मेडिकल र इन्जिनियरिङमा अब्बल शिक्षादीप कलेज

 न्यूज विराट
मेडिकल र इन्जिनियरिङमा अब्बल शिक्षादीप कलेज

विराटनगर । डाक्टर र इन्जिनियर अध्ययनको प्रवेश परीक्षा असाध्यै कठिनमध्येको एक हो र यसलाई जीवनको महत्वपूर्ण मोड पनि मानिन्छ । त्यसमा पनि छात्रवृत्ति कोटामा नाम निकाल्न ठूलै लगाव र मेहनतको आवश्यकता पर्छ । विद्यार्थीलाई शिक्षण संस्थाले पनि सोहीअनुसार तयार गरेको हुनुपर्छ ।

संघिय राजधानी बाहिर मेडिकल र इन्जिनियरिङ अध्ययनको लागि सबैभन्दा धेरै विद्यार्थीले प्रवेश परीक्षामा नाम निकाल्ने कलेज हो, विराटनगर– ९ मा रहेको शिक्षादीप मावि÷कलेज । सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहिनेती प्राध्यापक, शिक्षक शिक्षिका र विद्यार्थीको अथक प्रयासले मेडिकल र इन्जिनियरिङमा शिक्षादीप कलेज अग्रणी स्थानमा आउँछ । प्रत्येक वर्ष मेडिकल र इन्जिनियरिङ अध्ययनको लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीको संख्या बढ्दो क्रममा रहेको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत महाराजगञ्ज मेडिकल इन्ष्टिच्युट ९त्रिवि शिक्षण अस्पताल० सहितका अन्य मेडिकल कलेजहरुमा पूर्ण छात्रवृत्तिमा चिकित्साशास्त्र पढ्न सक्षम बनाउने कलेजको पहिचान शिक्षादीप कलेजले बनाएको छ ।

गत वर्ष चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएसको प्रवेश परीक्षामा शिक्षादीपकी अदितीकुमारी जैन ‘टपर’ भइन् । उनले १८ हजारभन्दा बढी विद्यार्थीलाई उछिन्दै छात्रातर्फ देशभरै टप भएकी थिइन् । कुल ६ हजार ६ सय ६९ विद्यार्थीले प्रवेश परीक्षा उत्तीर्ण गर्दा २ सय पूर्णाङ्कमा १७१।५ अङ्कसहित जैन सर्वोत्कृष्ट भइन् । छात्रातर्फ देशभरिमा सर्वोत्कृष्टमा नाम निकालेर जैन अहिले चिकित्साशास्त्र अध्ययन गरिरहेकी छिन् । यस वर्ष शिक्षादीपका ७ जना विद्यार्थीले मेडिकल शिक्षा अध्ययनको लागि एमबीबीएसमा पूर्ण छात्रवृत्तिमा नाम निकालेका छन् । त्यसैगरी इन्जिनियरिङमा उत्कृष्ट एक सयमा तीन जनाले नाम निकाल्न सफल भएका छन् भने पचासौँ विद्यार्थीले प्रवेश परीक्षा पास गरेका छन् ।

शिक्षादीपको छोटो इतिहास तर दर्बिलो विरासत छ । स्थापनाको सुरुकै वर्षमा पूर्वाञ्चल प्रथम भयो । २०६८ सालको कक्षा १२ को वार्षिक परीक्षा काठमाण्डौं उपत्यका बाहिरबाट पहिलो पटक नेपाल प्रथम शिक्षादीपका डेनिस गौतम र नेपाल तृतीय पर्वत पौडेल भए । यो परिणामले शिक्षादीपले एउटा उचाइ मात्र लिएन, काठमाण्डौलाई चुनौती दियो अभिभावकलाई पनि कक्षा १२ सम्मको अध्ययनका लागि विराटनगर नै उपयुक्त छ भन्ने सन्देश पनि दियो । २०६९ सालमा रोशना अधिकारीले एमबीबीएसको प्रवेश परीक्षामा पुनः पूर्वाञ्चल प्रथम भएर सफलताको अर्को र्इँटा थपिन् ।
२०७१ सालमा पूर्वाञ्चलबाट शिक्षादीपका गौरव नेपालले मेडिकल शिक्षा अध्ययनको लागि पूर्ण छात्रवृत्तिामा १६ औं स्थानमा नाम निकालेका थिए । त्यसबेला शिक्षादीपबाट पाँच जना विद्यार्थीले मेडिकल शिक्षा अध्ययनको लागि पूर्ण छात्रवृत्तिामा नाम निकाले ।

