बोक्सी आरोपमा मुलमूत्र खुवाउने पक्षद्वारा पत्रकारलाई ज्यान मार्ने धम्की, महासंघको आपत्ति

 न्यूज विराट
बोक्सी आरोपमा मुलमूत्र खुवाउने पक्षद्वारा पत्रकारलाई ज्यान मार्ने धम्की, महासंघको आपत्ति

सिरहामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको घटनाको विषयमा समाचार संकलन गर्न गएका पत्रकारमाथि पीडक भनिएकाे पक्षले गालीगलाैज गर्दै कुटपिटकाे धम्की दिएकाे छ । पत्रकारमाथि भएकाे यसखाले दुर्व्यवहारप्रति आपत्ति जनाउँदै पत्रकार महासंघ सिरहाले दाेषीलाई कारबाही माग गरेकाे छ ।

महासंघले आइतबार एक विज्ञप्ति जारी गर्दै रिपाेर्टिङका लागि गएका पत्रकारमाथि भएको दुर्व्यवहारकाे निन्दा गरेको हो । शनिबार बिहान औरही गाउँपालिका-५ की ५० वर्षीया हीरादेवी साहलाई बोक्सीको आरोप लगाउँदै कुटपिटपछि मलमूत्र खुवाइएको थियो । गाईलाई टुना गरेर मारेको भन्दै हीरादेवीलाई जेठाजुका छोरा घुरन साहले कुटपिट गर्दै भुइँमा लडाएपछि बुहारीहरू कौशिला, निशा र कविताले मानव मलमूत्र खुवाएका थिए ।

त्यसपछि त्यो घटना गाउँमै मिलाउन खोजिएको थियो । पीडितलाई प्रहरीमा नजान गाउँका कतिपयले दबाब दिएका थिए । सोही घटनाबारे बुझ्न शनिबार दिउँसो स्थानीय पत्रकार सुरेन्द्रकुमार कामती र शुभनारायण कामती घटनास्थल पुगेका थिए ।

घटनाबारे बुझ्न खोज्दा आरोपित पक्षका रामचन्द्र साहले दुर्व्यवहार गरेका पीडित पत्रकारहरूले बताएका छन् । घटना गाउँमै मिलाउने तयारी भइरहेका बेला आफूहरू त्यहाँ पुगेपछि घटना बाहिरिने र कारबाही हुने डरले साहले तथानाम गाली गर्दै कुटपिट गर्ने धम्कीसमेत दिएका पत्रकारद्वयकाे भनाइ छ ।

रामचन्द्रले ज्यान मार्न धम्कीसमेत दिएकाे पत्रकार सुरेन्द्रले बताए । रामचन्द्रले आक्रमण गर्न लागेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि पत्रकारद्वय त्यहाँबाट निस्केका थिए ।

दुर्व्यवहार घटनाको भोलिपल्ट महासंघ सिरहाका अध्यक्ष मनोज बनैताले विज्ञप्ति जारी गरी समाचार संकलन गर्न पुगेका पत्रकारद्वयलाई गालीगलौज र कुटपिटको धम्की स्वतन्त्र प्रेसप्रतिको आक्रमण भएको भन्दै दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।

मुद्दा दर्ता, एकजना पक्राउ

यता, बोक्सीको आरोपमा कुटपिट गरी जबर्जस्ती मलमूत्र खुवाउने २९ वर्षीय घुरन साहलाई प्रहरीले पक्राउ गरेको छ । घुरन पीडितको जेठाजुका छोरा हुन् । सुरुमा गाउँमै पञ्चायती गरेर घटना मिलाउन प्रयास भए पनि सञ्चारमाध्यममा घटना सार्वजनिक भएपछि प्रहरीले साहलाई पक्राउ गरेको हो ।

प्रहरीले आरोपितविरुद्ध मुद्दा दर्ता पनि गरेको छ । घुरनलाई नियन्त्रणमा लिएर म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रमुख एसपी सुदिपराज भण्डारीले जानकारी दिए । पत्रकारमाथि भएकाे दुर्व्यवहार सन्दर्भमा उनले पत्रकारहरूले उजुरी लिएर आए दुर्व्यवहार गर्नेलाई कानुनी कारबाही हुने बताए ।

सम्बन्धित समाचार

ब्रिज कोर्ष गर्ने विद्यार्थी भन्छन्, ‘व्यवस्थापन मेरील्याण्डमा पढ्ने ’

विराटनगर । सप्तरी राजविराजका गौतम साहले यस वर्ष एसईईको परीक्षा दिएपछि विराटनगरमा ब्रिज कोर्ष गर्दैछन् । उनी पास हुनेमा ढुक्क छन् । तेही भएर ब्रिज कोर्ष गरेका हुन् । उनले कक्षा ११ मा के विषय...

बहराइनमा २४५ नेपालीमा कोरोना संक्रमण

काठमाडौं, २४ वैशाख-नेपालीको प्रमुख श्रम गन्तव्य रहेको बहराइनमा हालसम्म २४५ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । मनमास्थित नेपाली दूतावासका अनुसार पछिल्लो १ साताको अवधिमा ८८ नेपालीमा कोरोना संक्रमणण पुष्टि भएको छ । यही १९...

कोशी प्रदेशको नामकरण छलफलको माध्यमबाटै टुंगिन्छ : प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा नामकरणको विषयमा देखिएको असन्तुष्टि संवाद र छलफलको माध्यमबाटै समाधान गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार साझ संचारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘यो विषय...

कोरोनाबाट विदेशमा १९१ नेपालीको मृत्यु

काठमाडौं, २५ साउन-कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म  विदेशमा १९१ जना नेपालीको अकालमा निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार पछिल्लो समय भारतमा थप २ जना नेपालीकोे निधन भएको थियो ।   सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव...

भोजपुर र झापाका २ संक्रमित डिस्चार्ज

विराटनगर, बैशाख २८–विराटनगरमा उपचाररत थप दुई जना कोरोना संक्रमित आइतबार डिस्चार्ज भएका छन् । कोसी अस्पताल अन्तर्गत कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका झापा र भोजपुरका २ संक्रमित कोरोनामुक्त भएर डिस्चार्ज भएका हुन् । डिस्चार्ज...

कोरोनालाई जितेर २ संक्रमित घर फर्किए

काठमाडौं, ३१ वैशाख-उपचारपछि निको भएर घर फर्किनेको संख्या ३५ पुगेको छ । आज मात्रै चितवनबाट १ महिला र बुटवलमा उपचाररत १ जना पुरुष डिस्चार्ज भएका छन् । 'बुटवलमा उपचाररत २५ वर्षीय पुरुष ११औँ दिनमा र...

कतारमा समस्यामा परेका नेपाली फर्काउन नेपाल र हिमालय एयरलाइन्सका ३/३ उडान तय

काठमाडौं, ३१ असार-कोभिड-१९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीका लागि कतारबाट नेपाल एयरलाइन्सका ३ तथा हिमालय एयरलाइन्सका ३ गरी ६ वटा उडानहरू तय भएका छन् ।  दुवै एयरलाइन्सका आगामी १७, १८...

भारतीय क्वारेन्टाइनमा किरिया बसेका भट्ट नेपाल आइपुगे

भारतको धार्चुलाको बालुवाकोट क्वारेन्टाइनमा नै आमाको मृत्यु भएपछि किरिया बसेका वासुदेव भट्ट आज नेपाल आइपुगेका छन् । उनको आमाको यही वैशाख २ गते मृत्यु भएको थियो । आमाको मृत्यु हुँदा पनि नेपाल आउन नपाउँदा भट्ट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्