलाई सजिलो पार्न आधुनिक डिजिटल प्रविधिहरुको प्रयोग आवश्यक भएको महसुस गरी तालिमको आयोेजना गरिएको आयोजक मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीका डीन डा. सुदीप ठकुरील बताए ।

तालिममा जीआईएस सफ्टवेयर खोज्ने तरिका, तिनीहरुको डाटाफ्रेमका कुरा, कस्तो ठाउँमा कस्तो बाली उपयुक्त हुने भन्ने विषयमा जीआईएस विज्ञ विष्णु महर्जनले सहजीकरण गरेका थिए । कृषिमा यस्ता नवीतम् प्रविधिहरुको प्रयोग विश्वस्तरमा के कसरी भइरहेको छ र नेपालको अवस्था के हो भ्रन्ने बारेमा डा. उत्तमबाबु श्रेष्ठले तालिम दिए । त्यसैगरी कृषिमा जमिनको छनौट र म्यापिङ (चित्रकरण)का बारेमा समेत सिकाइएको थियो । जलवायुको प्रभावलाई पञ्छाउने, उपयुक्त स्थानमा उपयुक्त बाली लगाउने र फलाउने क्लाइमेट स्मार्ट कृषिको बारेमा किरण तिमिल्सिनाले तालिम दिनुभएको थियो । यसका साथै सुपर कृषि र जियोकृषिका बारेमा सहभागीलाई प्रशिक्षित गरिएको थियो ।
तालिमको समापनमा मंगलबार आयोजित एक कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान् (नास्ट)का सहप्राज्ञ डा. इन्द्रमणि भगतले आजको युगमा नवीतम् प्रविधिहरुको प्रयोगको आवश्यकतालाई पहिल्याउन सकेकोमा आयोजकलाई धन्यवाद दिए । तालिम सञ्चालन परियोजनाका संयोजक डा.पुष्पराज आचार्यले प्रशिक्षार्थीहरुले सिकका कुरालाई व्यवहारमा ल्याएर कृषिको माध्यमबाट मानवजगतलाई योगदान पुग्ने विश्वास व्यक्त गरे । एशिया प्यासिफिक नेटवर्कको सहयोगमा नेपाल,भूटान र पाकिस्तानमा यो परियोजना सञ्चालनमा रहेको छ भने नेपालमा मुख्य सञ्चालक मध्यपश्चिम विश्वविद्यालयल(मपवि)गायत आधा दर्जन अरु संस्थाहरु रहेको मपविका डा. आचार्यले बताए ।
उक्त तालिममा कोशी प्रदेशका कृषिअधिकृतहरु, कृषि, वन तथा वातावरण विषयका प्राध्यापकहरु र अनुसन्धान तहका विद्यार्थीहरुसहित ३० जनाको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

संसद विघटनविरुद्धको आन्दोलनलाई व्यापक बनाउन कांग्रेसको अपिल

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन एवं आन्दोलनको शैली र संवैधानिक निकायमा गराइएको शपथका विषयमा थप गम्भीरता र एकता राख्दै आन्दोलनका कार्यक्रमहरूमा व्यापकताका लागि सबैलाई अपिल गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत संवैधानिक परिषद्सम्बन्धी...

राष्ट्रियसभाका विषयगत समितिका सभापतिको निर्वाचन प्रक्रिया सुरु

काठमाडौं, २२ साउन-राष्ट्रियसभाका चारवटा विषयगत समितिका सभापतिका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । राष्ट्रियसभा नियमावली २०७५ को नियम १५० को उपनियम (२) बमोजिम सभापतिका लागि आज उम्मेदवारी दर्ता भइरहेको छ ।  बिहान ११ बजेबाट...

विराटनगरको नोबेल अस्पतालले भन्यो-सवै सेवा खुला छ, भ्रममा नपर्नुहोस्

विराटनगर, २ फागुन । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले अस्पतालका कुनैपनि सेवा अवरुद्ध नरहेको जनाएको छ । अस्पताल प्रशासनले सूचना जारी गरेर अस्पतालका सम्पूर्ण सेवा सूचारु रहेको जानकारी दिएको हो । अस्पतालका सेवाहरु सूचारु भए÷नभएको विषयमा...

उच्च अदालत पाटनले थप सेवा सुरू गर्दै

काठमाडौं, २४ जेठ-कोरोना भाइरसको जोखिमबाट बच्नका लागि सरकारले गरेको बन्दाबन्दीकै क्रममा उच्च अदालत पाटनले आगामी सोमबारदेखि बन्दाबन्दीको समयमा केही सेवा सुरू गर्ने भएको छ । अदालतले सोमबारदेखि मिलापत्र, मुद्दा फिर्ता, तामेलीलगायतका सेवा थप गर्ने र...

अज्ञात रोगबाट मृत्यु भएका महोत्तरीका १२ जनामा देखिएन कोरोना संक्रमण

महोत्तरी, २३ वैशाख-महोत्तरीको बर्दिवास र भङ्गाहा नगरपालिकाका बस्तीमा १२ जनाको मृत्युको कारण कोभिड–१९ नभएको पुष्टि भएको छ । ११ वैशाखदेखि आइतबारसम्म बर्दिवास-१२ र भङ्गाहा-६ र ७ मा मृत्यु भएका १२ मध्ये ३ जनाको कोभिड–१९ जाँच...

बोक्सी आरोपमा मुलमूत्र खुवाउने पक्षद्वारा पत्रकारलाई ज्यान मार्ने धम्की, महासंघको आपत्ति

सिरहामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको घटनाको विषयमा समाचार संकलन गर्न गएका पत्रकारमाथि पीडक भनिएकाे पक्षले गालीगलाैज गर्दै कुटपिटकाे धम्की दिएकाे छ । पत्रकारमाथि भएकाे यसखाले दुर्व्यवहारप्रति आपत्ति जनाउँदै पत्रकार महासंघ सिरहाले दाेषीलाई कारबाही माग गरेकाे छ ।...

सिद्धबाबा प्रकरण :आरोपित गिरीको बयान सकियो, थुनछेक बहस आइतबार

विराटनगर, पुस ११–अनुयायी महिलालाई बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको आज बयान लिइएको छ । गिरीको बयान लिए पनि कार्यालय समय सकिएकाले थुनछेक बहस भने आइतबारका लागि तोकिएको छ । सरकारी वकिलमार्फत अदालतमा अभियोग...

कटहरीमा कोभिड–१९ सम्बन्धी अभिमुखिकरण

विराटनगर, असार २३–मोरङको कटहरीमा कोरोना भाइरस(कोभिड–१९) संक्रमण रोकथाम तथा न्युनिकरणका लागि सचेतनामुलक अभिमुखिकरण कार्यक्रम गरिएको छ । प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जिवन घिमिरेको प्रदेश निर्वाचन क्षेत्र विषेश कार्यक्रम अन्तर्गत विराटनगर न्युज मिडिया गु्रप...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्