२०७२ मा कक्षा १२ का सन्तोष बाबु यादवले वार्षिक परिक्षामा पुनः पूर्वाञ्चल प्रथम मात्र गरेनन् त्यसै वर्ष धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस तर्फ अत्यन्त प्रतिस्पर्धात्मक प्रवेश परीक्षामा ५ जना शिक्षादीपका विद्यार्थीहरूले छात्रवृत्तिमा सफलता हासिल गरी पूर्वाञ्चलको शिक्षा क्षेत्रको गरिमालाई उच्च बनाए ।

यसैगरी २०७३ मा शिक्षा क्षेत्रतर्फ विराटनगरको शिर सगरमाथा जस्तै बनाउँदै राष्ट्रिय गौरव बन्न सफल यस शिक्षादीपका विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्यूट अफ मेडिसिन तर्फ हजारौं प्रतिस्पर्धीहरूलाई पछि पार्दै तीन जना विद्यार्थीहरूले पूर्ण छात्रवृत्तिमा नाम निकाली ऐतिहासिक सफलता हासिल गर्न सफल भए । २०७४ मा प्रजेस श्रेष्ठ मुलुककै सर्वोत्कृष्ट विद्यार्थीको सूचीमा पर्न सफल भए । शिक्षादीपको गौरवसाली साखलाई विराटनगर शिक्षाको उर्वर भूमि हो भन्ने यथार्थलाई अझै मजबुत बनाउँदै शिक्षादीपका विद्यार्थी सुजन पुरीले २०७५ मा एमबीबीएस धरानमा नेपाल भरिका प्रतिस्पर्धी विद्यार्थीहरु बिच सर्वोत्कृष्ट हुन सफल भए । २०७५ सालमा आठ जना विद्यार्थीले मेडिकल शिक्षा अध्ययनको लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका थिए ।

२०७५ सालमा दु्ई जना विद्यार्थीले इन्जिनियरिङमा अन्तर्राष्ट्रियस्तरको छात्रवृत्ति प्राप्त गरे । भारत सरकारको इन्डियन काउन्सिल फर कल्चररल रिलेशनको छात्रवृित्त पाई शुभम झा र प्रियस साह हाल अध्ययनरत छन् ।
शिक्षा मन्त्रालयबाट एमबीबीएसमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थी अनिल यादव, मुन्ना विलियम र कोमल कुमारी साहजस्ता विद्यार्थीहरुले शिक्षादीपमा अरु सफलता थपे । साथै इन्जिनियरिङ अध्ययन संस्थानबाट संस्थानबाट इन्जिनियरिङ्गमा पूर्णछत्रवृत्तिमा नाम निकाल्ने २० जना विद्यार्थीहरूले शिक्षादीपको गुणात्मक शिक्षालाई प्रमाणित गर्दै मुलुककै सर्वोत्कृष्ट शिक्षालयको दाबीलाई मजबुत बनाउने कार्य गरेका छन् । २०७९ सालमा कृपानन्द यादवले इन्जिनियरिङ अध्ययन संस्थान९क्ष्इभ्०को परिणाममा ६१ औँ स्थान हासिल गरी प्रवेश परीक्षा उत्र्तीण गरे । यसरी शिक्षादीपले प्रत्येक वर्ष उत्कृष्ट नतिजा दिए सँगै मेडिकल शिक्षा अध्ययनको लागि विद्यार्थीले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएपछि उच्च शिक्षाको उत्कृष्ट गन्तव्यको रूपमा पहिचान स्थापित गरेको छ । अहिले शिक्षादीपमा एसईई उत्तीर्ण गरेका विद्यार्थीहरूको प्रमुख रोजाइमा पर्न सफल भएको छ ।

शिक्षण सिकाइको स्मार्ट अभ्यास
कलेजले विद्यार्थीकेन्द्रित शैक्षिक वातावरण तयार गरेको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडकाले बताए । कलेजले शिक्षण सिकाइका लागि सुविधासम्पन्न पूर्वाधार तयार गरेको छ । अध्यापनको लागि डिजिटल कक्षा कोठा, प्रयोगशाला र पुस्तकालय छन् ।
‘विद्यार्थीको सबै रेकर्ड डिजिटल प्रणालीमा हुन्छ । विद्यार्थीलाई अध्ययन सामग्रीसमेत डिजिटल प्रणालीमै उपलब्ध गराउछौँ । सबै कुरालाई डिजिटलाइज्ड गर्दा शिक्षक र विद्यार्थी दुवैको मूल्याङ्कनमा सजिलो भएको छ’, उनले भने ।
‘कलेजको सफलताको मुख्य श्रेय यहाँका अनुभवी र मेहनती शिक्षक तथा कर्मचारी नै हुन् । उहाँहरुले बडो मेहनेतका साथ विद्यार्थीहरुलाई देशको सक्षम नागरिक बनाउन अथक मेहनत गर्नुभएको छ’, प्रिन्सिपल खड्काले भने ।
अध्यापनको क्रममा विद्यार्थीलाई बढीभन्दा बढी अन्तरक्रियात्मक बनाउने शिक्षण विधि कलेजले अपनाएको छ । ‘शिक्षादीपमा आएका विद्यार्थी व्यवहारिक रूपमै सक्षम हुन्छन् । त्यो शैक्षिक वातावरण हामीले स्थापित गरेका छौं’, उनले भने ।
विद्यार्थीले ल्याएको नतिजा र मेडिकल तथा इन्जिनियरिङ क्षेत्रमा शिक्षादीप कलेजका विद्यार्थीको बाहुल्यताका कारण सबैको पहिलो रोजाइको शैक्षिक संस्था बनेको बताए । उत्कृष्ट शैक्षिक वातावरण, अनुशासन, क्यारियर डेभलपमेन्ट अवसर, निरन्तर सुपरिवेक्षण शिक्षादीप कलेजको सफलताको सूत्र भएको प्रिन्सिपल खड्काले बताए ।

‘एक उत्कृष्ट शैक्षिक संस्थाको मापन गर्ने माध्यम उक्त संस्थाबाट पास भएर गएका विद्यार्थी हुन्’, प्रिन्सिपल खड्काले भने, ‘शिक्षादीप पढेर गएका विद्यार्थीले देश विदेशमा हासिल गरेको सफलता नै हो । यहाँबाट पासआउट भएका विद्यार्थी विभिन्न ओहदामा पुगेका छन् । समयको मागअनुसारको शिक्षा, विद्यार्थीको उन्नयनका लागि सधैँ नयाँ योजना ल्याउनुले पनि शिक्षादीप अग्रणी संस्था बन्न सकेको हो ।’ शिक्षादीपबाट उत्तीर्ण भएर गएका विद्यार्थीहरू चिकित्सकदेखि, नेपालका उत्कृष्ट सूचीमा पर्ने सरकारी तथा प्राइभेट सबै बैङ्कहरूमा कार्यरत छन् । त्यस्तै आफ्नै व्यापार व्यवसाय गरेर बसेकाहरू पनि छन् । ‘उच्च शैक्षिक वातावरण रहेको र विद्यार्थीलाई करिअर डेभलपमेन्ट अवसरको प्रचुर सम्भावना रहेको यो कलेज हाल पनि काठमाण्डौ बाहिरका उत्कृष्ट कलेजमा पर्दछ,’ कलेजका प्रिन्सिपल खड्काले भने, ‘दक्ष, अनुभवी तथा सधैँ माया र हौसला दिने प्राध्यापक अनि शिक्षकहरू रहनु पनि यो कलेजको सफलता हो ।’ अहिले पनि शिक्षादीपबाट पास भएका विद्यार्थीहरू देश विदेशमा नाम राख्न सफल छन् ।

प्रशस्त छात्रवृत्ति, सबैलाई स्थान
कक्षा ११ र १२ मा सबैभन्दा धेरै छात्रवृत्ति दिने कलेजमध्ये पर्छ शिक्षादीप कलेज । कलेजले हरेक वर्ष सयौंको संख्यामा विद्यार्थीलाई विभिन्न शीर्षकको छात्रवृत्तिमा अध्यापन गराउँदै आएको कलेजका प्रिन्सिपल खड्काले बताए ।
प्रवेश परीक्षाको नतिजा, दुर्गम तथा पिछडिएका क्षेत्रका विद्यार्थी, अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थी, जेहेन्दार र विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्तिमा अध्यापन गरिरहेको कलेजले बताएको छ । सरकारले तोकेको कोटाअन्तर्गत छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीको संख्या पनि प्रशस्त रहेको कलेजले जनाएको छ ।

सम्बन्धित समाचार

अत्यावश्यक व्यवसाय सञ्चालन गर्न संघको निर्देशन

कोरोनाकोको त्रासबाट बच्न सरकारले सर्वसाधारणलाई घरमा नै बस्न आग्रह गरेसँगै विभिन्न संस्थाहरुले धमाधम कर्मचारीलाई विदा दिदै व्यापार व्यवसाय बन्द गर्न निर्देशन दिन थालेका छन् । आइतबार राष्ट्रिय व्यवसायी महासंघले प्रेस विज्ञप्ती निकाल्दै अत्यावश्यक व्यापार व्यवसाय...

अनुशासन उल्लघंन गर्ने सांसदलाई कारवाही गर्न एमालेले गठन गर्यो संसदीय बोर्ड

काठमाडौं, चैत्र ५-नेकपा एमालेले पार्टीको अनुशासन उल्लंघन गर्ने सांसदलाई कारवाही गर्ने बाटो खोलेको छ । संसदीय दलको बैठकले कारवाही गर्न गठन गर्नुपर्ने संसदीय बोर्ड बनाएको हो । सांसदले अनुशासन उल्लंघन गरेर कारबाही अघि बढाउनुपरेमा बोर्डले...

भारत–चीनबीच सीमा क्षेत्रमा तनाव, सीमा क्षेत्रमा थप सैनिक परिचालन

एजेन्सी, जेठ ८-भारत र चीनबीच सीमा क्षेत्रमा तनाव चुलिएको छ । लद्दाखस्थित सीमा क्षेत्रमा तनाव बढेपछि सैनिकको संख्यामा वृद्धि गरिएको छ । भारत र चीनका सेनाबीच दुई साताअघि झडप भएपछि दुई देशको सीमा क्षेत्रमा विवाद...

भोलिदेखि नयाँ नोट साट्न पाइने

काठमाडौं, ३ असोज । भोलीदेखि सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले भोलीदेखि दसैं र तिहारका लागि साट्न पाउने व्यवस्था गरेको हो । राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकहरूको शाखा कार्यालयहरूबाट...

भन्सार एजेन्टको परीक्षा तालिका सार्वजनिक

काठमाडौं, २६ माघ । विज्ञापनको झन्डै एक वर्षमा भन्सार एजेन्टको परीक्षा हुने भएको छ । भन्सार विभागले गत १६ चैतमा ६ सय ६० जना नयाँ भन्सार एजेन्टका लागि दरखास्त आह्वान गरेको थियो । तर, २९...

विराटनगर नजिकै नेपाल—भारत सीमाको दशगजा क्षेत्रमा भारतले बनाएको सुरक्षा पोष्ट हटाइयो

विराटनगर, ११ माघ । विराटनगरस्थित दशगजा क्षेत्रमा भारतले सीमा मिचेर बनाएको सुरक्षा पोष्ट हटाइएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अन्तराष्ट्रिय नियम विपरित सुरक्षा पोष्ट खडा गरेपछि स्थानीय प्रशासन र नेपालका सुरक्षा निकायको...

पहिचानवादीको आन्दोलन रोक्न विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा

विराटनगर । कोशी प्रदेशको नामकरणको विरोधमा पहिचानवादीबाट हुनसक्ने आन्दोलनलाई ध्यान दिँदै विराटनगर बजारका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र तोकिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशको नामकरणपश्चात विभिन्न समूहबाट विरोध, धर्ना, जुलुस गरिएकोले शान्ति सुरक्षामा असर...

नेपाल पशुपंक्षी औषधी व्यवसायी संघको अध्यक्षमा रिमालको उम्मेदवारी घोषणा

विराटनगर । नेपाल पशुपंक्षी औषधि ब्यबसायी संघका केन्द्रिय अध्यक्षमा रितेस रिमालले उम्मेदवारी दिने घोषणा गरेका छन् । संघको वर्तमान बरिष्ठ उपाध्यक्ष रिमालले आगामि पुसमा हुने केन्द्रिय महाअधिबेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्